कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
बौनिया,कैलाली । फुटबल खेलप्रति आस्थावान विद्यार्थीको मनोबल बढाउन बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार खेल मैदान मै पुगेका छ्न । नव बालबाटिका विद्या मन्दिर सडकपुर बौनियाले आयोजना गरेको प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिग – २०७८(बिएफएल सिजन १) को तयारीमा जुटेका विद्यार्थीको मनोबल उच्च बनाउन सोमबार रानिकुन्डा स्थित खेल मैदान मै पुगि अबलोकन गरेका हुन ।
सो क्रममा वडा अध्यक्ष सुनारले खेल विद्यार्थी जीवनको एक अभिन्न पाटो भएको भन्दै अनुशासित र मर्यादित खेलले नै समाज र देशको नाम उच्च राख्ने बताए । उनले खेलकुद र खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउदै खेलाडीको वृद्धि विकासका लागि सामुहिक प्रतिबद्धता आबस्यक रहेको बताए ।
विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित नव बालबाटिका विद्यालयले थालेको कदम उच्च प्रसङ्सनिय भएको पनि बताए । खेल जीवनको एक आधारशीला हो वडा अध्यक्ष सुनारले भने, अनुशासित र मर्यादित तवरले खेल खेलियो भने व्यक्ति विकास मात्रै होइन,सिङ्गो देशको नाम उच्च रहन्छ त्यसैले सवै खेलाडीको साथमा म सङ्गै हुनेछु र सक्दो सहयोग गर्ने वचन व्यक्त गर्दछु ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२/३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड -१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।
तलवभत्ताको मागसहित बर्दगोरियाका शिक्षकहरू आन्दोलित, विद्यालय बन्द गर्ने हेडसरहरुको चेतावनी
रमेश बम, बौनिया(कैलाली) । विभिन्न पाँच बुदे मागहरू अघि सार्दै कैलालीको बर्दगोरियाका शिक्षकहरू आन्दोलित बनेका छ्न ।
विगत लामो समयदेखि बर्दगोरिया गाउँपालिकाले यहाँका निजि स्रोत शिक्षक,बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदान गरिदै आएको अनुदान रकम यसवर्ष निकाशा नभएको र बर्दगोरिया शिक्षक महासंघ तथा निजि स्रोत समितिद्वारा पेश गरिएका मागपत्रलाई व्यवास्ता गरिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन ।
आन्दोलित शिक्षहरुले नेपालीहरुको महान पर्व विजया दशमी, तिहार तथा छटपर्वको मुखमा समेत पालिकाद्वारा शिक्षकहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै तत्काल सेवा सुविधा पाउनुपर्ने मागसहित यहाँका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेपाल शिक्षक महासंघको सयुक्त अगुवाईमा सहमति र एक्यवद्धताका साथ स्थानीय तहमा दवाबमुलक कार्यहरू गर्ने जनाएका छ्न ।
उनीहरूले बालविकास शिक्षकहरूलाई नेपाल सरकारले तोकेको तलबभत्ता पाउनुपर्ने ,नीजिस्रोत शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गरिने अनुदान रकम यथासिघ्र निकासा हुनुपर्ने ,विद्यालय कर्मचारीको पारिश्रमिक सेवा सुविधा तत्काल दिनुपर्ने ,शिक्षक कर्मचारीको तलब भत्ता मासिक रूपमा निकासा हुनुपर्ने र शिक्षक अनुदान ,शिक्षण सिकाई अनुदान प्राप्त गरेका विद्यालयलाई समयमा नै पत्राचार गरि शिक्षक नियुक्तिका लागि अनुमति दिनुपर्ने माग राखेका छ्न ।
सोमबार उल्लेखित मागहरू अघि सार्दै उनीहरूले बर्दगोरिया गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छ्न । कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष उदय सिंह बीसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बलराज भाट, नेपाल शिक्षक संघका अध्यक्ष भिमदत्त बिनाडी, अखिल नेपाल शिक्षक संगठनका भुपेन्द्र रास्कोटी, बालविकास शिक्षक अध्यक्ष लक्ष्मी कुमारी बिनाडी, नेपाल विद्यालय कर्मचारी परिषद कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीलगाएतको टोलीले सो मागपत्र बुझाएको हो ।
उनीहरूले आफ्ना जाएज मागहरू तत्काल पुरागर्न दवाब दिनका लागि मंगलबार सम्पुर्ण विद्यालय बन्द गरि ,शिक्षकरुको उपस्थितिमा पालिकामा धर्नादिने समेत जनाएका छ्न ।
बालबाटिका फुटबल लिग २०७८ लाई अखिल रेग्मिको साथ
बौनिया,कैलाली । बालबाटिका फुटबल लिग २०७८ लाई रास्ट्रसेवक अखिल रेग्मिले पनि सहयोग गरेका छन । बिधालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न जोशिपुर गा. पा ७ लोहागढका स्थानिय हाल रास्ट्रसेवक नेपाल आर्मिमा कार्यरत अखिल रेग्मि को पनि साथ रहेको छ ।
उनले बौनियाकै एक प्रतिष्ठित बिधालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सानो सहयोग गर्न पाउद खुशी लागेको बताए । फुटबल खेल आफुलाई मन पर्ने र खेलाडीको हौशला बढाउन पनि आफुले सहयोग गरेको रेग्मिले बताए । साथै आफुलाई अध्यापन गराउने गुरुले सधै विद्यार्थीको भबिस्यलाई अगाडि बढाउन केही नयाँ सोच ल्याउदा आफुलाई खुशी लागेर सहयोग गरेको रेग्मिले बताए ।
बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले आफुले अध्यापन गराएका विद्यार्थीले सहयोग गरेकोमा खुशी र धन्यवाद व्यक्त गरेका छन । आफुले अध्यापन गराएका विद्यार्थी राम्रो बाटोमा लागेको देख्दा आफुलाई एकदमै खुशी भएको मल्लले बताए । बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ ।
विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।
बालबाटिका फुटबल लिग २०७८ लाई अनिल पौडवालको साथ
बौनिया,कैलाली ।बालबाटिका फुटबल लिग २०७८ लाई भारतमा बस्दै आएका अनिल पौडवालले पनि सहयोग गरेका छन । बिधालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न लम्की चुहा नगरपालिका ९ प्रतापपुर हाल (भारतको दिल्लिमा ) स्यामसुङ्ग ग्रुपको फाईनान्स कन्ट्रोलरमा कार्यरत अनिल पौडवालको पनि साथ रहेको छ ।
पौडवालले भने स्थानिय स्तरमा केटिहरु अर्थात महिलाहरुको खेलले सशक्तीकरणमा सहयोग पुग्ने छ । उनले बालापनका साथी प्रमोदले केटा,केटिको फुटबल राखेर एकदमै राम्रो सुरुवात गरेको प्रती आफू हर्षित भइ सहयोग गरेको बताए । उनले साथी प्रमोदलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रतियोगीता सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।
विद्यालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुलाई खुशी लागेर सहयोग गरेको बताए । बालापनको साथी अनिलले सहयोग गरेकोमा बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले खुशी लागेको बताए । मल्लले बालापनको साथिले आफुलाई सहयोग गर्दा बालपनको सम्झना भएको समेत बताए ।
बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।
नेपालमा फलामे छडको मूल्य घट्यो
काठमाडौँ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।
‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस संघ स्वागत गर्दछ । सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु चारले घट्न जाने जानकारी गराउदछौँ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पंज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी रु चार घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ ।”
सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने ५ प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै विलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस विलेट आयातमा प्रतिटन रु एक हजार ६५० अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रु दुई हजार ५०० पुर्याइएको छ ।
सरकारको यस्तो व्यवस्थाले नेपालमै विलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर विलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
बालबाटिका फुटबल लिग २०७८ लाई रोहित बुढाको साथ
बौनिया,कैलाली । बालबाटिका फुटबल लिग २०७८ लाई सहयोग गर्ने हरु आउन थालेका छन । विद्यालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न बौनिया बजारका स्थानिय हाल (दुबई) कर्म थलो बनाउदै आएका रोहित बुढाको पनि साथ रहेको छ ।
रोहित आफै पनि फुटबल र कृकेट खेलाडी हुन । उनले बौनियाकै एक प्रतिष्ठित बिधालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सानो सहयोग गर्न पाउद खुशी लागेको बताए । सहयोग गरेकोमा बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले आफुले अध्यापन गराएका विद्यार्थीले सहयोग गरेकोमा खुशी लागेको बताए ।
बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ।
काठमाडौं । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ ।
अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिदबिक्रीको खुलासा
आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिसमेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो ।
प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे)को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए ।
प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ ।
गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाले गरेको अध्ययन रिपोर्टमा उल्लेख छ ।
अमेरिकाको वासिंटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे)ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य तथा अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको हो । ती कम्पनी विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा रहेको खोपकेले उल्लेख गरेको छ ।
खोपकेले अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि रहेको खुलासा गरेको छ । गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमै कम्पनी रहेको फेला पारिएको छ ।
नेपालिक्समा उल्लेख भएका नेपाली नागरिक अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी पनि सञ्चालनमा रहेको तथ्य फेला पारिएको छ ।
यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायी– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।
गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न नपाइने व्यवस्था रहेको छ ।‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐनविपरीत काम गरेमा ‘बिगोबमोजिम जरिमाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।
अफसोर दुनियाँले गरिबी बढाउने, असमानता निम्त्याउने अनि जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्याजस्ता थुप्रै समस्या निम्तने गर्छ । हालसम्म ५५ नेपाली तथा गैरआवासीय नेपालीले अफसोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्समार्फत् २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।
आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ ।
‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।
प्यान्डोरा लिक्सअनुसार, चौधरीकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिस भर्जिन आइल्यान्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिस भर्जिन आइल्यान्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनीसहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ ।
गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी रहेको पनि पाइएको छ । फल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिएको खोपकेको खोजमा देखिएको छ ।
जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् ।
सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेसन परेको देखिएको थियो ।
लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरणअनुसार हाल हंसराज हुलासचन्द एन्डको, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राट्सलगायतका कम्पनीहरू सञ्चालनमा छन् ।
सुमार्गीका पाँच कम्पनी
अनौपचारिक माध्यमबाट रकम विदेश पु¥याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफसोर कारोबारका थप विवरण पनि फेला परेका छन् । नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २ सय २२ अमेरिकी डलर (त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको छ ।
यसपटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन् । त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्नेगरी खाता खोलेको पाइएको छ ।
प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्यान्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ । सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन् । यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन् ।
सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ । उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्यान्डको अस्मिताज वल्र्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ । सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन् ।
अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डकै ‘द न्यु डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ । उनी यो कम्पनीका निर्देशक हुन् ।
कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्यान्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यु डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउन्ड विदेशी लगानी (एफडीआई) नेपाल भिœयाएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ । द न्यु डिजिटेक कम्पनीको स्रोतका रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ ।
सुमार्गीका नातेदारका नाममा पनि
सुमार्गीको एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ । ब्रिटिस भर्जिन आइल्यान्डको ट्राइडेन्ट ट्रस्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्डअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डको डेलोर भेन्चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन् ।
शर्मालाई सो कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एन्डको एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ । थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटिएको थियो ।
गुण ग्रुुपका अध्यक्ष राजेन्द्र शाक्यको अफसोर कारोबार
ब्रिटिस भर्जिन आइल्यान्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्यान्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रस्ट हो ।
सुुहृदराज घिमिरे र पुरुषोत्तम पौडेलको संलग्नता
नेपालमा किया गाडीका बिक्रेता सुुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी भेटिएको छ । घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन् । पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन् ।
सुधीर मित्तलको अफसोर कारोबार
‘श्री एयरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । मित्तलले ब्रिटिस भर्जिन आइल्यान्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ ।
प्राप्त कागजातअनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन् र उनले कम्पनीका नाममा बैंक खाता पनि खोलेका छन् । उनले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजात पेस गरेका छन् । पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ ।
किशोर राना: शंकास्पद कारोबारमार्फत् अर्बका मालिक
प्यान्डोरा लिक्समा समावेश विवरणअनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भितमा बस्दै आएका ३५ वर्षीय किशोर रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन् ।
उनले ‘क्रिप्टो करेन्सी’ बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए । सिंगापुरस्थित ल फर्म एसियासिटी ट्रस्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरणअनुसार सो काम मापदण्डभन्दा बाहिरको थियो । तर, किशोरले क्रिप्टो करेन्सीको कारोबारलगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेस्टमेन्ट नामक कम्पनी खोल्न सफल भए । किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज लिमिटेड हो ।
३१ मे २०१७ मा बैंक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको बैंक स्टेटमेन्टअनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता सेयर लगानी छ । इल्डोराडोले अमेरिका, युरोप र एसिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ ।
सराफ परिवारको ट्याक्स हेभनमा दर्जन कम्पनी
नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एन्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड (हायात) सञ्चालन गर्दै आएका भारतीय मूलका सराफ, उनका दुई छोरा र श्रीमतीले अफसोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।
मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बरभन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद्, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।
उनी ब्रिटिस भर्जिन आइल्यान्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन् । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बिमा वा पुनर्बिमा कम्पनीसम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्डसम्बन्धी व्यवसाय गर्नेलगायत काम गर्नेगरी दर्ता भएको देखिन्छ । यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रस्टले सहयोग गरेको छ ।
राधेश्याम, उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रस्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् ।
उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रस्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन्।
नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँचवटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झन्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिकको अफसोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।
ट्याक्स हेभन हुँदै फोब्र्सको सूचीमा चौधरी
