रासस,बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।
छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्ने बित्तिकै भक्कानो फुटेर आयो, धेरै बेरसम्म आँसु थाम्न सकिनँ’, उनी भनिछन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलो पटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर)आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।’
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनले बताइन् ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा शुक्रबारदेखि भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु भएको छ । बर्दगोरिया गाउँपालिकामा भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गत वडा नम्बर २ मा जग्गाको नापनक्साको काम सुरु भएको हो ।
वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकको सभाध्यतामा भएको कार्यक्रमा, पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) ले पानशमा बत्ती बालेर जग्गा नापी कार्यक्रमको उद्घाटन गरेका छ्न । सो क्रममा उनले पालिकाले जग्गाको जतिसक्दो छिटो नाप नक्साको काम सम्पन्न गर्न सक्छ,सोहीबमोजिम लालपुर्जा वितरणको काम शुरु हुने बताए ।
उनले यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलब्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको बताए । उनले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताए ।
जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ’ उनले भने, ‘छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् । चुनाव जितेर आएपछि पहिलो कार्यका रुपमा नापीलाई अगाडि बढाएका छौँ । चुनावका बेला जग्गाको स्वामित्व प्रदान गर्ने कुरा उठाएका थियौँ । त्यो वाचा पूरा गर्न प्रतिबद्ध छौँ ।’
कार्यक्रममा बर्दगोरिया गाउँपालिका,कार्यपालिका सदस्य कलावती रेग्मी , शान्ति सामुदायिक वनका अध्यक्ष नवीन जोशी, समाजसेवी खेमराज बमले जग्गाको नापी कार्य सुरु हुनु खुसीको कुरा भएको भन्दै नापी कार्यमा ससाना विवाद निम्त्यार अबरोध सृजना गर्ने जस्ता कार्य नगर्न सुझाव दिएका छ्न ।
वडा नम्बर २ का वडा सदस्य अट्वारी डगौराको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सचिब लक्षमण बोहराले गर्नुभएको थियो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माणाधीन विकासे आयोजनाको बारेमा अनुगमन तिब्र पारिएको छ । आर्थिक मसान्त नजिकिदै गर्दा पालिकाभित्र संचालित योजनाको अनुगमन तीब्र पारिएको हो ।
पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिका अनुसार निर्माणाधीन योजनाहरु समयमै पूर्णता गर्न र बजेट फ्रीज भएर नजाओस भन्ने उदेश्यले अनुगमनलाई निरन्तर अगाडि बढाइएको हो । जसमा पालिकाभित्रका १ देखि ६ नम्बर वडामा रहेका विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षण, निर्देशन लगाएतका कार्य अनुगमनका क्रममा गर्ने गरिएको छ ।
बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ र ३ मा विभिन्न योजनाको अनुगमन गरिएको छ । वडा नम्बर ४ मा निर्माणाधीन तटबन्ध ,बालविकास केन्द्र ,पानी पिच सडक लगाएतको अनुगमन गरिएको छ । अनुगमनमा उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीसहितको टोलीले यहाँका विभिन्न योजनाको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा निर्माणाधीन योजनाको काम समयमै सक्न र योजनाको गुणस्तरीयताका लागि स्टमेटअनुसार काम भए/नभएको बारे जानकारी लिइएको उपाध्यक्ष एवम अनुगमन समिति संयोजक गिरिले बताउनुभयो ।
बर्दगोरिया । विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यका कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित आदर्श सामुदायिक विद्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
