Breaking News: बागलुङमा फेरिपनि काेराेना संक्रमित थपिए, पछिल्लाे समय २६ जनामा संक्रमण
बागलुङ, २३ बैशाख २०७८ ।
बागलुङमा फेरिपनि काेराेना संक्रमित थपिएका छन् । धाैलागिरी अस्पताल बागलुङमा परिक्षण गरेकामध्ये पछिल्लाे समय २६ जनामा संक्रमण देखिएकाे हाे । काेराेना देखिनेहरू बागलुङ र गलकाेट नगरपालिका र बडीगाड गाउँपालिकाका रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरूमा बडीगाड गाउँपालिका वडा नं ४ का ४९ बर्षीय पुरुष र बागलुङ नगरपालिका वडा नं १ का ४३ बर्षीय पुरुष वडा नं २ का ७८ बर्षीय महिला र ६० बर्षीय पुरुष वडा न नं ४ का २९ बर्षीय महिला र ३५ बर्षीय पुरुष गरि बागलुङ नगरपालिकामा ६ जना रहेका छन् ।
यस्तै गलकोट नगरपालिका वडा नं २ का ३६, ५२, ६२, ३३ बर्षीय ४ जना महिला त्यस्तै ५२, ५४ र ४२ बर्षीय ३ जना पुरुष वडा नं ३ का ४२, २५, ४० बर्षीय ३ जना महिला र ३६ बर्षीय पुरुष वडा नं ५ का २३ बर्षीय १ जना महिला र ३९ बर्षीय १ जना पुरुष वडा नं ६ का २६ बर्षीय १ जना महिला र ३५ बर्षीय पुरुष वडा नं ७ का २६ बर्षीय महिला र २६ बर्षीय पुरुष र वडा नं ८ का ३१ र ४२ बर्षीय महिला र २८ बर्षीय पुरुष गरी गलकोट नगरपालिकाका २० जना रहेका छन् ।
Breaking News: जैमिनी सहित बागलुङमा थप ३३ जनामा काेराेना संक्रमण, २ बर्षीय बालिका पनि संक्रमित
बागलुङ, २२ बैशाख २०७८ ।
बागलुङमा थप ३३ जना काेराेना संक्रमित थपिएका छन् । धाैलागिरी अस्पतालबाट ३२ र क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा १ गरी ३३ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना देखिएकामध्ये जैमिनी नगरपालिका ६ अर्जेवाकी २४ बर्षीय १ जना महिलाकाे क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ । बाँकी ३२ जना धाैलागिरी अस्पताल बागलुङमा परिक्षणकाे क्रममा संक्रमण पुष्टि भएका हुन् ।
काेराेना संक्रमण पुष्टि हुनेहरूमा काठेखाेला गाउँपालिका वडा नं ६ का २६ बर्षीय महिला र ताराखाेला गाउँपालिका ३ का ३१ बर्षीय पुरूष रहेका छन् ।
यस्तै बागलुङ नगरपालिका वडा नं १ का ३३ र ५८ बर्षीय महिला र ३५, ४५ र ६२ बर्षीय पुरूष गरी ५ जना, वडा नं २ मा २ बर्षीय बालिका सहित ४२, ६०, ४०, ३० र २५ बर्षीय महिला र ६९ र २५ बर्षीय पुरूष गरी ८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
बागलुङ नगरपालिकाकै वडा नं ३ मा २३ बर्षीय एकजना पुरूष, वडा नं ४ मा ४५ बर्षीय एकजना पुरूष, वडा नं ६ मा ६६ बर्षीय एकजना पुरूष र वडा नं १३ मा ७ बर्षीय बालिका काेराेना संक्रमित भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । यस्तै बागलुङ नगरपालिका वडा नं १२ मा एकैपटक १३ जनामा काेराेना देखिएकाे छ । २३, ३५, ३३ ६२, ५० र १३ बर्षका २ जना गरी सात जना महिला र ५०, ३६, ६१, ४५, ३० र ३८ बर्षका ६ जना पुरूषमा काेराेना देखिएकाे छ ।
रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु
रूपन्देही, २२ बैशाख २०७८ ।
रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु भएकाे छ ।
काेराेना संक्रमणका कारण उपचाररत ३ महिला र १ पुरुष गरी थप ४ जनाकाे मृत्यु भएकाे हाे । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकाे फिबर क्लिनिकमा मंगलवा राती र बुधवार बिहान गरी उपचा गराइरहेका थप चार जना काेराेना संक्रमितको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।
बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरूषकाे मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे ।
साथै बैशाख १९ गते संक्रमण पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पताले जनाएकाे छ ।
बुटवल ९-कि ५४ वर्षीया महिलाकाे पनि बुधबार बिहान मृत्यु भएको छ । बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाइ सोही दिन अस्पताल भर्ना गरीएकाे थियाे । यस्तै १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाकाे मृत्यु भएकाे छ । २१ गते अस्पताल भर्ना भएकाेमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयाे । दुवैजनाकाे बुधबार बिहान करीब साँढे छ बजेकाे हाराहारीमा मृत्युभएकाे बताइएकाे छ ।
बागलुङ, २१ बैशाख २०७८ ।
कोरोना भाइरसका कारण ताराखोला गाउँपालिकाकी ३० बर्षीय महिलाको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङको ताराखोला गाउँपालिकाकी कार्यपालिका सदस्य ३० वर्षिया तेजुमाया भण्डारी परियारको मृत्यु भएको हो ।
१८ गते कोरोना संक्रमण पुष्टि भई सोमबार राति धौलागिरी अस्पतालमा भर्ना हुनुभएकी परियारको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो । अवस्था गम्भिर भएपछि अस्पताल आउनुभएकी परियारको अक्सिजनको मात्रा निकै कम देखिएको अस्पतालले जनाएको छ ।
नेपाल सरकारले प्रदान गरेको कोरोना विरुद्धको दुवै चरणको खोप लगाएपनि उहाँको मृत्यु भएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले जानकारी दिनुभयो ।
काेराेना संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढ्दै, ४५ जिल्लामा निषेधाज्ञा
काठमाडाैँ, २१ बैशाख २०७८ ।
नेपालमा काेराेना भाइरस संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढ्दै गएकाे छ ।
आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएसँगै काेराेना भाइरस संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढेकाे हाे । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । हालसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।
निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा सुरु हुँदै छ ।
मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।
पत्रकार महासंघ बागलुङको ‘एक पत्रकार एक ल्यापटप’ कार्यक्रम, प्रेस स्वतन्त्रता दिवसमा शुभारम्भ
बागलुङ, २१ बैशाख २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङमा ‘एक पत्रकार एक ल्यापटप’ अभियानको शुभारम्भ भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघ बागलुङ शाखाले अघि सारेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानको सोमबार शुभारम्भ गरिएको हो ।
‘घर पछिको रहर: सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएकै दिन करिब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने आर्थिक संकलन भएको र थप २० जनाले ल्यापटप खरिदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
“नयाँ नेतृत्वले ल्याएको ‘एक पत्रकार एक ल्यापटप’ अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभारम्भ गरी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना दिवसको अवसरमा असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ” अध्यक्ष कँडेलले भन्नुभयो “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशिलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्ष सम्म चलाईने महासंघ बागलुङ शाखाले जनाएको छ भने अभियानको कुल खर्च रु. ७० लाख रहेको छ ।
पत्रकार महासंघले यसअघि ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।
कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान पूर्वक प्रविधिको प्रयोग गर्दा सहज हुँने भएकाले एक पत्रकार एक ल्यापटप अभियान चलाइएको छ । अभियानको सुरुवातमै नेपाल पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हरिनारयाण गौतमले ५० हजार, नेपाल पत्रकार महासंघ धौलागिरीका पूर्व उपाध्यक्ष दिपक गौतमले ५० हजार, प्रेस युनियनका केन्द्रिय पार्षद श्रीधर कँडेलले ५० हजार, अध्यक्ष नरेश कँडेलले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।
नुवाकाेट, २० बैशाख २०७८ ।
नुवाकाेट आदर्श बहुमुखी क्याम्पसले लकडाउनका कारण अनलाइन कक्षा स्थगित गर्ने सूचना निकालेपछि चाैतर्फी आलाेचना भएकाे छ । क्याम्पसका कायम मूकायम क्याम्पस प्रमुख भाेला प्रसाद पाण्डेले साेमबार प्रशासनले निशेधाज्ञा लगाएपछि अनलाइन कक्षा स्थगन गरिएकाे सूचना निकालेपछि यसकाे चाैतर्फी आलाेचना भएकाे हाे ।
क्याम्पसले गत बैशाख १६ गते अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेपनि लकडाउनका कारण पूर्व निर्धारित अनलाइन कक्षा स्थगित गरिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।
निशेधाज्ञा पछि बिकल्पकाे रूपमा अनलाइन कक्षालाइ लिइने भएपनि नुवाकाेटकाे बट्टार बजारमा रहेकाे जिल्लाकाे एकमात्र स्नातकाेत्तर तहसमम अध्यापन गराउने क्याम्पसले अनलाइन कक्षा स्थगित गर्नुलाइ लज्जास्पदकाे रूपमा हेरिएकाे छ ।
कैलाली/मकवानपुर, २० बैशाख २०७८ ।
कैलाली र मकवानपुरमा गरी थप छ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।
कैलालीमा ४ जना र मकवानपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जनाकाे मृत्युभएकाे छ । लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुषकाे आज बिहान साढे १ बजे र लम्किचुहा –१० की ३५ वर्षीया महिलाकाे बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयाे ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय पुरुषको अज बिहान ५ बजे र कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको छ ।
यसैगरी मकवानपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेका २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयाे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुषको मृत्युभएकाे हेटौँडा अस्पतालले पुष्टि गरेको छ । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डा. श्रेष्ठकाे भनाइ छ ।
मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास प्रश्वासमा समस्या आएपछि उनिहरूलाई भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको थियो ।
काेराेना संक्रमण बढ्दाेः४१ जिल्ला अति प्रभावित,कतै आंशिक कतै पुर्णरूपमा निषेधाज्ञा,विस्तृतमा
काठमाडाैँ, २० बैशाख २०७८ ।
काेराेना संक्रमण बढ्दै जाँदा नेपालकाे ४१ जिल्लामा धेरै प्रभाव देखिएकाे छ ।
काेराेना संक्रमणकाे दाेस्राेलहर शुरू भएसँगै नेपालकाे ४१ जिल्लामा संक्रमणकाे धेरै प्रभाव देखिएकाे हाे । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । अति प्रभावित ४१ जिल्ला मध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएकाे छ ।
काठमाडाैँ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा जारीछ भने अरु २७ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । काठमाडाैँ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । साथै यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएकाे छ ।
बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि सवारीमा जोरबिजोर प्रणालि लागु गरीएकाे छ ।
कपिलवस्तु, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले उल्लेख गरेकाे छ । यस्तै बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको जनाइएकाे छ ।
सरकारले कोरोना संक्रमण सङ्ख्या काठमाडाैँ उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइसकेकाे छ ।