काठमाडौं । भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पश्चिम रूकुमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छा छोरा मोहन वली रहेका छन् ।
सोमबार बिहान गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । देबबहादुरका जेठा छोरा लोकेन्द्र वली भने घर बाहिर रहेकाले बाँच्न पाएको त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिएका छन् ।
बाउआमा र जेठा छोरा रोजगारीका लागि सिम्लामा बस्दै आएका थिए भने कान्छा छोरा एसईई परीक्षापछि बाउआमालाई भेट्न सिम्ला गएका थिए । क्षेत्रमा तीन दिनदेखि अविरल वर्षा भईरहेको थियो ।
बर्दगोरिया ६ मा अपाङ्गता सहयोग सामाग्री वितरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ भित्रका करिब २० जना अपाङ्गता भएका ब्यक्तिलाई आईतवार सहयोग सामग्री वितरण गरिएको छ ।
जनजागरण अपाङ्ग सेवा समाज र वडा नम्बर ६ को समन्वय मा वडा नम्बर ६ भित्रका अपाङ्गता भएका ब्यक्तिको सहजताका लागि हृविलचियर, वाकर, सेतो छडी, फोल्डिङ्ग छडी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो ।
वडा नम्बर ६ को आर्थिक सहयोगमा जनजागरण अपाङ्ग समाज बर्दगोरियाले उपलब्ध गराएको १ लाख मूल्य बराबरको सामाग्री पालिका अध्यक्ष कर्ण बहादुर कुँवर,उपाध्यक्ष गणेश राज गिरि र वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले हस्तान्तरण गरेका थिए ।
सहयोग सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले अपाङगता भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन पालिकाले योजना बनाइरहेको बताए ।
गाउँपालिका भित्र रहेका अपाङ्गताको पहिचान गर्ने काम भइरहेको भन्दै अध्यक्ष कुँवरले अपाङगता भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए ।
साथै अध्यक्ष कुँवरले भने अपाङ्ग ,असाय र बृद्धअवस्था भएका व्यक्तिका लागी आफुले पालिकाबाट पाउने तलब सुबिधा नलिने र उनिहरुको आय आर्जन र सेवा सुबिधामा खर्च गर्ने छु ।
कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरिले अपांगता भएका ब्यक्तीहरुका लागि गाउँपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा जनजागरण अपाङ्ग समाजका अध्यक्ष भिम कुश्मिले अपांगता भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि पालिकाको वडा नम्बर ६ ले सामग्री उपलब्ध गराएको बताए ।
वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन जरुरी रहेको बताउदै थोरै सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग सामाग्री हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा ४ जनालाई हृविलचियर, ११ जनालाई सेतो छडी, ३ जनालाई फोल्डिङ्ग छडी, २ जनालाई बैशाखी, २ जनालाई वाकर लगायतको सामग्री वितरण गरिएको वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले जानकारी दिए ।
बर्दगोरिया १ को सार्वजनिक सुनुवाई सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमकाको आयोजना गर्दै वडा बासीका बिच आर्थिक वर्ष २०७९/०८० का आफ्ना वार्षिक गतिविधिहरू सार्वजनिक गरेको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा ३० लाखका विभिन्न योजनाहरू निर्माण गरेको वडा सचिव अशोक भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडा कार्यालयले यस आर्थिक वर्षको असार २० गते सम्म १३ लाख ३० हजार ९ सय ३२ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ ।
सम्पत्ति करबाट ५ लाख ६० हजार २९ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन गरेको कार्यालयले भूमि कर तथा मालपोतबाट ३ हजार ८ सय ८९, घर बहाल करबाट १ लाख ४५ हजार ८ सय ९४, बहाल बिटौरी कर १३ हजार २ सय सरकारी सम्पति बहालबाट प्राप्त आय १ हजार ४ सय नक्सा दस्तुर ३ हजार ९ सय सिफारिस दस्तुरबाट ३ लाख ३२ हजार ८ सय ७०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ८८ हजार ८ सय, नाता प्रमाणित दस्तुरबाट ९५ हजार ४ सय नाता प्रमाणित दस्तुर १३ सय ५० रूपैयाँ र अन्य दस्तुरबाट १ लाख ६१ हजार ३ सय रुपैयाँ सङ्कलन गरेको छ ।
यस्तै यो वर्ष ८ सय १२ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि वडामा नवीकरण गरेका छन् । जसमध्ये ३ सय ५० जना ज्येष्ठ नागरिक भत्ता, ५८ जनाले ज्येष्ठ नागरिक एकल महिला भत्ता, ५८ जनाले एकल महिला भत्ता, ९ जनाले पूर्ण अपाङ्गता भत्ता, २८ जनाले अति असक्त अपाङ्गता भत्ता र १४७ जनाले दलित बालबालिकाले भत्ता प्राप्त गरेका हुन ।
वडा कार्यालयमा यो वर्ष ४ सय ३४ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । २ सय १३ जनाको जन्म दर्ता भएको छ भने ३८ जनाको मृत्यु दर्ता गरिएको छ । यस्तै २८६ जना वडामा बसाई सरी आएका छन् भने ६६ जना बसाई सरी गएका छन् । २ जनाले सम्बन्ध विच्छेद, ६४ जनाले विवाह दर्ता गराएका छन् ।
वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी प्रमुख अतिथि रहेका थिए ।सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै आफू निरन्तर वडाको समग्र बिकास र जनताको सेवामा लागीरहेको वडा अध्यक्ष मिथुन गौतमले बराउनु भयो ।
आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहिको जिज्ञासा लाई सम्बोधन गर्दै वडा अध्यक्ष गौतमले सो कुरा बताउनु भएको हो ।
आफुले निर्वाचनको क्रममा जनता सङ्ग गरेको चुनाबी प्रतिबद्धता अनुसार वडामा सबै गाउँ बस्ती र टोलको माग र आबश्यक्ताका आधारमा निश्पक्ष रूपमा योजना छनौट गरि गुणस्तरीय योजना निर्माणकार्यमा लागि रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले समाबेशी आधारमा जनप्रतिनिधि ,राजनीतिदल ,संघ संस्थाका प्रतिनिधि र सरोकारवाला पक्षको सल्लाह ,सुझाव लियर प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरि नमुना पालिका बनाउन लागि रहेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न टोलहरूबाट स्थानीयहरूको सहभागिता रहेको थियो । उनीहरूले जनप्रतिनिधि तथा कर्मचारीलाई प्रश्न, जिज्ञासा राख्दै सुझावहरू समेत दिए ।
प्रश्नहरूको जवाफ दिँदै जनप्रतिनिधि तथा कर्मचारीहरूले जनताको सुझावलाई निकै सकारात्मक रूपमा ग्रहण गरी अघि बढ्ने बताएका छन् । कार्यक्रममा जन्मदेव सन्ज्याल, नवराज कुँवर, एटम बम,भुमी प्रसाद शर्मा लगाएतले जिज्ञासा संगै सुझाव सल्लाह दिएका थिए ।
मुस्ताङका ‘राजा’का छोराको बिहेमा गाउँपालिकाले दियो सार्वजनिक बिदा,स्वागतमा ३०० घोडा र ५० गाडी
मुस्ताङ । सोमबार मुस्ताङको लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा नै दिएर ‘राजाका छोरा’को विवाह मनाइँदै छ ।
मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे भएको हो । राजा विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहे ताप्लेजुङबाट भएको हो । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आज दुलहा राजकुमारले ताप्लेजुङबाट दुलही लिएर आएको जन्ती नयाँ दरबार फर्किएको बताएका छन् ।
लोमन्थाङ गाउँपालिकाले दुलहा राजकुमार र दुलहीसहित जन्तीको स्वागतका लागि करिब ३०० घोडा र ६० गाडीको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भने, “जन्ती ताप्लेजुङबाट फर्किसकेको छ । नयाँ दरबार पुग्नुअघि बाटोमा गाउँपालिकाले स्वागतका लागि दुई–तीनसय घोडा र ५०–६० गाडीको व्यवस्था गरेको छ ।”
विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाइन्छ । तीन दिनसम्म विवाह उत्सव मनाइने गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।
विवाहकै अवसरमा सोमबार सबै कार्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिइएको थियो । लोमान्थाङमा अझै पनि पलवर विष्टलाई राजाको उपाधि दिएर विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरूमा सम्मान दिइन्छ । बाह्रखरीको सहयोगमा
