बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा युवाको एक जम्बो टोलि नेकपा एमाले प्रवेश गरेको छ । मंगलबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को बौनिया बजारमा घरदैलो अभियान चलि रहदा हेम बमको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि करिव ६० जना युवा एमाले प्रवेश गरेका हुन ।
नव प्रवेशिहरुलाई कैलाली क्षेत्र नम्बर २ प्रदेश शभा (ख) का उम्मेदवार डेजि पाण्डेले टीका लगाएर स्वागत गरे । नागरिक उन्मुक्ति पार्टी ,नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरि हेम बम नेतृत्वमा उनिहरु एमाले प्रवेश गरेका हुन ।
नव प्रबेशिहरुले अब आफुहरु एमाले जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन । उनिहरुलाई स्वागत गर्दै उम्मेदवार डेजि पाण्डेले आफू यश क्षेत्रको भएका कारण युवाहरु सबै एक जुट भएर लाग्न आग्रह गर्नु भयो ।
निर्वाचनको मिति नजिकिए संगै नेकपा एमालेले अहिले झपट रावल र डेजि पाण्डेलाई जिताउनु पर्ने भन्दै व्यापारीहरु संग मत मागेको छ ।
मङ्सिर ४ गते हुन गैइरहेको आम चुनावलाई लक्षित गरि नेकपा एमालेले आज बौनिया बजारमा स्थानिय ब्यापारी,व्यवसायी संग मत माग्दै सल्लाह सुझाव मागेको थियो ।
नेकपा एमालेका नेता कार्यकर्ता,शुभचिन्तक र उम्मेदवार सहितको टोलिले प्रचारप्रसार ,मतदाता भेटघाट र घरदैलो कार्यक्रममा आफ्ना उम्मेदवार लाई जिताउनु पर्ने भन्दै मत मागेको हो ।मंगलबार नेकपा एमालेका प्रदेश ख का उम्मेदवार डेजि पाण्डेले युवाहरुलाई स्वागत गर्दै आफुले जिते बजार क्षेत्रमा बिकासले फडको मार्ने बताए ।
नेकपा एमालेले यहाँको बिकास, समृद्धिका लागि नेकपा एमालेका प्रदेश (ख) का उम्मेदवार डेजि पाण्डे लाई भोटहाल्न अपिल गरेको छ ।