बौनिया । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कैलालिको बर्दगोरिया गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट कर्ण कुवर र उपाध्यक्षमा इन्दु कठरियाले उम्मेदवारी दर्ता गराएका छन।
सोमबार उनीहरूले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गराएका हुन । ६ वटा वडा रहेका पालिकाको सबै वडामा एमालेले एक्लै चुनावी प्रतिस्पर्धा गरेको हो ।
यसैगरी वडा नम्बर १ को अध्यक्षमा मिथुन गौतम ,२ मा गोविन्द बिक, ३ मा कोकिला खत्री ,४ मा पुरन सिंह बीसी, ५ शालिमान बोहोरा ६ मा मिनराज कठरिया सहित वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएका छ्न ।