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
असार १४ गते देशैभर सार्वजनिक बिदा
सबैको साथ र सहयोग पाए बर्दगोरियालाई देशकै उत्कृष्ट पालिका बनाउछु ; अध्यक्ष कुवर
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२औं गाउँसभा अधिवेशनको समापन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकालाई समृद्ध र नमुना बनाउन सबैको साथ सहयोग चाहिने बताए ।
अध्यक्ष कुँवरले भने सबैको साथ सहयोगले बर्दगोरियाको नाम जिल्ला सम्म परिचित छ ,आगामी दिनमा अझै पालिकालाई देशभरी चिनाउन यहाँका वडा सदस्यदेखि वडा अध्यक्ष ,उपाध्यक्ष सबैले यसैगगी साथ दिनुपर्छ । अध्यक्ष कुँवरले केही प्राबिधिक समस्याले अहिले बर्दगोरियाका सबै सडक संजाललाई व्यवस्थित गर्न सकिएन, आउदो असोजदेखि बर्दगोरियाका मुख्य तथा भित्रै सबै सडकलाई पानी पिच गर्ने बताए ।
साथै अहिले पानी पिच भएका सडकमा प्रदेश सरकार र संघीय सरकारले समेत कालोपत्र सडकका लागि बजेट बिनियोजित गरेको छ, बाकी रहेका अन्य सडकलाई पालिकाबाट बजेट बिनियोजित गरि कालोपत्रको कामलाई अगाडी बढाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष कुँवरले बताए ।
पालिकाले उज्यालो पालिका संगै निशुल्क शिक्षादेखि बर्दगोरिया गाउपालिकामा कलेज संचालन गर्न सम्पुर्ण तयारी पूरा गरेको बताउदै आगामी आर्थिक बर्षमा यश क्षेत्रमा जटिल समस्याको रुपमा रहेको नदि कटानलाई न्यूनीकरण गर्न सम्पुर्ण नदिहरुमा तटबन्धको काम समेत अगाडी बढाउने बताए ।
यसैगरि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसोबासिहरुलाई लालपुर्जा दिने उद्देश्यले पहिलो चरणमा वडा नम्बर ३ का केही व्यक्तिलाई बितरण गर्ने र त्यसपस्चात सम्पुर्ण गाउँपालिका बासिलाई बितरण गर्ने गरि हामिले तयारी गरिरहेको अध्यक्ष कुँवरले बताए ।
मनसुनी प्रणालीको प्रभाव; बिहानैदेखि सातवटै प्रदेशमा वर्षा, दिउँसो र राति भारी वर्षाको सम्भावना
कैलाली । मौसम पुर्वानुमान महाशाखाकाअनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।२०८० आषाढ ०८ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०८० आषाढ ०९ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकामा असार ३ गतेदेखि गर्मी बिदा हुने भएको छ। पछिल्लो केही दिन यता अत्याधिक गर्मी हुनथालेपछि गाउँपालिकाले असार १५ गतेसम्म १३ दिन यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो।
पालिकाले शुक्रबार एक सूचना जारी गर्दै वर्षे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।
यसैगरी पालिकाले अत्यधिक गर्मिका कारण तातो हावा (लु) बाट आफुपनि बच्न र बालबालिकालाई समेत विशेष हेरबिचार गर्न सबै शिक्षक अभिभावकमा अपिल गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प बौनियामा कार्यरत डिएसपी पाललाई सम्मानसहित विदाई (तस्बिरमा )
बर्दगोरिया । सशस्त्र प्रहरी बेस क्याम्प बौनियामा कार्यरत डिएसपी वीरेन्द्र पाललाई सम्मानसहित विदाई गरिएको छ । बर्दगोरिया गाउँपालिकामा ६ महिने कार्यकाल सकेर भर्खरै कैलालीको अत्तरिया सरुवा भएका डिएसपी पाललाई शुक्रबार बर्दगोरिया गाउँपालिकाको आयोजनामा सम्मानसहित विदाई गरिएको हो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले डीएसपी पालले आफ्नो ६ महिने कार्यकालमा बर्दगोरिया गाउँपालिकाबासीको शान्ती सुरक्षामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै टीका ,खादा ओढाएर सम्मानसहित बिदाई गरेका छ्न ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी ,कार्यपालिका सदस्य सरस्वती विक लगाएतले टीका लगाई डिएसपी पालको सम्मान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिदै बिदाई गरे ।