बर्दगोरिया । बर्दगोरियामा पालिका स्तरीय पोषण कार्यक्रमको योजना तर्जुमा गोष्ठी बिहिवार सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, ६ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य , र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्वास्थ्य क्षेत्रमा कुनै कसर बाकी नराख्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन गरे । उनले भने जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै औषधि नपुग भए पालिका किन्छ , तपाईं जनताको सेवामा लाग्नुहोस ।
पालिका अध्यक्ष कुँवरले ५ बर्ष मुनिका बालबालिका र सुत्केरी महिलाहरुलाई पोषणमा कमि न आउन दिन उनिहरुलाई स्वास्थ्य संस्थासम्म पुगाउने बाताबरण सिर्जना गरि प्रोत्साहन स्वरुप पुरस्करको व्यवस्था गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए ।
पालिका अध्यक्ष कुँवरले शिक्षा स्वास्थ्य ,भुमी र खानेपानीका क्षेत्रमा कहि कतै बजेट कमि भए पालिकाले यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता जनाए ।
सोहि कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले स्वास्थ्यकर्मीहरुले तालिममात्र नभनी जनताको सेवामा लाग्नु पर्ने बताए ।
पालिका उपाध्यक्ष गणेश राज गिरिले स्वास्थ्यकर्मीहरुलाई सुझाव दिदै भने स्वास्थ्य संस्थासम्म न आउने सुत्केरी महिला र बच्चाहरुलाई आफै घर/ घर गएर चेकजाँच गर्ने बाताबरण बनाउनु पर्ने बताए ।
कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले अर्धबार्षिक समिक्षा प्रस्तुत गर्दै हाल सम्म सुत्केरी र बच्चाको स्वास्थ्य संस्थासम्म आउने प्रतिशत राम्रो भएको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले बच्चा र सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्था सम्म ल्याउन स्वास्थ्यकर्मीहरुले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताए ।
कार्यक्रममा ६ वटै वडाका अध्यक्ष ,कार्यपालिका सदस्य विभिन्न स्वास्थ्य इकाईका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । सरकारले बालबालिकाका लागि आउँदो वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।
उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।
बर्दगोरिया ६ मा एकदिने निशुल्क बाली उपचार शिविर सम्पन्न, १ सय ८० किसानले सेवा लिए
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एकदिने निशुल्क बाली उपचार शिविर सम्पन्न भएको भएको छ । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बुधबार निशुल्क शिविर सम्पन्न भएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा कृषि विकास शाखा प्रमुख झङ्कर बहादुर रावत रहनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु अमर सिंह दहित, नेहा चौधरी लगाएत अथिती रहनुभएको थियो ।
अन्नबाली तथा तरकारी बालीमा भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्ने उदेश्यले संचालन गरिएको शिविरमा कृषि प्रा.स. राममिलन चौधरी ,कृषि स्नातक प्राविधिक पवनजी पन्त र ना.प्रा.स.आशिका कठरियाको टोली सहभागी थियो । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणबाट हुने क्षती न्यूनीकरण पालिकाको कृषि शाखाले पालिकाभित्रका सबै वडामा बालीमा उपचार शिविर सञ्चालन गरिरहेको छ । वडा नम्बर ६ मा संचालन गरिएको शिविरमा १८० किसानले सेवा लिएका छ्न । यसैगरि किसानले उत्पादन गरेको अन्नबाली तथा फलफुल र तरकारीमा देखिएको रोगको पहिचान गरि निशुल्क औसधि समेत प्रदान गरिएको छ ।
कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको कृषि शाखा प्रमुख झङ्कर रावतले बताउनुभयो । उहाँकाअनुसार कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । यसैगरी अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता – कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताउनुभयो ।
बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन सम्पन्न (तस्बिरमा )
बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ ।
पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागि मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,इन्जिनियर टङ्क प्रसाद ओझा, नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक दिपेन्द्र चौधरी लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती संगै अनुदानमा बितरण गरिने बोरिङको अनुगमनमा पुगेको टोलिले राम्रो गर्नेलाई प्राथमिकतामा राखेर बितरण गरिने बताएको छ ।
