बालबाटिका फुटबल लिग २०७८ को तयारिमा जुट्यो आयोजक
बौनिया,कैलाली। प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिग – २०७८(बिएफएल सिजन १) को तयारी तिब्र पारिएको छ । बालबाटिका क्रीकेट लिगबाट निकै परिचीत बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले पारस्परिक सद्भाव शैक्षिक, विकास लैङ्िगक समानता एवम् स्वास्थ्यका लागि खेल भन्ने मुल नारासहित पहिलो संस्करणको प्रतियोगिता अन्तरगत फुटबल लिग ०७८ को आयोजना गरेको हो ।
विद्यालयले तयारी स्वरुप शनिबारबाट विद्यार्थीहरुलाई अभ्यास गराउन सुरु गरेको छ । विद्यालयले रानिकुन्डा स्थित मैदानमा दिउँसो ३:३० बजेदेखि छात्र /छात्रा हरुलाई अभ्यास गराउन थालेको हो । अभ्यास गर्न पाउँदा आफुहरु निकै हषिर्त भएको विद्यार्थीहरुले बताएका छन । खेल्नको लागि मात्र नभई शरीरलाई स्वस्थ राख्न अभ्यास आवश्यक पर्ने हुदा बालबाटिका फुटबल लिगले राम्रो काम गरेको उनिहरुले बताएका छन ।
बिहिवार बौनियामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको विद्यालयले शनिबारबाट आफ्ना खेलाडी विद्यार्थीहरुको अभ्यास सुरु गरेको हो । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए । उनले तत्कालको लागि नयाँ सोच र नविनतम चाहाना बमोजिम फुटबल प्रतियोगिताको तयारी गरिएको बताए ।
तयारी स्वरुप शनिबार नै विद्यालयएले जिल्ला भरिका विद्यालयहरुलाई टिम समाबेश पत्र पठाएको छ । पत्र नपुगेका बिधालयहरुले समाचारकै माध्याम बाट पनि बिधालयलाई सहभागी गराउन सकिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।
बौनिया,कैलाली । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया, कैलालीको भेला शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट मोर्चाको भेलाले अदल बहादुर चौधरीको अध्यक्षतामा ४५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा अमर सिंह कठरिया, भोजराज चौधरी, सचीवमा राजेश चौधरी, सह-सचीवमा खड्क चौधरी र कोषाध्यक्षमा प्रेमा देवि चौधरीसहित अन्य सदस्य रहेका छ्न । कमिटीले पालिकामा संगठन विस्तार, सुदृढीकरण लगाएत मोर्चाले अघि सारेका काम कारबाही अगाडि बढाउने छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम् प्रदेश इन्चार्ज खगराज भट्टको प्रमुख आथित्यता रहेको थियो भने नेकपा माओवादी केन्द्र सुदुरपश्चिम् प्रदेश सचिव तथा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नेप बहादुर चौधरी, केन्द्रिय महासचिव हरी चौधरी,रुपा चौधरी, शेर बहादुर चौधरी, पार्टी इन्चार्ज लाल सिंह सोडारी लगाएतको उपस्थिति रहेको थियो ।
राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो ।
पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।
प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताउनुभयो । उहाँका अनुसार ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।
यसैबीच पार्टी निकट ट्रेड युनियन महासङ्घले विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका पदाधिकारी तथा नेतागणको सहभागिता थियो ।
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जना संक्रमित भेटिएका हुन्। योसंगै नेपालमा ७ लाख ९६ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, आज थप ९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ११ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
यस्तै, आज १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसंगै नेपालमा निको हुनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ जनाले कोरोनालाई जितेका छन् ।
हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले विवरणमा जनाएको छ।
बर्दगोरियामा हामी छिट्टै फोहर व्यवस्थापन केन्द्र निर्माणको तयारीमा छौ ; अध्यक्ष डगौरा थारु उनि भन्छन् - फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्त गरिसकेका छौ
बौनिया,कैलाली । फोहोरमैला व्यवस्थापनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माणको तयारी थालेको छ । ‘डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापन गर्न समस्या उत्पन्न भएपछि यसको समाधानको तयारी थालिएको पालिका अध्यक्ष बलिराम डगौरा थारुले जानकारी दिनुभयो ।
