बौनिया । नेकपा माओवादी केन्द्र कैलाली ,बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को सम्पर्क पार्टी कार्यालय उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच पार्टी प्रदेश कमिटि सदस्य तथा साङ्सद नन्द बहादुर साउद (राजेन्द्र) ले रिवन काटेर उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती रहेका साउदले पार्टीको सम्पर्क कार्यालय उद्घाटन संगै संगठन सुदृढीकरणमा जुट्न आग्रह गरे । उनले सम्पर्क कार्यालयबाट अब पार्टीका कामकाज र गतिविधि संचालनमा ठूलो सहयोग हुने बताए ।
सांसद साउँदले देश बचाउनको लागि माओवादीले चुनाव जित्नैपर्ने बताए । माओवादीले चुनाव नजित्ने हो भने जनयुद्धबाट प्राप्त परिवर्तन सबै गुम्ने र देशमा परिवर्तनकारी माथि घेराबन्दी हुने खतरा रहेकोले माओवादीले चुनाव जित्नैपर्ने साउँदले बताएकाहुन । चुनाब जित्नको लागि जनताको बीचमा गएर माओवादीले देश र जनताको लागि खेलेको भूमिकाको बारेमा जानकारी गराउनु पर्ने बताए ।
देश र जनताको पक्षमा बोल्ने एउटै मात्र पार्टी नेकपा (माओवादी) केन्द रहेको उनले दाबी गरे । यदी देशमा माओवादीले जनयुद्ध नगरेको भए परिवर्तन समभव थिएन । जनयुद्धकै कारण देशमा राजतन्त्रको अन्त्य, संविधान निमार्ण, संघीयता, धर्म निरपेक्षता, समावेशी र लोकतान्त्रिक गणतन्त्रको स्थापनाको भएको उनले बताए ।
अहिले पनि देश माओवादीकै एजेण्डामा चलेको छ । जनताको त्याग तपस्या र बलिदान बाट प्राप्त शासन व्यवस्थामा रजाई गर्ने उल्टै परिवर्तनका विरुद्ध बोल्नेलाई जनताले खबरदारी गर्नुपर्नेमा साउँले जोड दिए ।
यस्तै उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी प्रदेश कमिटी सदस्य गणेश राज गिरि, बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष राम बहादुर साउद, वरिष्ठ उपाध्यक्ष भेखु चौधरी, भगवती डगौरा थारु, लगाएका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।
बर्दगोरिया गाउँ पालिका वडा नम्बर २ पार्टी अध्यक्ष अमर सिह डगौरा थारु को अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश सुनारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम को संचालन लाल बहादुर चौधरी ले गरेक थिए ।