बौनिया । बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको पाचौं दिनको खेलमा बालबाटिका र विजयी भएका छन ।
आजको पहिलो खेलमा आयाेजक बालबाटिकाले बिधा भूषण पब्लिक स्कुललाई ७५ रनले हराउदा दिनको दाेस्राे खेलमा सन्त निरंकारिले लिटिल बुद्ध महेन्द्रनगर लाई रनले पराजित गर्यो । मुडाबजार स्थित खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बालबाटिकाले दिएको १ सय ७९ रनको लक्ष्य पक्षायकाे बिधा भूषण १३.४ ओभरमा १०३ रनमा अल आउट हुदै ७५ रनको हार व्यहोर्न पुग्याे ।
बालबाटिकाको ब्याटिङमा वासिर अहमदले ५५ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाउदा दिपक बाेहराले ३० रनको याेगदान गरेका थिय । बलिङ तर्फ बिधा भुषणका नारायण जाेशि र बिरेन्द्र नाथले समान २/२ बिकेट लिए । १सय ७९ रनको लक्ष्य पक्षायकाे बिधा भुषण १३.४ ओभरमा १०३ रनमा समेटिदा शेर मल्लले ३६ रन बनाउदा अन्य खेलाडिकाे प्रदशन सम्झन लायक रहेन । बलिङतर्फ बाल बाटिकाका वासिर अहमदले ४ विकेट लिदा सुबाेध ऐर र लक्ष्मण बि.कले समान २/२ विकेट लियका थिय । खेलको प्लेयर अफ द म्याच बाल बाटिकाकका वासिर अहमद घाेशीत भए ।
दिनको दोश्रो खेलमा सन्त निरंकारि टिकापुरले लिटिल बुद्ध महेन्द्रनगरलाई ३ रनले पराजित गर्दै जित दर्ता गरेकाे हाे । सन्त निरंकारिले दिएको १५४ रनको विजयी लक्ष्य पक्षायकाे लिटिल बुद्धले २० ओभरमा ७ बिकेट गुमाउँदै १५० रन मात्र बनाउदा ३ रनको हार ब्यहाेर्न पुगेको हाे । सन्त निरंकारिका सागर कुवरले ४० रन बनाउदा सागर कुमार रावल र पारस कडायतले समान २३/२३ रनको याेगदान गरेका थिय ।
बलिङतर्फ लिटिल बुद्धका अभिषेक थापाले ३ विकेट लियका थिय । लिटिल बुद्धका लागि ब्याटिङमा सुशील खड्काले ४९ रन बनाउदा हेमन्त धामीले २९ र अभिषेक थापाले २६ रनको याेगदान गरेका थिय । बलिङतर्फ सन्त निरंकारिका अभि बस्यालले २ विकेट लियका थिय । उत्त खेलमा सन्त निरंकारि टिकापुर अभि बस्यल म्यान अफ द म्याच घाेषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल संचालन हुनेछन्।