बौनिया । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षका लागि दुईजना स्वतन्त्रसहित ८ जना र उपाध्यक्ष पदका लागि पाँचजना उम्मेदवार चुनावी मैदानमा भिड्ने भएका छ्न ।
पालिकाको अध्यक्षमा नेकपा एमालेबाट कर्ण बहादुर कुवर, नेपाली काङ्ग्रेसबाट शेर बहादुर कठरिया, नागरिक उन्मुक्तिबाट भजनलाल कठरिया, राप्रपा बाट नवीन जोशी, राष्ट्रिय जनमोर्चाबाट रुपा आले मगर ,नेपाल मजदुर किसान पार्टीबाट शुर्य बहादुर शाही चुनावी मैदानमा छन ।
यसैगरी स्वतन्त्रबाट जनक बहादुर शाही र बिनय मल्ल चुनावी प्रतिस्पर्धामा होमिएका छ्न ।
यसैगरी उपाध्यक्षमा पाँच जना चुनावी प्रतिस्पर्धामा छ्न । नेकपा एमाले बाट इन्दु कुमारी चौधरी ,साझा गठबन्धनबाट गणेश राज गिरि, राप्रपा बाट कर्मा देवि सिंह ,नागरिक उन्मुक्तिबाट शारदा मल्ल, नेपाल मजदुर किसान पार्टी बाट जौमती न्यौपाने भिड्ने निर्वाचन अधिकृतको कार्यालय बर्दगोरियाले जनाएको छ ।
उल्लेखित उम्मेदवार विरुद्ध मंगलबार कुनै दावी बिरोध समेत नपरेको कार्यालयले जनाएको छ ।