धनगढी । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटि सो डान्स च्याम्पियनमा बर्दगोरियाकी चेली ,सुदूरपश्चिमकी सान सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् । शो बिहिबार र शुक्रबार राती ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो मानिने उक्त च्याम्पियनमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको फाइनलमा पुगेकी हुन् । सुनिता नै डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी हुन । सुनिता सुबर्शिकाको ग्रुपबाट फाइनलमा डान्सको उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन् ।
सुनिताको ग्रुपमा वर्षा फुयाल र रोशीका रावतले साथ दिदै आएकी छन । कैलालीबाट तीन जनाको ग्रुपबाट डान्स च्याम्पियनमा सहभागी भएकी सुनिता मेघा अडिसनमा अन्य दुई प्रतिस्पर्धी सोमा नआएपछी सुरुको एपिसोडमा एकलै प्रस्तुति दिएकी सुनितापछि सुबर्शिका सुनिता पोख्रेल, वर्षा फुयाल र रोशीका रावतले प्रस्तुति दिदै आएकी छन् । उनीहरुको ग्रुपले उत्कृष्ट ५ सम्मका एपिसोडमा उत्कृष्ट प्रस्तुति दिदै आएका छन् ।