बर्दगोरिया । पछिल्लो समय अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि सशस्त्र प्रहरीले कैलालीको बर्दगोरिया गाउँपालिकामा दाउरा वितरण गर्न शुरु गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सडकपुरले बिहिवार बर्दगोरियाको बौनिया बजार स्थित मुख्य चोकमा दाउरा वितरण गरेको हो । अत्याधिक चिसोले जनजीवन प्रभावित बन्न थालेपछि विवद न्यूनीकरण र यसबाट हुनसक्ने सम्भावित जोखिम रोक्नका लागि सशस्त्र प्रहरीले दाउरा वितरण गरेको हो ।
शीतलहरका कारण चिसो बढेको छ । चिसोले स्कुले बालबालिका, जेष्ठ नागरिक र गरिव तथा विपन्न परिवार बढी प्रभावित भएका छन् । यसैगरी बजारमा किनमेल सहितको काम विशेषले आउने नागरिकको सहायताको लागि दाउरा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षा संगै विपद व्यवस्थापन तथा उद्दार कार्यमा अग्रपंक्तिमा देखिने सशस्त्र प्रहरीको यो कार्यले चिसोको कहरमा ठूलो राहत पुग्ने स्थानीयले बताएका छ्न ।
कैलाली । मौसम पुर्वानुमक्न महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
आगामी तीन दिनको मौसम पुर्वानुमान
२०७९ पुस २१ गते (बिहीबार)
दिउँसोː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ पुस २२ गते (शुक्रबार)
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
२०७९ पुस २३ गते (शनिबार)
दिउँसोː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
बर्दगोरिया ३ मा खानेपानी आयोजनाको काम तीब्र, यसै वर्षभित्र स्थानीयले शुद्ध खानेपानी पाउने
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले थालिएको खानेपानी योजनाको कामले तीब्रता पाएको छ ।
बर्दगोरिया ३ का स्थानीय बासिन्दाको लागि शुद्ध खानेपानी पुर्याउने उदेश्यका साथ विगत लामो समयदेखि शुरु गरिएको श्री रानीकुण्डा खानेपानी आयोजना’ निर्माणको कामले यतिबेला तीव्रता पाएको हो ।
संघीय सरकारको लगानीमा खानेपानी आयोजना सम्पन्न गर्नको लागि २०७७/७/१६ गते अछाम ढकेरीको श्री माण्डव्य कन्ट्र्कसन प्रालिसंग ९३ लाख १८ हजार ६ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
बर्दगोरिया ३ का स्थानीयका लागि शुद्ध खानेपानी पुर्याउने उदेश्यका साथ निर्माण थालिएको आयोजना अन्तर्गत यतिबेला ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको श्री रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति का अध्यक्ष टङ्क राज ओलीले बताए । उनकाअनुसार अहिले खानेपानी आयोजनाको लागि उपभोक्ता समिति मार्फत पाइप लाइन बिस्तार, पाइपलाइन मर्मत र धारा टुटी जडानको काम अगाडि बढीरहेको छ ।
यसै आर्थिक वर्षको मसान्तसम्म वडा नम्बर ३ बासीलाई शुद्ध खानेपानी पुर्याउने उदेश्यका साथ काम अगाडि बढेको उनले बताए । खानेपानी आयोजनाको काम पूरा भएपछि वडा नम्बर ३ का करिब १ हजार दुईसय स्थानीय लाभान्वित हुनेछ्न ।
यता बर्दगोरिया गाउँपालिकाले समेत खानेपानी आयोजना छिटोभन्दा छिटो पुरागरी स्थानीयलाई शुद्ध पिउने पानी खुवाउन कुनैपनी कसुर बाकी नराख्ने पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनले आयोजनाको काम छिटो सक्न पटकपटक अनुगमन र निरीक्षणको काम पालिकाले गरिरहेको भन्दै आवश्यक बजेट व्यवस्थापनको काम पनि गर्ने बताए । उनले भने – स्वास्थ्य सबैभन्दा ठूलो धन हो, जसको निम्ति शुद्ध खानेपानी जनस्वास्थ्य संग जोडिएको महत्त्वपूर्ण विषय हो, त्यसैले छिटोभन्दा छिटो खानेपानी आयोजना निर्माणकार्य पुरागरी हामी स्थानीयलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउदैछौ ।
बर्दगोरिया र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण समझदारी, के – कुरामा भयो सहमति ?
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी भएको छ ।
बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहितको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको हो । टोलिमा इन्जिनियर टङ्कराज ओझा ,सव इन्जिनियर शुनिल जोशी, असिस्टेन्ट अभिशेष रिमाल ,अमिन पदम भण्डारी ,रोजगार संयोजक भुमी प्रसाद शर्मा, इप्रका बौनिया प्रमुख महेश विक्रम शाही तथा स्थानीय बुद्धिजीवी ,समाजसेवी लगाएयतको सहभागिता थियो ।
पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सृजना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुको संयुक्तअनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी भएको हो । जसअनुसार अबदेखि दुबै पालिकाले आईइ र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।
सहमतिअनुसार अब बर्दगोरिया संग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैशीमार हाल्ने खोलाको मात्रै आईइ भएको क्षेत्र अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाय मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको बर्दगोरिया ३ र मोहन्याल १ अन्तर्गत पर्ने खण्डीखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।
सीमा क्षेत्र निर्धारणका लागि भने आईइ भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउदले बताए ।
बर्दगोरियामा पाँच गाउँजाने बाटो बन्द गरेर प्रदेश सरकारले कल्भर्ट बनायो,जनता भन्छन स्थानीय सरकार खोइ ?
बौनिया । कैलालीको बर्दगोरियामा सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा बन्न लागेको पक्की कल्भर्टका कारण पाँच गाउँ जोड्ने सडकनै बन्द भएको छ ।
पालिका वडा नम्बर ५ र ६ जोड्ने घैला नालामा पक्की पुल (कल्भर्ट) बन्दै गर्दा वडा नम्बर ५ का बैदिपुर, छराई ,कुमारी बाग, रानीवन टोल र ६ नम्बर वडाको जगतपुर जाने सडक बन्द अबस्थामा पुगेको हो ।
सडकपुर बौनिया बजारदेखि भजनी सडकखण्डमा पर्ने उक्त घैला नालामा मल्टी स्पान बक्स कल्भर्ड (पुल) निर्माणका लागि २०७७/५/११ गते दैलेखको सुर्य वयान एन.एस.जेभी संग ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार अहिले घैला नालामा पक्की पुल (कल्भर्ट ) निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत, पुर्वाधार विकास कार्यालय ,कैलालीको १ करोड ३७ लाख २० हजार लगानीमा उक्त पुल निर्माणको कार्य अन्तिम चरणमा पुग्दा बर्दगोरियाका माथि उल्लेखित गाउँ आवातजावत गर्न र सामान ओसारपसार गर्नेलाई निकै समस्या भएको स्थानीय बताउछ्न ।
निर्माणाधीन पुलको फिनिसिनिको काम सुरु हुँदा छराई, बैदिपुरलगाएतका गाउँ जोड्ने सडकको प्रवेश गर्ने मार्गनै बन्द भएपछि सवारीसाधन गुड्न र सामान ओसारपसारको काम पुर्ण रूपमा बन्द भएको स्थानीय बताउछन् ।
निर्माण कम्पनीले प्राबिधिक स्टमेटअनुसारनै काम गरेको दावी गरिरहेका बेला सिङ्गो गाउँहरु जोड्ने सडक नै अबरुद्ध भएको स्थानीयको भनाइछ । गलत प्राविधिक स्टमेटमा पुल बनाइएका कारण बाटो नै बन्द भएको उनीहरूको भनाई छ । स्थानीय भन्छन् – बिकासका लागि एकातिर पुल बनाउदै गर्दा अर्कोतिरको सडकनै अबरुद्ध गराइनु दु:खद हो । यसको निकास तत्काल खोजिनुपर्छ ।
यता स्थानीय सरकारले समेत यसको बेलाबेलामा अनुगमन नगर्दा अहिले बाटो नै बन्द हुने अबस्था आएको स्थानीयको गुनासो छ ।
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकाले निशुल्क लोकसेवा आयोग तयारी कक्षा संचालनमा ल्याएको छ । गाउँपालिका भित्रका प्रत्येक वडाबाट १०/१० जनागरी प्लस टु गरेका विद्यार्थीहरुलाई लक्षित गरी नासु ,खरीदार लगाएतका विभिन्न पदहरूको लागि तयारी कक्षा सुरु गरेको हो ।
कार्यक्रमको सोमबार गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरीले उद्घाटन गरेका छ्न । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री वडा अध्यक्षहरु, प्रशासन प्रमुख मीनराज कठरिया, शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीलगाएतको उपस्थिति थियो ।
पालिकाले आफ्नै ठाउँमा लोकसेवा तयारी कक्षा संचालन गरेपछि धनगढी काठमाण्डौ जानु पर्ने, महङ्गो कोठा भाडा तिर्नुपर्ने, महङ्गो खाना सबै खर्च सर्वसाधारणले गर्न नसक्ने र पल्स टु पढेर अन्तिममा फेरि विदेशमा गएर श्रमगर्नु पर्ने अवस्था अन्त्यहुने अपेक्षा गरिएको छ । पालिकामा दक्ष जनशक्ति उत्पादनका लागि यो कार्यक्रम उपलब्धिमुलक हुने पालिका अध्यक्ष थारुले बताए ।
लोकसेवा तयारी कक्षा दुई महिनासम्म चल्नेछ । यो वर्ष कार्यक्रमको उपलब्धि हेरेर अर्को वर्ष थप कार्यक्रम गर्दै जाने अध्यक्ष चौधरीले बताए ।
