बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको एक सिङ्गो बस्ती विगत डेढ दसकदेखि अध्यारोमा छ । भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै बस्ने नागरिकको पीडा कुनै दुरदराजको भन्दा कम छैन । रोग,भोग र प्यासको अभावले जीवन बिताइरहेका छ्न, बर्दगोरियाको दानुफाटा शिविरमा बस्दै आएका नागरिक ।
यो बस्तीमा न राम्रो सडक बाटोको सुविधा छ । न खानेपानी, न त बिजुली बत्तिनै पुगेको छ । राज्यले विकास र समृद्धिको चर्को कुरा सुनाईरहदा ,नेताहरूले चिल्ला कुरा र आश्वासन बाडिरहदा यो शिविरमा बस्दै आएका नागरिक भने आधारभूत सेवा सुबिधाबाटै बन्चित छ्न । त्यो पनि विगत डेढ दसक भन्दा लामो समयदेखि ।
दानुफाटा शिविर मुक्त कमैयाको बस्ती हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाटा सामुदायिक वनको क्षेत्रमा यो शिविर बसेको वर्षौ भयो । क्षेत्रका हिसाबले वडा नम्बर ३ परेपनि उनीहरू भने आफुलाई वडा नम्बर ४ को बताउछ्न । वरिपरि सामुदायिक वन र नदी, सम्पत्तिको नाममा ४/५ कठ्ठा जमिन बाहेक अरु केही छैन । शिविरमा करिब ३५-४० घरपरिवार छ्न ।
दानुफाटा शिविरमा बस्दै आएका सुरज चौधरीले गाउँमा बिजुली आउँला र बालौँला भन्ने सपना देख्न थालेको पनि वर्षौ बर्ष भयो । तर गाउँमा कहिल्यै बिजुली आएन । १२ बर्षमा खोला पनि फर्केर आउछ भन्छन तर यहाँ भने आउछ भनेको बत्ति पनि आएन, चौधरी आफ्ना दुखेसो पोख्दै भन्छ्न- बिजुली बत्तिको अभावमा सिङ्गो बस्ती अध्यारोमा छ । शिविरमा बस्दाबस्दै हाम्रा बुढा पुराना सबै बितेर गए, अहिले जति छ्न सबै युवापिढी । बिगत सम्झिदै सुरज भन्छ्न – विकास र समृद्धिको बाटो कुर्दाकुर्दै आसै मरिसक्यो ।
स्थानीय तह निर्वाचनबाट नयाँ नेतृत्व पाएपछि यहाँका नागरिकमा पनि केही आशा पलाएको थियो । जनप्रतिनिधीले बिकाश हाम्रो सामाजिक, आर्थिक पाटोसँगै अगाडि बढाउछन सोचेका थियौ तर उनीहरूले समेत आश्वासन मात्रै दिए । शिविरमा बस्दै आएकी दीपा चौधरी भन्छ्न – बति बाल्न नपाएर अध्यारो मै बस्नु परेको छ । बिजुली बत्ती नभएपछि कुटानि पिसानि र मोबाइल चार्ज गर्नसमेत निकै अप्ठ्यारो छ । रातमा बाहिर निस्कन परे टर्च बाल्नुपर्छ , छोराछोरी पढाउन सकिँदैन । भएको सोलार पनि पानी परेको दिन काम गर्दैन । उनी भन्छ्न – शिविरका बालबालिका पढ्न नदि पारी खैरेनी पुग्नुपर्छ । वर्खामा वारि नै थुनिन्छ्न । गाउँमा कोही बिरामी परे लडियामा बोकेर बजार पुर्याउनु पर्ने बाध्यता छ ।
यो शिविरमा झन्डै ७० -८० जनाको बसोबास छ । दैनिक मजदुरी नगरी छाकटार्न मुस्किल पर्छ । शिविरमा शुद्ध खानेपानीको सुबिधा पनि छैन । बर्षौदेखि नलको आर्सेनिकयुक्त पानी पिउदै आएका छ्न उनीहरूले । यहाँका अधिकाङ्स पुरुष रोजगारीको लागि भारतका विभिन्न ठाउँमा छ्न । राज्यको उपस्थिति न्यून देखिन्छ । नेताहरु चुनावी समयमा मात्रै गाउँ पस्छ्न, ठुला आश्वासन समेत उनीहरूले दिए । शिविरमा बस्दै आएकाहरु भन्छ्न – हाम्रै भोटले कतिले चुनाव जिते तर त्यसपछि उनीहरूले वास्तै गरेन्न ।
बस्तीमा बिजुली बाल्नका लागि वडादेखि पालिकासम्म हामीले धायौ तर हाम्रो लागि कसैले सुनुवाइ गरेन,शिविरबासी भन्छ्न स्थानीय सरकार संग लक्षित वर्गको लागि लाखौ पैसा हुन्छ रे ? तर हामीलाई उपेक्षित बाहेक अरु भएन, अबको चुनाव अघि जसले गाउँमा बिजुलि ल्याउछ उसैलाई भोट दिने हो ।
उनीहरूका अनुसार वडा नम्बर ४ मा गयो बजेट नै छैन भन्छ, ३ नम्बरले पहिला बसाइँसराइ ल्याउ अनि हामी सेवासुबिधा दिन्छु भन्छ । स्थानीय सरकारको यही कुराले दुविधा मात्रै होइन, विकासबाट लखेटिएका छ्न दानुफाटाबासी । लौन सरकार सुनिदेउन है ?
भिडियो हेर्नुहोस ।