बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा खेतमा चर्दै गरेका ८ ओटा बाख्राको मृत्यु भएको छ । बर्दगोरिया ४ निवासी पार्वती साउदले पालेका ८ ओटा बाख्राको आइतबार अपह्रान्न्न चर्दै गर्दा मरेका हुन ।
साउदले पार्वती पशुपन्छी फाम संचालन गरि व्यवसायीक रूपमा बाख्रा पालन गर्दै आएकी छ्न । बर्दगोरिया ४ मा आफ्नो जग्गा अपुग हुँदा उनले बास्कोटीमा जग्गा भाडामा लियर खोर संचालनको तयारी गरेकी थिइन । तर आइतबार खेतमा चर्दै गरेको अबस्थामा छट्पटीदै उनले पालेका तीन खसी, बिजार जातको एक बोका,र ४ माउ बाख्रा मरेका हुन ।
बाख्रा के कारणले मरे भन्ने बारेमा थाहा नभएको पार्वतीले बताइन् । तर एकैपटक ८ ओटा बाख्रा मरेपछि करिब २ लाख बढीको क्षती भएको उनले बताइन्न । उनले भनिन हामीले केही दिन अगाडि मात्रै जग्गा भाडामा लियर खोर व्यवस्थापनको काम थालेका थियौ, तर आजै ८ ओटा बाख्रा सामुहिक मरे, अब साना पाठासहित १२ ओटा मात्रै जिबित छ्न ।
घटनास्थ्लमा प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलि पुगेर मुचुल्का उठाएको छ ।