अनुगमनका क्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले आवश्यकताका आधारमा सिचाई सुबिध सबैलाई पुगोश भन्ने उद्देश्यका साथ बोरिङ हरु बितरण गर्न कृषि शाखालाई अनुरोध गरेका छन । साथै राम्रो तरकारी कृषकलाई उचित अनुदान दिन आग्रह गरे । बर्दगोरियालाई तरकारिमा आत्मनिर्भर बनाउन सबै कृषकलाई तरकारी खेती गर्न गिरिले आग्रह गरे ।
कृषि बिकाश शाखाले बोरिङमा ८५ प्रतिशत अनुदान दिने कृषि बिकाशा शाखा प्राबिधिक दिपेन्द्र चौधरिले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरिद्वारा वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन (फोटोफिचर)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न ।
उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह, निर्माणाधीन पक्की पुल, वडा नम्बर ३ को रिङ्गरोड र ऐलानी जग्गाको नाप नक्सानकको बारेमा स्थलगत अनुगमन गरेका छ्न ।
स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जनाएका छ्न । उनले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताए ।
विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिए । यसैगरी उनले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै यसमा कुनै कमिकमजोरी हुन नदिने समेत बताए ।
बर्दगोरिया । कैलालीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् ।
दुर्घटनापछि घोडाघोडी अस्पताल पुर्याए पिन उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याक्टरका चालक सुरज चौधरी फरार भएको र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।
सरकारले २०८० सालमा दियो ३५ दिन सार्वजनिक बिदा
काठमाडौँ । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको बिदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौँ उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरूका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।
फागुन ३० गते मंगलबार सार्वजनिक विदा
बर्दगोरिया । सुदुरपश्चिम् प्रदेश सरकारले फागुन ३० गते मंगलबार सार्वजनिक विदा दिएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
राना थारु समुदायले होरीको अन्तिम दिनका रुपमा मंगलबार खखडेहरा मनाउँदै छन् । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबारका दिन सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
यो धर्तिको कसम सुदुरपश्चिमबासीलाई प्रदेश सरकारको अनुभुती हुनेगरी काम गरेर देखाउछु ; मुख्यमन्त्री शाह
बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न । सोमबार कैलालीको बर्दगोरियामा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
मुख्य मन्त्री शाहीले जेष्ठ नागरिक तथा नेपाली काङ्ग्रेसकि क्रियाशिल सदस्य टङकेस्वरी भण्डारीको हातबाट कैलाली क्षेत्र नम्बर २ को माटोको टीका ग्रहण गर्दै यश धर्ति र माटोको कसम खादै समग्र सुदुरपश्चिमबासीको हीतमा दत्ताचित्त भयर लागिपर्ने बताए । उनले जिवनमा आफुले लिनुपर्ने केही कुरा नभएको भन्दै जनताले दिएको अमुल्य अभिमतको कदर गर्दै यहाँका जनताको शुख ,समृद्धि र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए । उनले समग्र हिसाबमा प्रदेश र यहाँका जनताको विकास ,शुसासन ,समृद्धि र उन्नतिका लागि अहोरात्र काम गर्ने बताए ।
मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
बर्दगोरियामा संचालित उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न [तस्बिरमा हेर्नुहोस ]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको १० दिने उद्घोषण तथा नेतृत्व बिकास तालिम शनिबार सम्पन्न भएको छ ।
फागुन ११ गते देखि संचालन भएको उद्घोषण तथा नेतृत्व बिकास तालिममा पत्रकार् युवराज न्यौपानेले प्रशिक्षण गरेका थिए । कार्यक्रममा गा. पा भित्रका ३० जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले आफुले १० दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले भने हामिले तपाईलाई दिएको प्रमाणपत्र पत्रको कदरका लागि पनि तपाईले आफुले सिकेका कुरालाई व्यवहारमा उतार्न आवस्यक छ ।
समाजमा हुने राम्रा नराम्रा कामको समेत निगरानी गरि जनप्रतिनिधि लाई सल्लाह सुझाव दिन आग्रह गरे । साथै उपाध्यक्ष गिरिले कार्यक्रममा सिकेका कुरालाई दैनिक रुपमा प्रयास गरे अवस्य सफल हुने बताए ।
बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क को सभापतित्त्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो ।