फागुन १८ गतेदेखि घोडाघोडी महोत्सव हुने
सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा यही फागुन १८ गतेदेखि घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । सिमसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडीमा महोत्सव आयोजना गरिने भएको हो ।
घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म पालिकाको वडा नम्बर १ स्थित हेलिप्याड मैदानमा महोत्सव संचालन हुने जनाइएको छ । आयोजक घोडाघोडी उद्योग वाणिज्य संघले मंगलबार सुखडमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव संचालन बारे जानकारी गराएको हो ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको कृषि ,पर्यटन,स्थानीय कला सस्कृती, व्यापार, खाद्यान्न उत्पादनको सम्भानालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको सघंका अध्यक्ष दुर्गादत्त जोशीले जानकारी दिए । कृषि, पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकाशको आधार भन्ने मूल नाराका साथ महोत्सवको तयारी तीब्र पारिएको जनाइएको छ ।
कृषि, पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी विकाशको आधार भन्ने मूल नाराका साथ हुन गईरहेको महोत्सवमा ६०- ७० लाख बढी दर्शकले अबलोकन गर्ने र महोत्सव संचालनको लागि करिब २५ लाख बराबर खर्च लाग्ने र सोही हाराहारीमा उनले बताए । महोत्सव संचालनको लागि विभिन्न समिति उपसमिति गठन भइसकेको उनले बताए ।
महोत्सवमा राष्ट्रिय कलाकार सङ्गै स्थानीय कलाकारको प्रस्तुति रहने र बढी प्राथमिकता स्थानीयलाई दिइने बताइएको छ । महोत्सवमा १४० बढी स्टल रहनेछ्न । महोत्सव अबलोकनका लागि विद्यार्थीको लागि ५० र अन्यको लागि ८० रुपैयाँ टीकट दस्तुर लाग्ने जनाइएको छ । महोत्सवबाट भएको आम्दानीले संघको निर्माणाधीन भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
बर्दगोरियामा ६ मा माघ १९ गतेदेखि भुमिहीनलाई जग्गाको निस्सा वितरण हुने (सूचनासहित)
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघ १९ गतेदेखि जग्गाको निस्सा बितरण कार्य सुरु हुनेभएको छ ।
राष्ट्रिय भुमी आयोगसंग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरणको काम वडा कार्यालयबाटै थालिने भएको छ ।
निस्सा वितरणको कार्य सहजताको लागि वडा नम्बर ६ मा रहेका सबै ९ वटा टोलहरुलाई क्रमिक रूपमा निस्सा वितरण हुने वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप अहिलेसम्म कसैको पनि दावी बिरोध नपरेको हुदा जग्गाको निस्सा बितरणको प्रक्रिया शुरु गर्न लागि वडा अध्यक्ष चौधरीले बताए ।
बर्दगोरिया ६ मा माघ १९ गतेदेखि २९ गतेसम्म जग्गाको निस्सा वितरण हुनेछ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमा एकदिने निःशुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एकदिने निःशुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न भएको हो ।
पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो । कार्यक्रममा अथितिका रूपमा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ,पशु सेवा प्राविधिक नर बहादुर चौधरी ,युवराज कठरियालगाएतको उपस्थिति थियो ।
शिविरबाट १२८ जना पशुपालन किसानले सेवा लिएका छ्न । शिविरमा ७१३ पशुको उपचार गरिएको छ । यता गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा निकै खुसी लागेको स्थानीय किसानले बताए ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ स्थित रामपुरमस एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरिएको छ । श्रम सम्मान बर्दगोरियाको अभियान कार्यक्रमअन्तर्गत सोमबार सो कार्यक्रमको उद्घाटन गरिएको हो ।
बर्दगोरिया गाउँपालिकाको आयोजनामा वडाबाट सिफारिस भई आएका सुचिकृत बेरोजगारीका लागि लक्षित गरि संचालन गरिएको कार्यक्रमको सोमबार पालिका उपाध्यक्ष गणेश राज गिरिले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गिरिले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बाताबरण सृजना गरिनुको विकल्प नभएको बताए । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उनले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताए ।
जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै उपाध्यक्ष गिरिले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गरे । उपाध्यक्ष गिरिले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राखे ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, पालिकाका रोजगार संयोजक भुमी शर्मा रिमाल लगाएतको उपस्थिति रहेको थियोे ।
बर्दगोरियामा भूमिहिनलाई जग्गा दिन फागुन १ गतेदेखि नाप नक्सा कार्य सुरु हुने
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु हुने भएको छ ।पालिकाका अनुसार यहाँका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम फागुन १ गतेदेखि शुरु गरिने भएको हो ।
बिहिवार एक सूचना जारी गर्दै पालिकाले भूमिहिनलाई जग्गा दिन वडा नम्बर ३ बाट जग्गाको नाप-नक्सा कार्य फागुन १ गतेदेखि शुरु हुने जनाएको छ । वडा नम्बर तिनमा यसको कार्य सकिएपछि अन्य वडामा काम थालिने जनाइएको छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा बिहिवारदेखि जग्गाको निस्सा बितरण कार्य सुरु भएको छ । राष्ट्रिय भुमी आयोग संग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरण गरिएको हो ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले स्थानियलाई औपचारिक रूपमा जग्गाको निस्सा बितरणको काम उद्घाटन गरेका हुन । पालिकाको लक्ष्य अनुसार कयौं बर्षदेखि अव्यवस्थित र भुमिहिनहरुले एलानी जग्गाको उपभोग गर्दै आए पनि हातमा लालपुर्जा नपाएर जग्गाको मालिक बन्न पाएका थिएनन् ।
सोही अनुरुप निस्सा बितरण कार्यलाई अगाडी बढाउदा अब सबै जग्गाको मालिक बन्ने जग्गाको निस्सा बितरण गर्दै वडा अध्यक्ष चौधरीले बताए । जग्गाको निस्सा पाउँदा स्थानियमा खुशी छाएको छ । वडा अध्यक्ष चौधरीकाअनुसार आफुले उपभोग गर्दै आएका जग्गा धनिले अब चाडै लालपुर्जा समेत पाउने बताए ।
उनले जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप जग्गाको निस्सा बितरण गरिएको बताए । जग्गाको नाप नक्सा अहिले प्रदान गरिएको निस्साको आधारमा हुने उनले बताए ।
बर्दगोरिया २ मा १ जना पुरुषको शव फेला
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ जना पुरुष मृत अबस्थामा भेटिएका छ्न । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बौनिया नालामा ती पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक पुरुष बर्दगोरिया गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षिय सुकै चौधरी रहेको आफन्तले बताएका छ्न । बिहिवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार चौधरी माघ ३ गतेदेखि हराइरहेका थिए ।
चौधरी हराएपछी आफन्तले खोजी कार्यका लागि प्रहरीलाई निवेदन दिएका थिए । प्रहरीले घटनास्थलमा पुगि शवको पहिचान भएको र आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
बर्दगोरिया । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज बिहिवार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।
यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।
यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । आजको दिनलाई शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।
ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।
सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।
विद्याकी खानी देवी मानिने सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हारको जस्तो श्वेत वर्णको देखिने श्वेत वस्त्र धारण गर्ने र हातमा वीणा(दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्छिन उनी देबी सरस्वती माता हुन्।
