बौनिया । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कैलालिको बर्दगोरिया गाउँपालिकामा साझा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले उपाध्यक्षसहित ५ ओटा वडामा उम्मेदवारी दर्ता गराएको छ ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगि उपाध्यक्षमा गणेश राज गिरि (लालदिप) सहित वडा नम्बर १ को अध्यक्षका लागि रामकुमार चौधरी ,२ मा भेखु चौधरी ,३ मा मनऋषि आचार्य ,४ मा टेक बहादुर कामी र ६ मा रामकृष्ण डगौरा थारु ( रन्जित ) ले उम्मेदवारी दर्ता गराएका छ्न ।
वडा नम्बर ५ मा गठबन्धनका बिच माओवादीले उम्मेदवारी दर्ता गराएको छैन । गठबन्धनमा माओवादी केन्द्रका भागमा परेका २,४,६ नम्बर वडा हुन भने वडा नम्बर १ र ३ मा यसअघि एमालेले जितेका वडा भएका कारण तिनदलको भागबन्डामा कुरा सहमति हुन नसकेपछि माओवादी केन्द्रले ती वडामा उम्मेदवारी दर्ता गराएको हो ।
यद्यपि १ नम्बर एकीकृत समाजवादीको भागमा र ३ र ५ नेपाली काङ्ग्रेसको भागमा परेका कारण अहिलेलाई उम्मेदवारी दर्ता गरिएपनि गठबन्धनको बैठक बसी आपसी सहमति जुटायर वडा नम्बर १ र ३ बाट उम्मेदवारी फिर्ता हुन सक्ने साझा गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार गणेश राज गिरिले बताए ।