बौनिया । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रथम अधिवेशन शनिबार बौनियामा सम्पन्न भएको छ । अधिवेशनबाट दिपक गौतमको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
हेमन्त जैशीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य साबित्रा सापकोटा, युवा संघका केन्द्रीय सदस्य बिनय शाह , युवा संघ जिल्ला इन्चार्ज अरुण कुवर, जिल्ला कमिटी सदस्य जयरुप खतिवडा,पदमपूरा साउद ,गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती ,नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष प्रभुनाथ जोशी ,नेपाल उत्पीडित जातिय मुक्ति समाज बर्दगोरियाका सचिव लालसिह बिक लगायत शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण कुवरले पार्टी नेता र पार्टी कार्यकर्ताहरुले आत्म समिक्षा गर्दै पार्टीलाई एक ढीक्का बनाइ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।उहाँले गुटबन्दी पार्टीका लागि घातक भएको हुदा गुटबन्दी त्यागेर पार्टी निर्माणकार्यमा जुट्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन मिलन ओलीले गर्नु भएको थियो।