आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ।
नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।
देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक र्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।
सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ।
यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। काठमाडौंको साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमा सम्पन्न हुन्छ।
माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ।
काठमाडौँ । अब ह्वाट्सएपमा आठ तरिकाले टाइप गर्ने म्यासेजको ‘फन्ट’ चेन्ज गर्न सकिने नयाँ फिचर आएको छ ।
बिहीबार ह्वाट्सएपले एक्स (साबिकको ट्विटर) मार्फत टेक्स्ट परिवर्तन गर्न सक्ने फिचर सार्वजनिक गरेको हो । नयाँ फिचर अनुसार अब ह्वाट्सएपमा टाइप गर्ने म्यासेज ८ वटा फन्टहरूमा लेख्न सकिने भएको हो ।
अबदेखि बुलेटेड लिस्ट, नम्बर्ड लिस्ट, ब्ल्याक कोट, इनलाई कोड, बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस गरी आठ फन्टहरूमा म्यासेज गर्न सकिन्छ ।
फन्ट चेन्ज गर्नका लागि प्रयोगकर्ताले टाइप गर्दा टेक्स्टको अगाडि ह्वाट्सएपले दिएका आठ वटा साइनहरू लगाएर म्यासेजको फन्ट चेन्ज गर्न सकिन्छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
किन रोकियो मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया?
काठमाडौं । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै हाललाई दरखास्त आह्वानसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ।
गत माघ २६ गते सार्वजकि सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा स्थगित गर्नुको कारण भने खुलाइएको छैन।
त्रिभुवन विश्वविद्यालयको उपकुलको नियुक्ति प्रक्रिया भने अन्तिम चरणमा पुगेको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सोमबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको हो।
तीनजनामध्ये एकजनालाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने छन्। थाहा खबरबाट
दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको चुनावी साधारण सभाबाट टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।समितिको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा, सचिबमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएको निर्वाचन समितिका अधिकृत भुपेन्द्रबहादुर राष्कोटीले जानकारी दिए ।साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को कुल ३७ लाख २९ हजार ३०७ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ । सभाको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शनिबार उद्घाटन गरेका थिए । सो क्रममा उनले सामुदायिक वन समुदायको सम्पत्ति भएको भन्दै यसको दिगो विकासमा जोड दिए । सामुदायिक वनको माध्यमबाट आर्थिक सशक्तीकरणका थुप्रै काम गर्न सकिने र जसबाट समाजमा रहेका गरिब बिपन्नहरुलाई आर्थिक सवलिकरणमा लिन सकिने बताए ।
मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए ।रामेछाप नगरपालिकाका कर्मचारीले रामेछाप–७, सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । रासस
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको पहिचान भइसकेको छैन ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ ।
अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५औ वार्षिक उत्सव मनाएको छ ।
सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्।
सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो ।
सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न विद्या र क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति तथा वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक र विशिस्ट अथिती बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बमले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकले बिद्यालयले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए । उनले शिक्षा क्षेत्रमा निजि बिद्यालयले खेलेको भुमीका निकै महत्वपुर्ण रहेको बताए ।
कार्यक्रम विद्यालयाला प्रिन्सिपल गणेश शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सर्बोच्च अदालतको निर्णय विपरीत मोहन्याल गाउँपालिकाले दियो जनयुद्ध दिवशको बिदा !
मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले सर्वोच्च अदालतको फैसलाविरुद्ध ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ ।
पालिकाले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा स्थानीय (सार्वजनिक ) बिदा दिएको उल्लेख छ । यसैगरी सोही दिन जनआन्दोलनमा शहिद,वेपत्ता र घाइते भएका व्यक्ति तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम राखिएको पालिका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।
मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्याय माओवादी केन्द्रका हुन् ।अध्यक्ष उपाध्यायद्वारा जारी गरेको सार्वजनिक सूचनामा फागुन १ गते पालिकाभित्रका सबै वडा कार्यालय, विद्यालय तथा सरकारी कार्यालयमा बिदा दिइएको उल्लेख छ ।
के छ सर्वोच्चको फैसलामा ?
‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।
पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा सर्वोच्चले नेपालको संविधानसहित अन्य आधिकारिक दस्ताबेजमा कहीँकतै ‘जनयुद्ध’ शब्द प्रयोग नगरिएको तथा सर्वोच्च अदालतबाट पनि ‘जनयुद्ध’ शब्द संविधानको भावनाअनुरूप नरहेको भनी स्पष्ट रूपमा बताएको उल्लेख छ ।
संविधानमा प्रयोग नै नभएको र संविधानले नचिनेको जनयुद्ध शब्दको प्रयोग गरी जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने गरेको सरकारको निर्णय संवैधानिक व्यवस्था र संविधानमा प्रयोग भएको शब्द संवैधानिक नैतिकता, संविधानको मर्म, परिलक्ष र मूल भावना अनुकूल नदेखिएको सर्वोच्चको ठहर छ ।