बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवामा रहेको न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष कर्ण सुनार प्रमुख अतिथि रहेका थिए । यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका न्यायपालिका सदस्य टंकराज ओली र कार्यपालिका सदस्य कोकिला खत्री रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य वीर वहादुर बौडेल, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष नवराज टमट्टा, जगदम्बिके भगवती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष आत्माराम रिजाल, नेपाली कांग्रेसका वडा नं ३ का पाटी सभापति नन्दराम विष्ट,के.के. युवा क्लवका उपाध्यक्ष डम्मर जोसी, लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मनऋषि आचार्य, लेखा समितिका संयोजक बसन्त ओली, राधा कृष्ण मन्दिरका पूजारी आत्मा प्रसाद उपाध्याय र भल्भान्सा सन्जु चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को कुल २ लाख १ हजार २ सय २१ रुपैयाँ आयब्यय अनुमोदन गरिएको छ । यस्तै वर्षभरी नियमित विद्युत महसुस बुझाउने ग्राहकलाई सीएफएल चिम वितरण गर्ने व्यवस्था मिलाइएको थियो तर कोरोना भाइरसका कारण वितरण गर्न आर्थीक अभावका कारण वितरण गर्न नसकिएको संस्थाले जनाएको छ ।
संस्थाका कोषाध्यक्ष जमुना नेपालीले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन उपभोक्ता तथा के.के युवा क्लवका अध्यक्ष शिखर बिश्वकर्माले गरेका थिए । संस्थामा अहिले सम्म ३३२ उपभोक्ता रहेका छन् ।