बौनिया । यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नृप साउदले स्वतन्त्र उम्मेदवारी दिएका छ्न । साउदले आइतबार बर्दगोरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगि वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
हालसम्म कुनै पनि राजनीतिक दल निकट नभएको बताउने साउद खेलकुदका माध्यमबाट युवाहरूको माझमा निकै लोकपि्रय छ्न ।
सुरुमा हामीले पनि नेतृत्व गर्न सकौला र भन्ने लाग्थ्यो साउद भन्छ्न पालिकाका विभिन्न पदमा बसेकाहरूको काम गर्ने शैली देख्दा व्यापक अनियमितता, आफन्तबाट र निहित स्वार्थ बाहेक अरु केही नभेटेपछि जनताको माझमा जाने बिचार गरेको बताउछ्न । म एक युवा पुस्ता भएको हुदापनि काम गर्न सक्षम छु,आम नागरिकका साझा समस्या बुझेको छु ,त्यसैले ती समस्या समाधानका लागि नेतृत्व पङ्त्तिमा पुग्ने अठोट गरेको उनी बताउछ्न ।
२८ वर्षीय साउद स्थानीय सडकपुर युवा क्लवका उपाध्यक्ष समेत हुन । राजनीतिक दलहरूको झोला बोक्दै उनीहरूको स्वार्थ पुरा गर्न टायर बाल्ने देखी ढुङ्गा मुडा गर्ने कामहरूमा प्रयोग हुने युवा शक्तिले अव भने सचेत बन्दै आफै नेतृत्वमा आउनु पर्ने उनको भनाई छ । खेलकुद तथा विभिन्न सामाजिक कामहरूमा सक्रिय देखिने उनी युवा पुस्ताका प्रिय पात्र हुन ।