बिहिवार एक कार्यक्रमकाबिच स्मारिका चौधरीको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन गरिएको हो । जसको उपाध्यक्षमा किरण रोकाय,सचिबमा स्मृति देबकोटा,कोषाध्यक्षमा न्युजन साउद,उप-सचिबमा भुपिन पौडेल, उप-कोषाध्यक्षमा रेनुका जैशी रहेका छ्न ।
यसैगरि युवा सर्कलका संरक्षकमा विद्यालयका प्रीन्सिपल बिकास थापा , शिक्षक नायक सुनिल भण्डारी र सहयोगी शिक्षक नायक सि.पि. पान्डे रहेको जनाइएको छ ।
निमुवाबोझी स्वास्थ्य सेवा केन्द्रबाट परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट सेवा सुरु
मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपलिका वडा नम्बर ४ मा रहेको निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट महिलाका लागि परिवार नियोजनका साधन इम्प्लान्ट सेवा दिन थालिएको छ। तालिमप्राप्त जनशक्तिको व्यवस्थासहित स्वास्थ्य सेवा केन्द्रबाट आइतबारदेखि महिलाका लागि परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट सेवा दिन सुरु गरिएको स्वास्थ्य सेवा केन्द्रका प्रमुख अनिल विक्रम सिङले जानकारी दिए ।
सिंहकाअनुसार स्थानीय महिलाले परिवार नियोजनको अस्थायी साधन पाँच वर्षे इम्प्लान्ट राख्ने र झिक्ने सेवा सुरु गरिएको हो । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर समय बढाउन महिलाले अस्थायी साधनको रूपमा यसको प्रयोग गर्न सक्नेछन् । उनकाअनुसार परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् ।
गाउँमै रहेको स्वास्थ्य सेवा केन्द्रबाट यो सेवा शुरु भएपछि स्थानीय महिलालाई सहज भएको छ । जनशक्ति नभएका कारण यसअघि उक्त स्वास्थ्य सेवा केन्द्रबाट सो सेवा दिने गरिएको थिएन ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले भन्नुभयो – अब उक्त साधन प्रयोग गर्न चाहे बाहिर अस्पताल जानुु नपर्ने भएको छ ।
तालिमप्राप्त जनशक्तिको व्यवस्थासहित यो सेवा सुरु भएपछि आवश्यक पर्ने महिलालाई इम्प्लान्ट सेवा स्वास्थ्य सेवा केन्द्रबाटै सुरु गरिएको हो । यसबाट महिलालाई सेवा लिन सहज, बाहिर धाउन नपर्ने, समय बचत र आर्थिक व्ययभार पनि कम हुनेछ।
अखिल र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
लम्की,कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९औ र राष्ट्रिय युवा संघ नेपालकाे ३४औ स्थापना दिवसको अवसरमा कैलालीको लम्कीमा संचालित एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
साेमबार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच युवा संघले विद्यालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा नगर कमिटी अध्यक्ष नकुल बमले जानकारी दिनुभयो ।
साे अवसरमा बाेल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् लम्कीबहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै पनि विद्यार्थीले गरिबीका कारणले मात्र शिक्षा हासिल गर्न नपाउने बाताबरणको अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि अब लम्कीचुहा नगर क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु एक भएर अगाडि बड्ने कुरामा जाेड दिनुभयो ।
साे अवसरमा कार्यक्रममा उपस्थित नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य युवा नेता राम बहादुर बाेगटीले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुकाे स्थापना दिवसको शुभकामना दिदै युवा र विद्यार्थीले गर्ने रचनात्मक कार्यमा आफू सधैं साथमा रहने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता कमल रावल लगायत लम्कीचुहा नगर कमिटीका राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थ युनियन (अनेरास्ववियु) का नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार बौनियामा बसेको जुनकीरी नेपालको बैठकले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
बैठकले अपेक्षा रोकायाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम सुनार, उपाध्यक्षमा सागर बुढा ,महासचिवमा थिरेन्द्र गडशिला,सचिबमा पारस विस्वकर्मा र कोषाध्यक्षमा प्रतिज्ञा विष्ट रहेका छ्न ।
यसैगरी सदस्यतर्फ सपना बुढा,सरस्वती चौधरी ,विनिता महत्तरा, रेखा बानियाँ, कमल साउद, निलम कुवर र पुजा कार्की छ्न ।
पछिल्लो समय जुनकिरी नेपालले बर्दगोरियामा सरसफाइ, युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका साथै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
बर्दगोरिया १ पुर्ण खोप युक्त वडा घोषणा
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ लाई पुर्ण खोप युक्त घोषणा गरिएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ लाई बिहीबार पुर्ण खोप युक्त घोषणा गरिएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) रहनुभएको थियो भने विशिस्ट अथितिमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की रहनु भएको थियो ।
पुर्ण खोप युक्त वडा घोषणा कार्यक्रममा प्रतिबेदन बाचन गर्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले वडा नम्बर १ मा जन्मदेखि १५ महिना भित्रका ३७६ बालबालिकाले खोप प्राप्त गरेका छन त्यस्तै १६ महिनादेखि ५ वर्षसम्मका महिना भित्रका १९२ बालबालिकाले खोप प्राप्त र १६ महिना देखि ५ वर्षसम्मका पूर्ण खोप पराप्त गरेका ३३२ जना बालबालिका जानकारी दिनुभयो ।
वडालाई पुर्ण खोपयुक्त घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले खोपयुक्त घोषणाले मात्रै सबै काम पुरा भैनसकेकाले बालबालिकालाई दिनुपर्ने खोपको बारेमा आम सर्वसाधारणमा चेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समाजमा हुने हरेक खालका गतिविधीमा स्थानिय सरकारले सरोकार राख्ने र सहयोग गर्ने भएकाले चेतनाको विकासको रुपमा यस्ता घोषणा कार्यक्रमलाई लिईनु पर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष गिरिले आफ्नो समुदाय र व्यक्तिगत स्वास्थ्यको बारेमा सबै चनाखो हुनुपर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासको लागि पालिकाले प्राथमीकतामा राखेर काम गर्ने बताउनुभयो ।
खोप सेवा नेपाल सरकारको स्वास्थ्य क्षेत्रको पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपागंता दरमा कमी ल्याउनु खोप कार्यक्रमको मुख्य लक्ष्ये हो ।
बर्दगोरिया ३ स्थित काँडा नदिमा पक्की पुल निर्माणले तिब्रता पायो, पालिका उपाध्यक्षको निरन्तर अनुगमन र निरीक्षण
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित काँडा नदिमा पक्की पुल निर्माणको कार्यले तिब्रता पाएको छ । सुदुरपश्चिमको विकास र समृद्धिका लागि बहु प्रतिक्षित
सेती लोकमार्गमा पर्ने सो पुल निर्माणको कार्यले तिव्रता पाएको हो ।
यहाँका जनप्रतिनिधिको निरन्तर अनुगमनमा पक्की पुल निर्माणको जिम्मा पाएको एएनके कन्ट्रक्सनले दुर्त गतिमा काम अगाडि बढाएपछि पुल निर्माणको काम छिटो सकिने भएको छ । नेपाल सरकारको करिब १२ करोडको लगानीमा काँडा नदिमा ८५ मिटर लामो पुल बन्न लागेको छ । गत माघ अन्तिम सातादेखि पुल निर्माणको काम थालेको निर्माण कम्पनीले यही जेठ १५ भित्र पुल ढलानको काम सक्ने गरि काम थालिएको जनाएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि केवि जिरेलका अनुसार आउँदो दशै अगाबै यातायात सुचारू गर्नेगरि पुल निर्माणको कार्य धमाधम अगाडि बढाइएको छ । अहिले पुलको ढलानको काम चलिरहेको भन्दै उनले जेठ १५ भित्र सो काम सक्ने र दशै अगाबै पुलको सबै फिनिसिङको काम सकेर यातायात सुचारू गर्ने लक्षका साथ काम भईरहेको छ ।