वसन्त सुरु भएको पाँचौ दिन अर्थात पञ्चमीको दिनलाई वसन्त पञ्चमी भनिन्छ र माघ शुक्ल पञ्चमीदेखि संगीत, साहित्य, कलाहरु अवगाहन गर्नसुरु गर्छन ।
वसन्त पञ्चमी शुभ र मंगल हुन्छ किनकि वसन्त साहित्य कला विद्द्याको भण्डार सर्वोत्तम प्राण केन्द्र वसन्त हो। वसन्तले दुःखलाई धकेलेर एउटा गहन प्रकृतिक दिने जीवन र कलालाई जोड्ने प्रतीक सरस्वतीको श्वेत वर्ण मोक्ष र सात्विकताको हुन्।
उनको एउटा हातमा वीणा र अर्को हातमा पुस्तक हुन्छ हातमा वीणा लिएको हुन्छिन त्यसैले ज्ञान ,कला, विद्द्यको खानी मानिने देबी सरस्वतीको एउटा अर्थ यो पनि छ आफ्नो सम्पूर्ण अस्तित्वको सृजनात्मक राग हुन्छ।
आदिम ऊष्मामय रागलाई गाउँदै हामीले सौन्दर्यको अनुभत गर्न पाउने वरदान सरस्वती मतले दिएकि हुन्छिन। सरस्वतीको नाम नै वसन्त स्वरुप नै वसन्त यो वसन्त ऋतु प्राचीन कालदेखि मानिसलाई आकर्षित गर्दै आएको ज्ञानको देवी सरस्वती जुन प्राणीको हृदयलाई सरस निर्मल पानि जस्तो पवित्र र स्वच्छ बनाईदिन्छीन् ।
यस दिनमा हरेक शैक्षिक र कला क्षेत्रमा हुनेहरु र विद्द्यार्थी हरुले सरस्वतीको प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन गर्दै हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको बन्दना गाउदै पुञ्ज अर्चना गर्ने गर्छन।
सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको विस्वास छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने मानिएको छ।
उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको मानिन्छ र हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको जन विस्वास छ।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने र सरस्वती माता प्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो,शुभ्र गीत कविता प्रस्तुत गर्ने परम्परा छ।
वास्तवमा कला सस्कृति र विद्याकोर ज्ञान पाउनुमा सरस्वती माताकै असीम कृपा हुने गर्छ।
श्री ठाकुरद्वारा ग्रामीण विधुत सहकारी संस्थाको ११औ वार्षिक साधारणसभा सम्पन्न
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ठाकुरद्वारा ग्रामीण विधुत सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष कालिराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । यसैगरी विशिष्ट अथितिमा जोशीपुर गाउँपालिका वडा नम्बर ७ कि बडघर चन्द्रीका चौधरी , अतिथिमा समाजसेवी तथा बुद्धिजीवी रामनारायण चौधरी ,हरीराम चौधरी रामचन्द्र चौधरी जुगराम चौधरी ,दल बहादुर बिक लगाएत रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती भोलेराम चौधरीले गाउँ गाउँमा सहकारीको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले सहकारी संस्था नाफामुखी भन्दापनी सेवामुखी भावनाले अगाडि बढ्न आवश्यक रहेको बताउदै सहकारी संस्थाको दिगो विकास र व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिबेदन पेस गरिएको थियो । कार्यक्रमको संचालन सहकारी संस्थाका सचिब अमर सिंह धामीले गर्नुभएको थियो ।
बर्दगोरिया । २२औ सशस्त्र प्रहरी दिवशको अबसरमा कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनिया बजारमा सरसफाइ गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्प सडकपुर बौनियाको आयोजनामा आइतबार बिहान बौनिया बजारमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालय बौनियाले पनि सहभागिता जनाएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बमसहित दुबै सुरक्षा निकायका प्रमुख ,यहाँका शिक्षक, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।
द्धन्द्धको समयमा स्थापना भएको सशस्त्र प्रहरीले हरेक वर्ष माघ ९ गते आफ्नो स्थापना दिवश मनाउदै आएको छ । त्यसैको पुर्वसन्ध्यामा आज सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालको शान्ति प्रक्रिया ,सीमा सुरक्षा ,चोरी तस्करी नियन्त्रणका साथै सामाजिक सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।