पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै
काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । सो चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।
उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन्थे ।
यस पटक निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको हो । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ ।
कोहलपुरमा देखिएन बन्दको खासै प्रभाव
कोहलपुर। बाँकेको कोहलपुरमा नेपाल बन्दको सामान्य प्रभाव परेको छ । विप्लव सहितका ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव कोहलपुरमा खासै नपरेको हो ।
कोहलपुरमा नियमित छोटो दुरीका सार्वजनिक सवारीसाधन पूर्ण रुपमा बन्द रहेपनि लामोदुरीका सवारीसाधनहरू कोहलपुर हुँदै आफ्नो गन्तव्यतर्फ चलिरहेका छन् । पसल व्यवसायहरू छिटफुट खुलेका छन् भने अटोरिक्सा, मोटरसाइकल लगाएतका निजी सवारीसाधन निर्वाधरुपमा चलिरहेको देख्न सकिन्छ ।
नेपाल बन्दको प्रभाव देशका केही स्थानमा परेको छ । कैलालीमा शंकास्पद वस्तु भेटिएको छ भने काठमाडौं लगायत केही स्थानमा सवारीसाधन तोडफोड र दाङमा टिप्परमा आगजनी भएको खबर बाहिरिएपनि कोहलपुरको सडकमा भने बन्दकर्ता देखिएका छैनन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ४ वटा पार्टीले संयुक्त विज्ञप्ति निकालेर नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन, नेताकार्यकर्ताको रिहाई गर्न र विप्लव लगायतका नेताहरूको पक्राऊपूर्जी खारेज गर्न, एमसीसी सम्झौता र एसपिपि परियोजना तत्काल खारेज गर्न, भ्रष्टाचार रोक्न र मूल्यवृद्धि नियन्त्रण गर्न साथै राष्ट्रहित विपरितका असमान सन्धि सम्झौता खारेज गर्न लगायतका माग राखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज भाद्र ७ गतेका लागि घोषणा गरिएको नेपाल बन्दको प्रभाव छिटफुट बाहेक देशैभर सामान्य रहेको छ ।
माओवादी केन्द्रको ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम, सुदुरपश्चिममा कहिले ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राख्ने भएको छ ।
शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ ।
७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताए ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
बर्दगोरिया कैलाली । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका कार्यकर्ता प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य भगत बडुवाल रहेका थिए ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बडुवाल ले पार्टीलाई कसरी आगामी दिनमा सशक्त रूपमा अगाडि बढाउन सकिन्छ ? सो बारेमा सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अब सबै संगठन सुदृढीकरण र बिस्तारमा केन्द्रीत हुनुपर्ने बताए । उनले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघको निर्वाचनमा कसरी (माओवादी केन्द्र) लाई बिजय बनाउने भन्ने बिषयमा गम्भीर बन्न आग्रह गरे । नेपाली काङ्ग्रेस सङ्ग गठबन्धन गर्नु पर्ने आफ्नो पार्टीको बाध्यता रहेको बताए । देश र जनताको हकको लागि मात्र भएको कारण काङ्ग्रेस सङ्ग गठबन्धन गरेको बताए ।
उनले जोडे स्थानीय निर्वाचनमा पनि हामीले गठबन्धन गरेका थियौ । तर त्यसमा पनि घात भएको बताए । त्यस कारण आउदो मंसिर ४ गते हुने निर्वाचन पार्टीका नेता कार्यकर्ताले सक्रिय भुमिका खेली पार्टी तथा गठबन्धन मा घात हुन बाट जोगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका सुदुरपश्चिम प्रदेश सह सचीव तथा कैलाली क्षेत्र नम्बर २ ख का माननीय नन्द बहादुर आउद (राजेन्द्र) को समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा माननीय साउदले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघ को निर्वाचन मा कसरी (माओवादी केन्द्र) लाई बिजय बनाउने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । जसरी स्थानीय तहको निर्वाचनमा (माओवादी केन्द्र) लाई पालिका तथा वडामा बिजय गराउन नेता तथा कार्यक्रताले जुन सक्रिय भुमिका खेलेका थिए त्यसरी नै भुमिका खेल्नु पर्ने बताए । (माओवादी केन्द्र) को ” व्यवस्था बदलियौ, अब अवस्था बदन्ल बाकी” छ भन्ने नारालाई सार्थकता दिदै पार्टीलाई बिजय गराउन सबैले आआफ्नो ठाउँ बाट अमुल्य भुमिका खेल्न समेत अनुरोध गरे ।
साथै उनले जोडे आउदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन हुने पक्का भइसकेको छ । अब सम्पुर्ण नेता कार्यकर्ताले आउदो निर्वाचनमा माओवादी केन्द्र तथा गठबन्धन लाई कसरी बिजय गर्ने भन्ने बिषयमा ध्यान दिदै सक्रिय भुमिका खेल्न अनुरोध गरे ।
यस्तै कार्यक्रम मा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिह, प्रेम बयक, सुदुरपश्चिम प्रदेश सदस्य दुर्गा बडुवाल, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा प्रदेश सदस्य गणेश राज गिरि (लाल्दिप), बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रदेश सदस्य राम कृष्ण डगौरा थारु (रन्जित), प्रदेश सदस्य रुपक सुनार, पबित्रा गिरि लगाएतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
काठमाडौँ। विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म विवरण प्राप्त नभएका उम्मेदवारहरू अधिक देखिएकाले त्यसबारे अध्ययन पूरा भएपछि आयोगले कारबाहीबारे चाँडै निर्णय गर्ने राससलाई बताउनुभयो । उहाँले ढिला गरी पेस हुन आएको खर्च विवरण पनि स्वीकार नगरिने स्पष्ट गर्नुभयो । आयोगले विजयी र पराजितमध्ये कति उम्मेदवारले खर्च विवरण बुझाए या नबुझाएको विवरणसमेत तयार गरिरहेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (२) मा कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको परीक्षणका आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । यसरी जरिवानाको कारबाही भएका व्यक्ति आउँदो निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुनेछन् ।
निर्वाचनको प्रचारप्रसारका क्रममा भएको सम्पूर्ण खर्चको विवरण सो ऐनको अनुसूची–३० बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । गत स्थानीय तहको निर्वाचनको मत परिणाम ढिलाइका कारण काठमाडौँ महानगरपालिकाको परिणाम गत जेठ १२ गते घोषणा भएको थियो । त्यसको एक महिनाका हिसाबले असार १२ गते उम्मेदवारहरूले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । त्यसभन्दा अघि मत परिणाम घोषणा भएका स्थानीय तहमा सोही मितिले ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुनेछ ।
आयोगले गत असार ८ गते विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको अलगअलग विवरण तयार गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्न सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा रु सात लाख ५० हजार र उपमहानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्चसीमा रु पाँच लाख ५० हजार तोकेको थियो । यस्तै नगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारले रु चार लाख ५० हजार र गाउँपालिका प्रमुख/उपप्रमुखका उम्मेदवारले रु तीन लाख ५० हजार खर्च गर्न पाउने गरी तोकिएको थियो । सोहीअनुसार वडाध्यक्ष, सदस्य र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखका उम्मेदवारको पनि खर्चसीमा तोकिएको थियो ।
आयोगले २०७९ सालको स्थानीय तहको निर्वाचनका लागि २०७४ सालको स्थानीय तह निर्वाचनमा कार्यपालिका सदस्य निर्वाचनका लागि तोकेबमोजिमको निर्वाचन खर्च सीमालाई यथावत् राखी जिल्ला समन्वय समितिका पदाधिकारीको निर्वाचन खर्च घटाइएको थियो । आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा कुन तहका उम्मेदवारले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा प्रयोग र खर्च गर्न पाउने प्रचार सामग्री र खर्चको सीमा पनि तोकेको थियो ।
बर्दगोरिया ५ मा नेकपा (माओवादी केन्द्र)को वडा स्तरीय कार्यकर्ता प्रशिक्षण सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र)को वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का पार्टी अध्यक्ष भोलेराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु (रन्जित) रहेका थिए । कार्यक्रममा पार्टीका सुदुरपश्चिम प्रदेश सदस्य लक्ष्मी रिमाल (रक्षा ) ,कैलाली जिल्ला समिति सदस्य राजेश चौधरी ,बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, उपाध्यक्ष ध्वज बहादुर सुनार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती रामकृष्ण डगौरा थारु (रन्जित ) ले पार्टीलाई कसरी आगामी दिनमा सशक्त रूपमा अगाडि बढाउन सकिन्छ ? सो बारेमा सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अब सबै संगठन सुदृढीकरण र बिस्तारमा केन्द्रीत हुनुपर्ने बताए । उनले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघको निर्वाचनमा कसरी माओवादी केन्द्रलाई बिजय बनाउने भन्ने बिषयमा गम्भीर बन्न आग्रह गरे ।
यसै कार्यक्रम बाटै वडा नम्बर ५ को वडा कमिटीलाई पुर्णता दिइएको जनाईएको छ ।
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।
मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ ।
