बौनिया । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कैलालिको बर्दगोरिया गाउँपालिकाको अध्यक्षका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट नवीन जोशी र उपाध्यक्षमा कर्मा देवि सिंहले उम्मेदवारी दर्ता गराएका छन।
आइतबार उनीहरूले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गराएका हुन । ६ वटा वडा रहेका पालिकाको सबै वर्डा सहित राप्रपा बाट ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन।
अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जोशी पेशाले कृषक हुन। उनीसित देश बिदेशको अनुभव र ग्यान र क्षमता छ । बर्दगोरिया २ का जोशी भैंसी पालन र तरकारी खेती व्याबसायमा आवद्ध छ्न । उनी यसअघि रोजगारको शिलसिलामा इजरायलमा काम गरेको ज्ञान र अनुभव छ ।
यसैगरी बर्दगोरियामा राप्रपा बाटै उपाध्यक्षमा उम्मेदवारी दिएकी कर्मा देबि सिहं पेशाले स्वास्थ्यकर्मी हुन । यही पेशाबाट उनी परिचीत छ्न । स्वास्थ्यकर्मबाटै आफ्नो अब्बल बनाएकी सिंहको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चर्चा चुलिन थालेको छ ।
देशभक्तीपुर्ण एजेन्डा ,राष्ट्रप्रतिको माया बोकेका कारण पनि पछिल्लो समय राप्रपाको हलोमा सबौको मन लोभिएको पाइन्छ ।