बडादसैँ सुरु, आज घटस्थापना, बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापनाको लागि उत्तम
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
दशैको लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले बताए ।
पहिलो चरणमा वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैैंकले नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले असोज २४ गतेपछि राष्ट्र बैंकबाट आफ्नो अनुकूलमा नयाँ नोट साट्न पाउनेछन् । तर, सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
यो वर्ष पनि एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।
पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै उपलब्ध गराइने शाक्यले बताए ।
दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइन्छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी जोशीलाई दिइएको थियो ।
मंगलबार जोशीलाई वडा नम्बर ६ को कार्यालयमा स्वागत गरिएको हो । वडाका सदस्य धनशरा सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहनुभएको थियो । सो क्रममा सचिब जोशीलाई स्वागत गर्दै वडा अध्यक्ष थारुले वडाबासीको सेवा प्रवाहमा सक्रिय रूपमा लाग्न सुझाव दिए ।
स्वागत तथा सम्मान कार्यक्रममा नव नियुक्ति वडा सचिब जोशीले सेवा प्रबाहमा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाए । जोशी साबिक बर्दगोरिया गाउँपालिकाको पञ्जिकरण शाखामा एम.आइ.एस. अपरेटर रहेका थिए ।
कार्यालय सहयोगी रितु कुमारी चौधरीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन बर्दगोरिया ६ नम्बर वडा सदस्य नेहा चौधरीले गरेकी थिइन । कार्यक्रममा विभिन्न राजनीतिक दल, थारु अगुवा(भल्मन्सा) ,समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति थियो ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ ।
बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ ।
परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो सातासम्ममा सम्पन्न गर्नुपर्ने छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।
कक्षा १२ को परीक्षा फाराम भने पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा कार्यपालिका सदस्य भीम वहादुर विश्वकर्मा र बर्दगोरिया सव डिभिजन कार्यालय वन रक्षक राम वहादुर धामी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले वनले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताउनु भयो । साथै वडा अध्यक्ष आचार्यले वन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताउनु भयो । सामुदायिक वनका उपाध्यक्ष भीम वहादुर बुढाले आर्थिक वर्ष २०७९ / ०८० को १२ लाख,२५ ह्जार,१ सय ६३ रुपैयाँ ३० पैंसा बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।
सामुदायिक वनका सदस्य वीर वहादुर सुनारले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राम वहादुर चौधरी, लालीगुराँस सामुदायीक वन उपभोक्ता समूहका सचिव पार्वती आचार्य, दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा राज रिजाल, न्यू जोति आधारभूत विद्यालयका प्र. अ. उपेन्द्र सुनार, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक पदम तिरुवा,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष रवि जनाला, समाज सेवी दल वहादुर तिरूवा र पशुपति युवा क्लवका उपाध्यक्ष महेश थापा,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै वन जोगाउन एक जना अध्यक्ष मात्र भएर नहुने भन्दै अध्यक्ष लाल सिंह विश्वकर्माले सबै उपभोक्ताहरु जागरुक हुने पर्ने बताउनु भयो । वन समितिले विभिन्न बाटोहरु मर्मत , महिलाहरुका लागि सीप मुलक तालिम उपभोक्ताहरुलाई बंगुरका पाठाहरु पनि बितरण गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए । आगमी आर्थिक बर्षमा बन समितिलाई उपभोक्ताले साथ दिए युवाहरुलाई रोजगार दिने उद्योग संचालन गर्ने अध्यक्ष विश्वकर्माले बताए ।
मौसम पूर्वानुमानः आज कुन क्षेत्रको मौसम कस्तो ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण उक्त क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने छ ।
यसका साथै चट्याङ्गको जोखिम रहने हुँदा यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आजदेखि सोह्र श्राद्ध सुरु
काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए ।
कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा.डा. भट्टराईले जानकारी दिए ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकूल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ । रासस
कैलाली । कैलाली जोशीपुर गाउँपालि र भजनी नगरपालिकामा आज बिहिवार स्थानीय बिदा दिएको छ । अनन्त चतुर्दशी पर्वको अवसरमा १ दिन स्थानीय बिदा दिएको सुचना मार्फत जानकारी दिएको छ ।
अनन्त चतुर्दशीको अवसरमा कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरूमा स्थानीय बिदा दिइएको उल्लेख छ ।
आज अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ। यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ। आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् देवमणि भट्टराईले बताए अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ। चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ।
महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला रु
आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला रु ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन ।
शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् ।
शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन ।
शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।