पुल नहुदा सेती लोकमार्ग भएर आवातजावत गर्ने नागरिकले बर्सेनि सास्ती खेप्दै आएका थिए । उक्त नदिमा पक्की पुल निर्माणको काम धमाधम अगाडि बढेपछि स्थानीयमा खुशीयाली छाएको छ । समयमै पक्की पुल निर्माणको कार्य सक्न्न स्थानीय सरकारले निरन्तर अनुगमन र अबलोकन गरिरहेको पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिले बताए । उनले अनुगमनका क्रममा निर्माण कम्पनीले तीब्र गतिमा काम गरिरहेको बताए ।
यतिबेला सेती लोकमार्ग अन्तर्गत कैलालीको बौनियादेखि मोहन्याल गाउँपालिकाको वडा १ स्थित चोसेकाडा डाडासम्म टयाक खोल्नेकाम चलिरहेको छ ।
सिङ्गो सुदुरपश्चिमको विकास समृद्धिसंग सेती लोकमार्ग जोडिएको छ । सेती लोकमार्ग निर्माण भए, नेपालको चार धाम मध्येको बैद्यनाथ धाम क्षेत्र, जडीबटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, पाटनै पाटनको क्षेत्र खप्तडको प्रवद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ । यसैगरी सुदुरका पहाडी जिल्ला बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि शहर बजार सम्म सहज पहुँच हुने अपेक्षा गरिएको छ ।
सशस्त्र बेस क्याम्पदेखि बर्दगोरिया ३ सम्मको पाँच किलोमिटर बढी सडक पानी पिच हुँदै
बर्दगोरिया । दिगो विकास र समृद्धिको मार्गलाई दुर्त गतिमा अगाडि बढाउदै गएको कैलालीको बर्दगोरिया गाउँपालिकाले यतिबेला सडक सुधारको कामलाई तीव्रता दिदै गएको छ । यसअघि वडा नम्बर ५ को रामपुरदेखि जोशीपुर गाउँपालिकाको सीमा जोड्ने लहवागढसम्म करिब ४ किलोमीटर सडक पानीपिच गरिसकेको पालिकाले अहिले वडा नम्बर ३ जाने करिब ५ किलोमीटर सडक पानी पिचको सुरुवात गरिएको छ । जसको मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरिले अनुगमन गरेका छ्न ।
विकास र समृद्धिको मार्गचित्रलाई अनुसरण गर्द पालिकाले यसअघि उज्यालो पालिका अभियानलाई सार्थक पारिसकेको छ । उज्यालो पालिका अन्तर्गत पालिकाले आफ्नो क्षेत्रभित्र रहेका मुख्य सडक चोकहरुमा हाइमास्ट लाइट जडान गरि नागरिक र आवातजावत गर्नेलाई निकै सहजता तुल्याएको छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि र पालिकाका ६ वटै वडा अध्यक्षलगाएतको टीम समृद्ध पालिका निर्माणको गतिमा अगाडि बढिरहेका छ्न । उज्यालो पालिकासहित देशभर शिलान्यास गरिएका ३ सय ९६ वटा आधारभुत अस्पतालमा सबैभन्दा पहिला बर्दगोरिया गाउँपालिकाले नै संचालनमा ल्यायर नागरिकको तर्फबाट धन्यवादको पात्र बनिसकेको छ ।
यतिबेला पालिकाले ६ वटै वडामा रहेका सडकबाटाहरु मर्मत सुधार र स्तरोन्तिको कामलाई अगाडि बढाउदै हरेक कच्चीसडकमा ग्राभेलिङ सहित पानी पिचको कामलाई तीव्रता पारेको छ । लामो समयदेखि सडक मर्मत नहुदा आवातजावतमा हुने समस्यालाई मध्यनजर गरि पालिकाले सडक सुधारको काम अगाडी बढाइएको जनाएको छ ।
विशेषगरी ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बर्सेनि लाखौ रकम खर्च हुने र काम प्रभावकारी नहुने हुँदा अब पालिका आफैले सडक सुधार ,सडक मर्मत र सडक स्तोरन्न्तीको काम अगाडि बढाएको हो । जसको लागि पालिकाले आफ्नै सवारी साधन खरिद गरि धमाधम काम थालेको छ ।
कच्ची सडकले पुर्याएको सास्ती र धुलो हिलाम्मे सडकले पुर्याउने असहजताल्याई ध्यानमा राखी पालिकाले सडक स्तोरन्ती गर्न दुई वडा टिप्पर, १ डोजर र १ रोलर मेसिन खरिद गरि तिब्र गतिमा काम थालेको छ ।
आगामी ६ महिनाभित्र पालिकाभित्रका सम्पूर्ण सडक बाटाहरु पानी पिज र असार मसान्तसम्म सबै सडकका खाल्डाखुल्डी पुर्नेगरी काम थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।
अध्यक्ष कुवरकाअनुसार मुख्य सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गरिएका सडकको मर्मतसहित पानीपिच गर्ने, र ग्राभेल गर्न बाकी सडकमा ग्राभेल बिछ्याउने काम धमाधम हुनेछ ।
यता स्थानीय आफैले तिरेको करबाट किनिएका आफ्नै सरकारी सवारीसाधन आफ्नै गाउँठाउँको विकास निर्माणमा खटिदा निकै खुशी भएका छ्न ।