बौनिया । बर्दगोरिया गाउँपालिकाको प्रमुख व्यापारी क्षेत्र बौनिया बजारमा ढल व्यवस्थापनको माग राखी सुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा (माओवादी) केन्द सुदूरपश्चिम प्रदेश सदस्य नन्द बहादुर साउद (राजेन्द्र)लाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार नेकपा माओवादी केन्द्र बर्दगोरियाले २७ औ जनयुद्ध दिवशको अबसरमा पारी आयोजना गरेको शुभकामना आदानप्रदान तथा सहिद ,घाइते तथा वेपत्ता परिवारलाई सम्मान कार्यक्रममा विशेष समय मागगरि बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बमले सांसद साउदलाई ज्ञापनपत्र बुझाएका हुन ।
पालिकाको प्रमुख व्यापारीक क्षेत्रका रूपमा रहेको बजार क्षेत्रमा ढल निकासीको समस्याका कारण खेप्नु परेको समस्यालाई मध्यनजर गरि यथासक्य रूपमा समाधानका लागि उचित पहल थालिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएको हो ।
ढल व्यवस्थापन नहुदा सिङ्गो बजारबासी तथा यहाँ पाल्ने उपभोक्ताहरुले वर्षौदेखि पीडा खेप्नुपरेको छ । पछिल्लो समय विकसित शहरका रूपमा रहेको बौनियाको मुख्य समस्याका रूपमा ढल निकास र यसको व्यवस्थापन देखिएको हुँदा यसको समाधानका लागि हामी पहल थालिदिन आग्रह गर्दछौ ज्ञापनपत्रमा भनिएको छ । निर्माणाधीन सेति लोकमार्गका कारण यहाँका थुप्रै व्यवसायी तथा स्थानीयको घर जग्गा समेत नासिने भएको छ त्यससँगै ढल निकासको व्यवस्थापन वर्षौसम्म हुन नसक्दा समस्या झन विकराल हुने देखिन्छ । हामी विकासका लागि सबैसंग हातेमालो गर्छौ, ढल व्यवस्थापन समाधान हुन्छ भने हाम्री आफ्नो व्यवसाय र घर जग्गा गुमायर भएपनि यसको समाधान दिगो रूपमा होस भन्ने चाहन्छौ ज्ञापनपत्रमा भनिएको छ ।
यसका साथै ज्ञापनपत्रमा ४ सय ५० जना स्थानीय र व्यापारीको हस्तान्तरण समेत छ । हामीले यहाको ढल निकासीको लागि पटकपटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदा समेत सुनुवाइ भएन । त्यसका लागि उचित पहल थाल्न प्रदेश साङ्सद साउदलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएका हौ, वौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष बमले भन्नुभयो । यसको लागि उचित पहलको अपेक्षा छ ।