बौनिया । रामकृष्ण डगौरा थारु (रन्जित ) बर्दगोरिया ६ का निवर्तमान वडा अध्यक्ष हुन । गत स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । आफ्नो झन्डै ५ वर्षिय कार्यकालमा उनले ६ नम्बर वडालाई बर्दगोरियाकै नमूना वडाका रूपमा विकास गरे भन्दा फरक नपर्ला । नागरिकले चाहेका आधारभुत विकास र समृद्धिको खाकाबाटै उनले बर्दगोरिया ६ लाई अब्बल्ल बनाए । वडामा शिक्षा ,स्वास्थ्य ,खानेपानी ,पुर्वाधार देखि सास्कृतिक क्षेत्रको विकासमा समेत उनको ठूलो योगदान रहयो । विशेष गरि लक्षित समुदायको आयआर्जन ,किसानहरुको व्यवसायीकता ,सडक स्त्तोरन्नती सम्म उनले गरेका छ्न ।
रन्जितले गरेका हरेक कामको सिङ्गो बर्दगोरियाबासीले सम्मान समेत गर्छ्न । रन्जित पुर्व माओवादी लडाकु समेत हुन । तत्कालीन जनयुद्धमा झन्डै १०/१२ वर्ष उनलेे शैन्य जीवन समेत बिताए । यसैकारण पनि रन्जित भित्रको कुशलता ,क्षमता र अनुशासनको दायरा अझ फरक छ । वडाको जनप्रतिनिधि चुनिएदेखि यता उनी विवादरहित वडा अध्यक्ष बनेका छ्न । सबैसँग सालिन र नम्र स्वभावले बोल्ने रन्जित वडा अध्यक्षको कार्यभार सम्हालेको यो झन्डै ५ वर्षको दौरानमा बिरामी हुँदा बाहेक कहिल्यै आफ्नो कार्यकक्ष छोडेन्न । जहिले उनी नागरिकको सेवामा सम्रपित बनिरहे, यसैले पनि उनको चर्चा अझबढी पालिका बासीले गर्नेगर्छ्न ।
६ नम्बर वडामा रन्जितले विकास निर्माणमा विशेष जोड दिँदै युवाहरूलाई स्वरोजगार मुलक कार्यक्रम ,अनुदान ,किसानलाई व्यवसायिक बनाउन पनि विशेष काम गरेका छ्न । लक्षित समुदायका नागरिकलाई अगाडि बड्गाउन, उनीहरुको नेतृत्व र क्षमता विकासका लागि समेत रन्जितले ठुलो योगदान पुराएको पाइन्छ ।
सामुदायिक भवन, सार्वजनिक शौचालय ,खानेपानी , वडाको भवन, सीसी टिभी, मठ मन्दिर ,वडा मै पशु र कृषि शाखाको इकाई, स्वास्थ्यचौकीमा नयाँ भवन, सवै बाटो ग्राभेलिङको काम रन्जितले यो ५ वर्षको कार्यकालमा गरेको देख्न पाइन्छ ।
कुनै पनि काम गर्दा चुनौती आउँछ । तर त्यो चुनौतीलाई चिरफार गरेर अगाडि बढ्नु पर्छ रन्जित भन्छ्न, जीवनभर राजनीति गर्ने आफ्नो जीवनको संघर्ष हो भन्ने ठानेको छु । रानीतिक जीवनलाई जनताको सेवा गर्न रोजेको हुँ । त्यसैले यो विषयलाई म ठूलो चुनौती ठान्दिन । तर काम गर्दै जाँदा जस्तोसुकै चुनौती आएपनि त्यसलाई सहजरुपमा स्विकार गर्छु ।
फेरि वडाको अध्यक्षका लागि चुनावी मैदानमा
यतिबेला देश स्थानीय तहको निर्वाचनमा केन्द्रित छ । यहि वैशाख ३० मा हुने निर्वाचनका लागि रन्जित बर्दगोरिया ६ को वडा अध्यक्षका लागि पुनः चुनावी मैदानमा छ्न । वडाको विकास बाटै बर्दगोरियामा उनको चर्चा पालिकाको अध्यक्षको पदमा चुलिएको थियो । तर पार्टीले उनलाई पुनः वडा मै दोहोर्याउने जिम्मेवारी दियो ,र सोही अनुरुप उनी नेकपा माओवादी केन्द्रबाट ६ नम्बर वडा अध्यक्षमा चुनाव लड्दैछ्न ।रन्जित भन्छ्न, मैले आफ्नो ५ वर्षिय कार्यकालमा केकती गरे सबै नागरिकलाई थाहा नै छ । अझै बाकी रहेका र अधुरा कामहरू पुरागर्ने सङ्कल सहित जनताको माझमा आएको छु, आशा छ पुनः चुनाव जित्नेछु ।
सबैका लागि समान समृद्धि एकैपटक हुँदैन, तर समान अवसर हुनुपर्छ । रन्जित भन्छ्न विकास र समृद्धिको मात्रै होइन, दिगो समृद्धिको कुरा गर्दा यसको जग बलियो बनाउन सबैको ध्यान जानुपर्छ । सबैको साथ र सहयोग हुनुपर्छ ।
म जनताको सामु ठुलाठुला एजेन्डा र नारालियर जादैन, भ्रमको राजनीति गरेर र भाषण गरेर जनतालाई वाक्क पार्दैन । तर जनताको माझमा रहेका साझा समस्या समाधान गर्ने प्रण चाहिँ गरेको छु । एउटा जनप्रतिनिधिले आफ्नो शक्तिशाली र व्यवहारिक दर्शन, योजना, कार्ययोजना र नीतिहरुको कार्यान्वयनले आम नागरिकको मुहार फेर्न सक्छ र छोटो समयमै धेरै कामहरु गर्नु सकिन्छ भन्ने कुरा सबै वडाबासीलाई विश्वास र भरोसा दिलाइसकेको छु । त्यसैले पनि वडाबासीले फेरि मलाई जिताउने कुरामा दुईमत छैन ।
जनताले केही छिटपुट कामहरुप्रति असहमति, गुनासा र तिक्तता पोख्न सक्छन् । त्यस्ता विवादित कदमहरुलाई तुरुन्त सच्याई जनअपेक्षित बनाउनुपर्छ भन्ने मेरो भनाई हो । त्यसैले पनि सबैको सुझाव सल्लाह अनुसार नै मैले काम गर्दै आएको छु । रन्जित भन्छन् विकासका लागि प्राथमिकताका आधारमा, कृषि, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत विषयलाई प्राथमिकीकरण र सडक पिच ,गरिब तथा विपन्न बर्गको उत्थान र् हितमा अझै धेरै काम गर्न बाकी छ । बेरोजगार युवायुवतीलाई स्वरोजगारको कार्यक्रम गर्न बाकिनै छ्न । अब चुनाव जितेर आएपछि यी सबै अधुरा काम पूरा गर्नेछु ।