कूल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो । त्यसपछि हालसम्म विभिन्न मितिमा बालिग मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ । आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा विसं २०३७ वैशाख २० गते राष्ट्रिय जनमत सङ्ग्रह भएको थियो ।
बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा विसं २०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा विसं २०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो ।
तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनःस्थापना भएसँगै विसं २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र विसं २०५० माघ २५ गते उपनिर्वाचन गरियो ।
नेपाली कांग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई विसं २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मङ्सिर २३ गते भएको तथ्याङ्क छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा विसं २०६४ चैत २८ गते संविधासभा सदस्य निर्वाचन भयो । सोही संविधानसभा निर्वाचनसँग जोडिएर विसं २०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो । बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधासभा सदस्य निर्वाचन विसं २०७० मङ्सिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन विसं २०७१ असार ८ गते र चैत २८ गते भए । सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा विसं २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भयो ।
नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरु राष्ट्रियस्तरका निर्वाचनमा विसं २०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, विसं २०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ । विसं २०७६ मङ्सिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा विसं २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ ।रासस
इलाम । नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट आफूले उम्मेदवारी दिने बताउनुभएको छ ।
गृहजिल्ला इलाममा साेमबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले प्रदेश र संघीय निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताउदै तालमेलका विषयमा दलहरूले आ–आफ्नै प्रस्ताव समेत राखिरहेको बताउनुभयो ।
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उहाँको भनाइ छ । स्थानीय निर्वाचनलाई भन्दा २०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यवहारिक हुने नेता खनालले बताउनुभयो ।
उहाँले बामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको समेत बताउनुभयाे । देशको सबै भन्दा ठूलो बाम समूह लचिलो भए बाम एकता सम्भव हुने पनि उहाँकाे तर्क छ । तर, सबै भन्दा ठूलो बाम समूूहको नेतृत्वले आवश्यकता बोध गरेकाे खण्डमा मात्रै बाम एकता सम्भव रहेको उहाँले बताउनुभयाे ।
इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रमका लागि उहाँ इलाममा आउनुभएको हाे ।
बर्दगोरिया ६ मा नेकपा (माओवादी केन्द्र)को वडा स्तरीय कार्यकर्ता प्रशिक्षण, वडा कमिटीले पायो पुर्णता
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नेकपा (माओवादी केन्द्र)को वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आइतबार पृथ्वीपुरमा सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष राजकुमार चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा पार्टीका सुदुरपश्चिम प्रदेश सदस्य, क्षेत्र २ (क) का सहसचिव तथा निर्वाचित पालिका उपाध्यक्ष गणेश राज गिरी (लालदिप ) यसैगरी बिशिस्ट अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) रहेका थिए ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती गिरिले पार्टीलाई कसरी आगामी दिनमा सशक्त रूपमा अगाडि बढाउन सकिन्छ ? सो बारेमा सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अब सबै संगठन सुदृढीकरण र बिस्तारमा केन्द्रीत हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु (रन्जित) ले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघको निर्वाचनमा कसरी माओवादी केन्द्रलाई बिजय बनाउने भन्ने बिषयमा गम्भीर बन्न आग्रह गरे ।
कार्यक्रममा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउदले पनि फेरि एक पटक पार्टीलाई बिजयी गराई देशको आमूल परिवर्तन सहयोग पुर्याउन पार्टीका जिम्मेवार नेता तथा कार्यक्रतामा अनुरोध गरे ।
यसै कार्यक्रम बाटै वडा नम्बर ६ को वडा कमिटीलाई पुर्णता दिइएको जनाईएको छ ।
काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताए ।
प्रमुख आयुक्त थपलियाले भने– ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’