बौनिया । बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको आज पाचौ दिन अन्तर्गत दुईवटा खेलहुने भएका छ्न ।
आजको पहिलो खेलमा बिहान ९: ३० बजे आयाेजक नव बाल बाटिका विद्या मन्दिर बाैनिया र विद्या भूषण पब्लिक स्कुल माेहनपुर कैलाली बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
दिनको दाेस्राे खेलमा दिउँसो १:३० बजे लिटिल बुद्ध महेन्द्रनगर र सन्त निरंकारि आदर्श विद्या मन्दिर टिकापुर बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन ।
फाल्गुन १७ गतेबाट सुरु भएको प्रतियोगिता २५ गते सम्पन्न हुनेछ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरेर विभिन्न ८ निजी तथा सामुदायिक बिधालय हरुकाे सहभमगिता रहेकाे छ ।