पछिल्लो समय जोशीपुर गाउँपालिकाले शिक्षा क्षेत्रमा विद्यार्थी छात्रवृत्ति कार्यक्रम, लोकसेवा आयोग तयारी कार्यक्रम जस्ता नयाँ कार्यक्रम ल्याई विद्यार्थीको हौसला बढाउँदै गएको छ।
बर्दगोरिया । बौनिया जेसीजको ११ औ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच जेसिजको ११ औ अधिवेशन सम्पन्न भएको हो ।
बौनिया जेसिज २०२२ का अध्यक्ष जेसि कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए ।
बौनिया जेसिज वर्ष २०२२ का कार्याकारि उपाध्यक्ष जेसि देवानन्द जैशिको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रम बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष जेसि भुमि प्रकाश बम , वर्ष २०१५ का अध्यक्ष गणेश भट्ट, २०१७ का अध्यक्ष जेसी कृष्ण विष्ट, २०१८ का अध्यक्ष जेसी जनक विष्ट लगाएकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै आजनै बौनिया जेसिज वर्ष २०२३ का लागि नयाँ पदाधिकारी निर्वाचित भएका छन । जसमा बर्ष २०२३ का लागि अध्यक्षमा जेसी चक्रबहादुर शाही , कार्यकारी उपाध्यक्ष जेसी वीर बहादुर बिस्ट , जेसी एकेन्द्र कुँवर, उपाध्यक्षमा जेसी डम्बर बहादुर बुढा, जेसी बिकास गौतम, जेसी गोबिन्द डाङ्गी र प्रेम सुनार निरबिरोध निर्वाचित भएको निर्वाचन आयुक्त धिरज शाहिले जानकारी दिएका हुन ।
यस्तै महासचिव जगत बहादुर शाही, कानुनी सल्लाहकार देवानन्द जैसी , कोषयक्ष नवीन कुवरलाइ मनोनीत भएका हुन । बाकी मनोनीत पद पहिलो बैठकद्वारा मनोनित गरिने छन् ।
यस्तै कार्यक्रममा बौनिया युवा क्लबका अध्यक्ष जिवन बिसि, दोदोधरा रेडक्रस उपशाखा सभापति लक्ष्मी जैशी, बौनिया बजार व्यवस्थापन समितीका अध्यक्ष अमर बम ले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई बुझायाे स्मरण पत्र, के छ्न मागहरू ?
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाएको छ ।
टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो । संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लाग आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा उल्लेख छ ।
जोशीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक निर्माणमा स्थानिय,गाउँमै रोजगारको अबसर जुट्दै
रमेश बम,जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम तीब्र रूपमा अगाडि बढेको छ । उक्त कार्यक्रममा बाटोघाटो निर्माणलाई प्राथमिकतामा राखिएको छ। जसअनुसार यतिबेला बाटो मर्मत ,बाटो निर्माण र सडक नाली निर्माणकार्यले तीव्रता पाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जोशीपुर गाउँपालिका वडा नम्बर ६ बाट ३५ जना छानिएका छन । यो कार्यक्रम अन्तर्गत वडा नम्बर ६ मा वडा कार्यालयदेखि उत्तर जानेबाटो पटानी र ग्राभेल (रोलरसहित) को आयोजना र लोखरी मिथुनिया तालदेखि पश्चिम करैचा खेतसम्म बाटो मर्मत तथा पटानीको काम चलिरेको छ । पकरीयामा सडक मर्मतको लागि सुचिकृत्र बेरोजगार मध्यबाट १५ जना खटिएका छ्न भने करेचाजाने बाटो मर्मतको लागि २० जना लागिपरेका छ्न ।
बेरोजगार र गरिबी अन्त्यका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ देखि शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम जोशीपुर ६ मा प्रभावकारी भएको वडा अध्यक्ष भोजराज डगौराले बताए । यस कार्यक्रमले गरिब ,बिपन्न ,बेरोजगारहरुलाई रोजगार र आर्थिक आयआर्जनमा ठूलो सहयोग पुर्याउने उनले बताए ।
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने तथा रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी प्रत्याभूति गराउने सुनिश्चित गरेको छ ।
सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायत सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यमा सहकार्य र समन्वय गरी एकीकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गर्ने योजनासहित अहिले पालिकाभर प्रधानमन्त्री रोजगार कार्यक्रम चलिरहेको जोशीपुर गाउँपालिकाकि रोजगार संयोजक सुशीला देउवा (बम) ले बताइन् । उनले रोजगार कार्यक्रमबाट अति विपन्न गरिव र बेरोजगारको लागि रोजीरोटीको माध्यम बनेको बताइन् ।
आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७८औं जन्मजयन्ती
काठमाडौं । तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ।
बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि मनाइँदै छ।
विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए।
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जन प्रेमी राजाका रुपमा पनि चिनिन्छ।
इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।