बौनिया । नेकपा (माओवादी) केन्द्रले २७ औ जनयुद्ध दिवस कैलालीको बर्दगोरियामा समेत मनाएको छ । नेकपा (माओवादी) केन्द्र बर्दगोरिया गाउँ कमिटीको आयोजनामा सोमबार २७ औं जनयुद्ध दिवश मनाइएको हो ।
दिवसका अवसरमा जनयुद्धकालिन समयमा भएका सहिद, घाइते तथा अपाङ्ग र वेपत्ता परिवारका आफन्तलाई सम्मान छ भने जनयुद्धमा सहिद भएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्गहरुको स्वास्थ्यलाभको कामना गरिएको थियो।
गाउँ कमिटी अध्यक्ष राम बहादुर साउदको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिका रूपमा सुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा (माओवादी) केन्द सुदूरपश्चिम प्रदेश सदस्य नन्द बहादुर साउद (राजेन्द्र) रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साउदले जनयुद्धका क्रममा सहिद बनेकाहरुको सपना अझै पूरा हुन नसकेको भन्दै आफ्नो पार्टीले नयाँ जनबादी क्रान्तिका बाँकी कार्यभार सम्हाल्नुपर्ने जिम्मेवारी आएको बताए । उहाँले नेपालमा गणतन्त्र स्थापना र लोकतान्त्रिक शासन ब्यवस्था कायम गर्न जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए। उनले अहिले संघीय शासन ब्यवस्था,धर्मनिरिक्षेपता र समावेशीता जनयुद्धको महत्वपूर्ण उपलब्ध भएको बताए ।
यसैगरी सुदुरपश्चिम प्रदेश कमिटि सदस्य गणेश राज गिरिले
जनयुद्धकै बलमा नेपालमा अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताए। उनले माओवादी जनयुद्धले नेपाली जनताको हकअधिकार प्राप्ति भएको उल्लेख गदै अझै जनयुद्धले परिकल्पना गरेको हक अघिकारको सुनिश्चिता हुन नसकेको भन्दै आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा माओवादी केन्द्रलाई स्थापित वनाउनुपर्ने बताए । माओवादी जनयुद्धकै कारण नेपालमा विस्तृत शान्ति सम्झौता र गणतान्त्रि शासन ब्यवस्था स्थापित भएको बताए। उबले जनयुद्ध जुन उद्येश्यका साथ सुरु भएको थियो, त्यो उद्येश्य पुरा नहुँदासम्म अन्तिमसम्म लागिपर्नका लागि प्रतिबद्ध हुन सबैलाई आग्रह गरे ।
एक अर्को प्रसङ्गमा गिरिले एमसीसी परियोजना नेपालको हितमा नरहेको दाबी गरे। उनले इन्डोप्यासेफिक सैन्य रणनीतिअनुसार विकासका नाममा नेपाललाई युद्धको संघारमा पुर्याउने परियोजनाले देशलाई बर्वादीको दिशातर्फ उन्मुख गराउने उल्लेख गरे।
कार्यक्रममा बर्दगोरियामा माओवादी केन्द्रबाट निर्बाचित स्थानीय जनप्रतिनिधि ,विभिन्न भातृ संगठनका पदाधिकारी लगाएतको उपस्थिति थियो ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो ।