बौनिया । कैलालीको बर्दगोरिया ४ स्थित मुडा खेल मैदानमा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत आज (सोमबार ) देखि सेमिफाइनलका खेलहरु शुरु हुनेभएका छ्न ।
प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलको एउटा् एक खेल संचालन हुने आयोजकले जनाएको छ । आयोजक विद्यालयका अनुसार पहिलो सेमिफाइनल खेल समूह (बि) को बिजेता गुरुकुल मेडियम स्कुल र समूह (ए) को उप-बिजेता लिटिल बुद्ध महेन्द्रनगर बिच प्रतिस्पर्धा हुने छ ।
यसैगरी अर्को सेमिफाइनल खेल मंगलबार आयोजक बालबाटिका र समूह (बि) को-उप बिजेता कर्णाली मावि टिकापुर बिच प्रतिस्पर्धा हुने खेल संयोजक प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन । फागुन १७ गते बाट संचालन भएको प्रतियोगिता फागुन २५ गते समापन हुने छ ।