आजभन्दा २१ वर्ष अगाडि ट्याक्स हेभन मुलुकहरूमा कम्पनी खडा गर्ने र त्यसमार्फत विभिन्न तहगत कम्पनी खडा गरी विनोद चौधरीले विश्वका धेरै मुलुकमा आफ्नो व्यवसाय विस्तार गरेको कुरा प्राप्त कागजातहरूबाट पुष्टि हुन्छ । विनोदले ट्याक्स हेभन मुलुकमा दर्ता रहेको सिनोभेसन कम्पनीमार्फत धेरै देशमा व्यवसाय विस्तार गरेको पाइएको छ ।
नेपालबाट ट्याक्स हेभन र ट्याक्स हेभनबाट विश्वका विभिन्न देशमा व्यावसायिक लगानी गर्ने विनोद सन् २०१३ मा अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको ‘अर्बपति’ सूचीमा पर्न सफल भएका थिए । सुरुमा फोब्र्सको सूचीमा पर्दा चौधरीको सम्पत्ति एक बिलियन अमेरिकी डलर (१ खर्बभन्दा बढी) थियो ।
त्यसयता बर्सेनि उनको सम्पत्ति बढ्दो क्रममा छ । सन् २०१९ मा विनोदको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (झन्डै २ खर्ब) पुगेको थियो । फोब्र्सका अनुसार पछिल्ला दुई वर्षमा उनको सम्पत्ति बढेन, घट्यो । अर्थात् सन् २०२० र २०२१ मा १.४ बिलियन अमेरिकी डलर (करिब डेढ खर्ब रुपैयाँ) छ । चौधरी हाल विश्वका अर्बपतिहरूमध्ये २ हजार १ सय ४१औं स्थानमा छन् ।
कानुनको उल्लंघन भएको छैन– चौधरी ग्रुुप
खोज पत्रकारिता केन्द्रका लागि वासिङटन पोस्टका पत्रकार पिटर होरिस्कीले सोधेको प्रश्नमा राहुल चौधरीले सीजीले सम्मानित, प्रतिष्ठित र अग्रणी बहुर्राष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरेको बताएका छन् ।’ जहाँसम्म हाम्रो लगानीमा साझेदारहरूको कुरा छ, सीजी र यसका कम्पनी समूहमा विश्वस्तरमा सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीसँग हाम्रो साझेदारी छ ।
ट्याक्स हेभन मुलुकमा गोल्छा परिवारको कनेक्सन
अफसोर कम्पनीमार्फत किसानलाई ठगी
कर छल्ने उद्देश्यले खोलिने अफसोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफसोर कम्पनीमार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलासा भएको छ
जसअनुसार गोल्छा परिवारका पाँच जना सदस्यकोसमेत स्वामित्वमा रहेको इस्टर्न सुगर मिल्सले किसानलाई ठगी गरेको पाइएको हो । गोल्छा परिवारका केही सदस्यहरूको लगानीमा खोलिएको अफसोर कम्पनीसमेतको स्वामित्वको यो मिल्सले लामो समयदेखि उखु किसानलाई भुक्तानी गरेको छैन ।
आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार गोल्छा परिवारका केही सदस्यहरूले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिस भर्जिन आइल्यान्डमा आफ्नो नाममा कम्पनी खोल्ने, त्यसैबाट नेपालस्थित आफ्नै कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने गरेको भेटिएको छ ।
गोल्छा परिवारका लोकमान्य गोल्छा, हाल दिवंगत भइसकेका उनका दुई भाइहरू, उनका काकाका छोरा चन्द्रकुमार गोल्छा र भतिजा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा ‘फ्ल्याटउड लिमिटेड’ नामक कम्पनी छ । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ । नेपालको कानुनअनुसार यो काम सोझै गैरकानुनी र दण्डनीय मानिन्छ ।
जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । सो खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा लोकमान्य, उनका एक जना दिवंगत भाइ र भतिजा हितेश गोल्छालाई कम्पनीले निर्णय गरेर अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ । फ्ल्याटउड लिमिटेड नामक कम्पनीमार्फत लोकमान्य गोल्छालगायतको समूहले सन् २००८ मा नेपालको इस्टर्न सुगर मिल लिमिटेडको सेयर खरिद गर्ने निर्णय गरेको भेटिएको छ ।
फ्ल्याटउड लिमिटेड कम्पनीमार्फत गोल्छा परिवारका सदस्यहरूले सन् २००८ मा नेपालको सुनसरीको अमही बेल्हास्थित इस्टर्न सुगर मिल्स लिमिटेडको सेयर खरिद गरेको हो । यो कम्पनीले मिलको १३१७.५०० कित्ता सेयर खरिद गरेको पाइएको हो । तर, १५ फेब्रुअरी २००८ मा फ्ल्याटउड लिमिटेडले आफूसँग रहेको मिल्सको ३८४.१६६ कित्ता सेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ ।
फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्रअनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिलमा ९३३.३४४ कित्ता सेयर रहेको थियो । सोही पत्रअनुसार फ्ल्याटउडले हुलास मेटललाई मिलबाट २८८.१२५ कित्ता अतिरिक्त राइट सेयर खरिद गर्ने गरी जिम्मा दिएको देखिन्छ । हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेसनभित्रकै कम्पनी हो । कम्पनी रजिस्ट्रारको कार्यालयको दस्ताबेजअनुसार हुलास मेटल गोल्छा परिवारका १८ जनाको नाममा दर्ता छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार इस्टर्न सुगर मिल्समा गोल्छा परिवारका लोकमान्य, आकाश, राज्यलक्ष्मी, राजकुमार, दिनेश, हितेश, हिमांशु गोल्छाको लगानी अहिले पनि छ । यसबाहेक ब्रिटिस भर्जिन आइल्यान्डमा गोल्छा परिवारको पाँच जनाको नाममा दर्ता रहेको फ्ल्याटउड लिमिटेडको पनि सेयर छ । जसको प्रवेश २०६४ पुस ५ गते भएको हो । यसबाहेक इस्टर्न सुगरमा हुलास वायर इन्डस्ट्रिज लिमिटेड, पूजा इन्टरनेसनल नेपाल प्रालि, युनाइटेड डिस्ट्रिब्युटर नेपाल कम्पनीको समेत लगानी रहेको देखिन्छ ।
