काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोसी प्रदेशमा सामान्य रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । मधेस र कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राति कोसी र मधेस प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोसी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ ।
आदर्श स्काउट दलले मनायो शान्ति दिवस (फोटोफिचर)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनियामा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको आदर्श स्काउट दलले अन्तरास्ट्रिय शान्ति दिवसको अवसर पारी विविध कार्यक्रम सम्पन्न गरेको छ ।
स्काउट दलले बौनिया बजारमा शान्ति र्याली , साहरा घरमा रहेका असहायहरुई जुस वितरण तथा वडा न १ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा कटहरका बिरुवा रोपि अन्तरास्ट्रिय शान्ति दिवस मनाएको हो ।
वृक्षारोपण कार्यक्रममा वडा न १ का अध्यक्ष तथा बर्दगोरिया सरकारका प्रबक्ता मिथुन गौतमको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै प्रवक्ता गौतमले पछिल्लो समय समाजमा लागू औषधको जालो बढिरहेको भन्दै यसको दुर्व्यसनीबाट बालबालिकालाई टाढा राख्न हरेक विद्यालयले विद्याथीलाई सामाजिक काममा सक्रिय बनाउनु पर्ने बताउनु भयो ।
सो क्रममा उहाँले आदर्श स्काउट दलका विद्यार्थीलाइ धन्यवाद ज्ञापन गर्दै पालिकाका हरेक विद्यालयमा स्काउट दल स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक भिम अम्मै , एम.ओ.पि. सुदुरपश्चिम प्रदेश अध्यक्ष पुष्कर अवस्थी , खप्तड बहुमुखी क्याम्पस स्ववियु सचिव प्रेम जोशी र विद्यायका शिक्षक सुनिल भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।
आदर्श सामुदायिक विद्या मन्दिरमा रहेको आदर्श स्काउट दल बर्दगोरिया गाउपालिकाको विद्यालय स्तरिय पहिलो स्काउट दल हो । आदर्श स्काउट दलले विद्यालय र विद्यालय क्षेत्र वरपर विविध सामाजिक कार्यक्रम गर्दै आएको छ ।
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।
प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भए नतिजा प्रकाशन हुन नसकेको अवस्थामा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्रमा निवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
चट्याङ लागेर एक महिलाको मृत्यु
दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर १६ जना घाइते भएका छन् । रासस
काठमाडौं । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदली भइ एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुईस्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
प्रवासी बोगटी एकता मञ्च युएई गठन
युएई । वैदेशिक रोजगारको सिलसिलामा रहेका नेपालीहरु संगठित हुनेक्रम बढ्दै गएको छ । यसैक्रममा वैदेशिक रोजगारको लागि नेपालका विभिन्न ठाउँबाट युएई पुगेका बोगटीहरुको एकता मञ्च गठन गरिएको छ ।
सेप्टेम्बर ३ मा युएईको वर दुबईमा प्रवासी बोगटी एकता मञ्च युएई गठन गरिएको छ । छरियर रहेका बोगटीहरुलाई एकीकृत गरि संगठित हुने उदेश्यका साथ अशोक बहादुर बोगटीको अध्यक्षतामा प्रवासी बोगटी एकता मञ्च युएई गठन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा बम बहादुर बोगटी ,सचिबमा प्रेम बहादुर बोगटी (भिम) ,कोषाध्यक्षमा भरत विक्रम बोगटी रहेका छ्न ।
यसैगरी सदस्यतर्फ गोविन्द बोगटी, आर्यन बोगटी, मनीषा बोगटी,करन बोगटी, भीम बोगटी,ध्वज बोगटी, शान्त बोगटी ,सांत बोगटी, श्याम बोगटी, महेश बोगटी, लक्ष्मी बोगटी, समिक्षा बोगटी, प्रशान्त बोगटी, मोहन बोगटी, शङर बोगटी, विशाल बोगटी,सुशांत बोगटी, ललित बोगटी तथा दीपू बोगटीलगाएत अन्य रहेको मञ्चका सचिब प्रेमबहादुर बोगटीले जानकारी दिए ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।
बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।
कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू९भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशी प्रदेशको केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सार्वजनिक शौचालयमा काजकिरिया !
स्याङ्जा । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए । मजदुरी गरेर मात्रै सहर बजारमा पारिवारको जीविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न सुरु गरे ।
४२ वर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न सुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको ऊर्जाशील ४२ वर्ष खर्चेका नेपाली गत साता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्केका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए । जेनतेन परिवार चलाउँदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका–८ स्थित खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् । ५
छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, पढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमानको किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायीरूपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रोसमेत एक सहकारी संस्थाले भवन बनाउँदा भत्कायो ।’ ‘छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै,’ उनले भनिन्, ‘किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनुपरेको छ ।’
१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाइ छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बंलादेशमा समेत सहभागी भइसकेकी थिइन् । आमा पविसँगै छोरी शान्त पनि सार्वजनिक शौचालयमा बुबाको किरियामा छिन् ।
घरको पिल्लर रुपी श्रीमानको नै निधन भयो, अब झन् बेसहारा भएका छौं । श्रीमान गुमाउनुको पिडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पविलाई थप पिरोलेको छ । कमाइ गर्न सक्ने छोराछोरी ज्यालामजदुरी गरेर आआफ्नो परिवार पाल्न बाध्य छन् । तर, बोल्न नसक्नेसहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ । हिन्दु परम्पराअनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाले सहयोग पनि गरेका छन् ।
बोलबम समिति वालिङले थोरै भए पनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए । अहिले यहाँका आमा समूहले पनि यो परिवारलाई सहयोग गरिदिन आग्रह गर्दै बजार क्षेत्रमा सहयोग संकलन गरिरहेका छन् । अहिलेसम्म स्थानीय सरकार यो परिवारको अवस्थादेखि बेखबर बनेको छ । वालिङ नगरपालिकाले काजक्रिया गर्ने स्थान नबनाइदिँदा यस्ता अप्ठ्यारोमा परेका व्यक्तिलाई निकै समस्या हुने गरेको यो घटनाले देखाएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।
काठमाण्डाै – कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सिन्धुली र धनुषाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ । हेलम्बु–४ को सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ ।
कक्षाकोठा पनि जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयमा आज पठनपाठन नहुने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो ।