घर भत्किँदा एक बालिकाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।
घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । रासस
१७ वर्षीया किशोरी बलात्कृत
दाङ । दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उत्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इस्लामाबाद – पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।
उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।
‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।
अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए ।
ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।
सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए ।
एजेन्सी
बर्दगोरिया एकता युवा क्लब ; सामाजिक रुपान्तरणदेखि चोरी तस्करी नियन्त्रणमा सक्रिय बन्दै
बर्दगोरिया । स्थापनाको छोटो समयमै बर्दगोरिया एकता युवा क्लब समुदायको विकास र सचेतिकरणमा अब्बल बन्दै गएको छ । क्ल्वले पछिल्लो समय समाजमा लागू औसध दुर्व्यसनी नियन्त्रण ,चोरी तस्करी नियन्त्रण सङ्गै समाज सुधारको काममा सक्रियता देखाएको छ ।
यसअघि युवा पुस्ताहरुलाई सामाजिक रुपान्तरणका क्षेत्रमा लाग्न प्रेरित गर्दै आएको कल्व हिजोआज सामुदायिक वनको संरक्षण, पर्वदन र चोरी तस्करी नियन्त्रणमा समेत आफ्नो सक्रियता बाक्लो बनाएको छ ।
बिहिवार मात्रै बर्दगोरिया पालिका १ कट्टीपुरबाट ६ वटा सालका काचो गोलिया सोही क्लबले बरामत गरिएको छ । क्लबका अध्यक्ष कमल बिष्टको अगुवाईमा बैलगाडा सहित ६ ओटा गोलिया बरामत गरेको हो ।
बरामत गरिएको बैलगाडा सहित ६ ओटा गोलिया सव डिभिजन वन कार्यलय बौनिया र ईलाका प्रहरी कार्यलय बौनियालाइ जिम्मा लगाइएको क्लबले जनाएको छ ।
शुक्रबार बिहान करिब ६ बजे जङ्गल बाट बर्दगोरिया ६ बिशाल नगरतर्फ लैजादै गर्दा ३४ क्युफिटका गोलिया नियन्त्रणमा लिए पनि तस्करहरु भने फरार रहेको सव डिभिजन वन कार्यलय बौनियाले जानकारी दिएको छ । फरार भएकाहरुको खोजिकार्य भइरहेको छ । बिगत लामो समय देखि बर्दगोरिया गाउँपालिकाका विभिन्न क्षेत्र बाट काठ तस्करी हुँदै आएको छ ।
यसअघि युवाहरूको नेतृत्वमा गठित वडा नम्बर १ मा रहेको बर्दगोरिया युवा कल्वले पछिल्लो समय समाज व्याप्त सामाजिक विकृति र विसङ्गती विरुद्ध सामाजिक सचेतना जगाउने उदेश्यका साथ समाज सुधारको अभियान थालेको थियो । अभियान अन्तर्गत विभिन्न विद्यालयमा लागू औषध दुर्व्यसनी न्यूनीकरणका बारेमा विद्यार्थीलाई सचेतिकरण समेत क्लबले गरेको थियो ।
यस्तै स्थानीय राजकुला सामुदायिक वनमा हुने अतिक्रम ,चोरी तस्करी र यसको नियन्त्रण र सुरक्षामा समेत क्लबले गम्भीरतापर्ूवक आफ्नो सक्रियता देखाउदै आएको छ । सोही अनुरुप सामुदायिक वनमा छोडेका बाख्रा समेत पक्राउ गरि समितिको जिम्मा लगाउने काम समेत कल्बले गर्दै आएको छ ।
काठमाडौं । एकजना सुब्बा सरहका कर्मचारीले ४ वर्षको जागिर अवधिमा गैरकानुनीरूपमा ६ करोडभन्दा बढी कमाइ गरेको ठहर गर्दै अीख्तायारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।
भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाइ देखिएको अख्तियारले जनाएको छ । सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले गैरकानुनी सम्पति जफतको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।
आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।
‘निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६.०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२.५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु। २६,६१,६३६.०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने रु। ६,२४,०४,००६.४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा‘आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ‘, अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
१ अर्ब २ करोड मूल्य बराबरको हेरोइनसहित सात पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ । प्रहरीले पछिल्लो साता चरणबद्ध सर्च अपरेसनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ परेका ७ जना व्यक्ति आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको पत्रकार सम्मेलनमा जानरकाी दिइयो ।
ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पक्राउ परेका सबै दक्षिण अफ्रिकाका नागरिक हुन् ।बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको जनाइएको छ । बरामद गरिएको सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।
पक्राउ पर्नेमा २९ देखि ४७ वर्षकी महिला छन्। यी महिलाहरु ६ वटा समूहबाट संचालित भएको प्रहरी अनुसन्धानका खुलेको छ। ती समूह संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् । अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने तयारीमा थिए । काठमाडौंको ठमेल र त्यसको वरपर गरिसएको एक हप्ता लामो अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन्
ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो । पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ल अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भिया गाउँमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छ्न । मृत भेटिएका व्यक्ति थारु समुदायका हुन ।
अन्दाजी ४०- ४५ वर्षिय पुरुष बुधबार दिउँसो मृत् अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।
बर्दगोरिया २ स्थित सहारा घर जाने बाटो नजिकै एक स्थानीयको घर पछाडि ती व्यक्ति मृत अबस्थामा भेटिएका हुन । प्रहरीका अनुसार मृत भेटिएका ती ब्यक्तिको पहिचान हुन बाकी छ । अहिले घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिरहेको छ ।
गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावारमा पाण्डेसहितले हानी नोक्सानी पुर्याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ ।
पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् । “वन पैदावारमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्” कार्यालयका सूचना अधिकृत महेश पौडेलले भन्नुभयो।
सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसक्नुभएको छ । उहाँ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । ढकालले दिएको बयानका आधारमा गाउँपालिकाका पूर्व अध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो ।
सूचना अधिकृत पौडेलले भन्नुभएको छ, “हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदालतमा मुद्दा दर्ता गर्छौँ ।”
बर्दगोरिया ३ मा बालविवाह बढ्दो,उमेर नपुगि बिहे गर्नेमा किशोरीको सङ्ख्या बढी
बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिकामा बालबिवाह गर्नेको संख्या वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । पालिकामा बालबिवाह न्युनिकरणमा सरकारी तथा गैरसरकारी निकायबाट धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ ।
पछिल्लो ५ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । पालिकामा बालविवाह विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था दलित महिला अधिकार मञ्चको तथ्यांकअनुसार पछिल्लो ५ वर्षको अवधिमा पालिकाको सबैभन्दा बढी बालविवाह वडा नम्बर ३ मा भएको पाइएको छ ।
तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा बर्दगोरिया ३ मा मात्रै ९६ जनाले बालविवाह गरेको उल्लेख छ । बालविवाह गर्नेमा किशोरको सङ्ख्या भब्दा दोब्बर बढी किशोरी छ्न । मञ्चले २०७४ सालदेखि यता गरेको अध्ययन प्रतिबेदनअनुसार यो अबधिमा ७० किशोरी र २७ किशोरले उमेर नपुग्दै बिबाह गरेको पाइएको हो ।
बालविवाह गर्नु सामाजिक तथा कानुनी अपराध भएताभनि बर्दगोरिया ३ मा भने अन्य वडाको तुलनामा बालविवाह बढ्दै गएको पाइएको छ । बर्दगोरिया ३ मा २०७४ मा ५ किशोरी ,३ किशोर ,२०७५ मा ४ किशोरी ,३ किशोर ,२०७६ मा १७ किशोरी ,५ किशोर ,२०७७ मा १७ किशोरी ,६ किशोर ,२०७८ सालमा २७ किशोरी र १२ किशोरले उमेर नपुग्दै बिवाह गरेको पाइएको छ ।
उमेर नपुग्दै बिबाह गर्नेमा १३ देखि १५ वर्ष उमेर समुहका ८ किशोरी ,२ किशोर, १६ देखि १८ वर्ष उमेर समुहक ५० किशोरी ,१६ किशोर ,१९ देखि २० वर्षभित्रका १२ किशोरी र ८ किशोर गरि ९६ जनाले बालविवाह गरेको मञ्चको तथ्यांकमा उल्लेख छ ।
बालविवाह गर्नेमा यो ५ वर्षको अवधिमा ५ जनाले मागी बिबाह, ८८ जनाले प्रेम बिवाह र १ जनाले भागी बिहे गरेको उल्लेख छ । समुदायगत हिसाबमा भने सबैभन्दा बढी दलित समुदायका ५१ प्रतिशत किशोर किशोरीले बालविवाह गरेका छ्न । यस्तै ३३ प्रतिशत ब्राह्मण ,क्षेत्री,१२ प्रतिशत जनजाति र ४ प्रतिशत थारु समुदायका बालबालिकाले बालविवाह गरेको उल्लेख छ ।
मञ्चको किशोरी सशक्तीकरण परियोजना अन्तर्गत यो तथ्यांक संकलन गरिएको थियो । आइतबार बालविवाह न्यूनीकरणका सन्दर्भमा मञ्चले बर्दगोरियामा सामुदायिक सरोकारवाला निकायसंगको अंतरक्रीया कार्यक्रममा परियोजनाकि कोडिनेटर भगवती चौधरीले यो तथ्यांक प्रस्तुत गरेकी हुन ।
सो क्रममा उनले परिपक्व नभएर गरेको विवाहले पढाईमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा अनेक प्रतिकुलता ल्याएको उल्लेख गरिन । सानै उमेरमा विवाह गरेका बालबालिकाहरू शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनिहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै जाने गरेको पाइएको बताईन ।
चौधरीले भनिन, बालविवाह आफैँमा एउटा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारण समेत बालविवाह बनेको छ । अर्कोतिर गरिबी ,पारिवारिक प्रेसर समेत बालविवाहको कारक देखिएको पाइएको उनले बताईन ।
दलित महिला अधिकार मञ्च ,धनगढी कैलालीकि अध्यक्ष सावित्रा घिमिरेका अनुसार सानै उमेरमा विवाह गर्दा उनीहरू सानैमा गर्भवती हुने र स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एक अर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने स्थिति समेत आउने गरेको पाइएको छ । उनका अनुसार परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिवीका कारण बालविवाह बढिरहेको छ ।
यता सरोकारवाला निकायले बर्दगोरियालाई बालविवाह मुक्त पालिका घोषणा गर्नेगरी अभियान संचालन गरिरहेका बेला बढ्दो बालविवाहका घटनाले अभियान माथिनै प्रश्न उब्जाउएको छ ।
स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
दार्चुलामा एक पुरुष मृत भेटिए
धनगढी । दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका(६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।महाकाली लोकमार्गको गोकुलेश्वर – खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार मृतावस्थामा स्थानीयबासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएमृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