कैलाली । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
२०७८ फागुन ०२ गते (सोमबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७८ फागुन ०३ गते (मंगलबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको तराई भू-भागका केही स्थानमा हुसु/कुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।