यी हुन् १६ नेपाली
विनोद चौधरी
सारिकादेवी चौधरी
निर्वाण चौधरी
बरुण चौधरी
राहुल चौधरी
लोकमान्य गोल्छा
चन्द्रकुमार गोल्छा
हितेश गोल्छा
अजेयराज सुमार्गी
अर्जुनप्रसाद शर्मा
किशोर राना
राजेन्द्र शाक्य
सुुहृदराज घिमिरे
पुरुषोत्तम पौड्याल,
सुधीर मित्तल
किशोर राना
राधेश्याम सराफ (नेपालमा व्यापार गर्ने भारतीय नागरिक)
दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने
काठमाडौं । दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको हो । यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।
नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपालमा चीनबाट आयातित भेरोसेल, भारतीय खोप कोभिसिल्ड र अमेरिकन खोप जोनसन एण्ड जोनसन प्रयोगमा ल्याइएको छ ।
देउवा र पौडेलबीच स्थानिय तहबाटै कडा प्रतिष्पर्धा
काठमाडौं। प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ।
६४ जिल्लामा पार्टीका गाउँ/नगरपालिका अधिवेशन भइरहेका छन्। ती जिल्लामा भएका वडा र गाउँ/नगरसमितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन।
बागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहमा पौडेल पक्ष बलियो देखिएको छ। काठमाडौं जिल्लामा पौडेल पक्ष बलियो देखिएको छ। काठमाडाैं महानगरपालिका सभापतिमा संस्थापनइत्तर समूहका नीलकाजी शाक्य निर्वाचित भएका छन्। काठमाडौंका सात तहमा पौडेल पक्षले जितेको छ भने देउवा पक्षका सभापतिले एउटा पालिकामा मात्र जितेका छन्। काठमाडौंमा संस्थापनइतर पक्षका उपसभापति प्रकाशमान सिंह-गगन थापा तथा कृष्ण सिटौला समूह बलियो देखिएको छ।
बूढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भए। बुढाथोकी गगन थापा निकटका मानिन्छन्। तारकेश्वरको नगर सभापतिमा निर्वाचित कृष्णहरि महर्जन र टोखा नगरपालिकाको नगर सभापतिमा निर्वाचित ओमकृष्ण विमली सिटौला समूहका हुन्। कागेश्वरी-मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भए। उनी देउवानिकट हुन्।
त्यस्तै, शंखरापुर नगरपालिकामा निर्वाचित दिलीपकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका कुमार लामा र नागार्जुन नगरपालिका सभापतिमा निर्वाचित दुर्गा गौतम उपसभापति सिंह निकट मानिन्छन्। कीर्तिपुर नगरपालिका र चन्द्रागिरीमा सहमतिको नेतृत्व चयनका लागि छलफल चलिरहेको नेताहरूले बताए। दक्षिणकालीमा एउटा वडामा विवाद देखिएपछि नगरसभापतिकै निर्वाचन रोकिएको छ।
चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र पौडेल समूहले २/२ वटा नगर सभापति जितेका छन्। ६ पालिका रहेको ललितपुरमा तीनवटामा सर्वसम्मत र ललितपुर महानगरसहित तीनवटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो। ललितपुरको गोदावरी नगरपालिकामा प्रदीप जोशी, बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा चयन भए। तीनै जना देउवा पक्षका हुन्। कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ। त्यस्तै, महालक्ष्मी नगरपालिका सभापतिमा निर्वाचित दिवाकर सिलवाल संस्थापन पक्षका हुन्। कोञ्ज्योसोममा सरोज घलान सभापति पदमा विजयी भएका छन्। उनी पौडेल समूह निकट हुन्।
धादिङका १३ पालिकामध्ये ३ पालिकामात्रै संस्थापन पक्षले जितेको छ भने अर्को पक्षले ९ पालिकामा सभापति पाएको छ। नुवाकोटमा दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हाँसिल गरेका छन्।
काभ्रेका १३ पालिकामध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ। त्यस्तै, संस्थापनइतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ। काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहकार्य भएको थियो भने पौडेल पक्ष प्रतिस्पर्धामा थियो।
सिन्धुलीका ९ पालिकामध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन्। रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापनइतर समूह विजयी भएको छ। संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ।
अन्नपूर्ण पोस्टबाट