फ़ोहोरजन्य बस्तुका कारण पर्ने मानवीय तथा वातावरणिय असरलाई ध्यानमा राखी यसको समाधानको खोजि भएको उहाँले बताउनुभयो । यसअघि आवश्यक कतै जग्गा अभाव र कतै व्यवस्थापनमै समस्या देखिएपछि यसको दिगो समाधानका लागि पहल थालिएको बताउनुभयो । फोहोर व्यवस्थापनका लागि हामीले जग्गा प्राप्त गरिसकेका छौ, अध्यक्ष डगौराले भन्नुभयो अब यसको निर्माणकार्य छिटै सुरु हुनेछ ।
डम्पिङ साइट बनेपछि फोहोर व्यवस्थापनको समस्या समाधान हुनेछ अध्यक्ष डगौराले भन्नुभयो ,यसका लागि शिव पार्वती सामुदायिक वनले जग्गा उपलब्ध गराउनेछ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय तह भएपनि
बर्दगोरियामा फोहोर व्यवस्थापन केन्द्र नहुदा स्थानीयले समस्या खेप्नु परेको छ, र अब त्यो चाडै समाधान हुनेछ । तीव्र गतिमा हुँदै गएको जनसंख्याको चाप, शहरीकरणका कारण पालिकामा फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बनेको छ,’ पालिका अध्यक्ष चौधरीले भन्नुभयो – डम्पिङ साइट निर्माणका लागि हामीले आवश्यक जग्गासमेत पाइसकेका छौ ,अब छिट्टै निर्माणकार्य पूरा हुनेछ ।
यता शिव पार्वती सामुदायिक वनका अध्यक्ष राम बहादुर चौधरीले स्थानीय सरकारले गर्न लागेको महत्वपूर्ण कामको लागि सहयोग पुर्याउने उदेश्यका साथ जग्गा प्रदान गर्न लागिएको बताउनुभयो ।
हुम्लामा पौडेल पक्षले बनायो समान्तर कमिटी
हुम्ला । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ ।
पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ । मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरूले समान्तर कमिटी बनाएको पूर्व सांसद रीता शाहीले बताइन् । ‘
फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौँ,’ उनले भनिन्, ‘एकलौटी रूपमा चल्ने पार्टी हैन ।’ हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्व सांसद रिता शाहीले बताइन् ।
काठमाडौैं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो।
म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो । फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले भने ।
गिरीका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ।
दशैमा पनि पठनपाठन हुने
बैतडी । विजया दशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ ।
गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन् ।
दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ । डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ ।
कोरोना महामारीका कारण गत महिनादेखि मात्रै र पठनपाठन प्रभावित भएकाले दसैँ बिदा छोट्टयाएको छ ।
लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय गत भदौ अन्तिम साताबाट स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए । यहाँ कूल ५६२ विद्यालय छन् ।
त्यसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । रासस
बौनिया, कैलाली । स्थानीय सरकार संचालनमा आएको करिब पाँच वर्ष पुग्नलाग्दा कैलालीको बर्दगोरिया गाउँपालिकामा केही जनप्रतिनिधिहरु बीच मनमुटाव र विवाद छताछुल्ल हुन थालेका छ्न ।
पछिल्लो समय यहाँका जनप्रतिनिधि बिचको आपसी विवादले सामाजिक संजालसमेत तात्न थालेको छ । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुमा देखिएको यस्तो तिक्तता ,विवाद आक्रोश र पीडाका भावहरु केहीदिन यता सामाजिक संजालमा देख्न र पढ्न पाइन्छ ।
कार्य संचालन, सेवाग्राहीको काम, कर्मचारी व्यवस्थापन तथा विकास निर्माणका सवालमा समेत विगत लामो समयदेखि नै यहाँका जनप्रतिनिधिहरु बीच शक्तिको लडाइ चलेको थियो तर अन्तिम चरणमा मात्रै जनप्रतिनिधि बीचका विवाद र मनमुटाव भने बाहिर आउनु आफैमा रहस्यमय मान्न सकिन्छ । योजना तथा विकास निर्माणका सवालमा मात्रै होइन, पालिकाभित्रका आन्तरिक कुरा तथा निर्णय समेत सामाजिक संजालमा छ्यापछ्यापि बन्न थालेका छ्न । तर सामान्य कुरालाई लियर पनि राजनीति मुद्दा बनाउने नेपाली प्रवृत्ति भने उचित होइन भन्ने धेरैको बुझाई पनि छ । आखिर कारण के रहेछ ? यो सार्बजनिक चासोको विषय भने पक्कै हो ।
केही हप्ताअघि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रन्जित चौधरीले सामाजिक संजाल फेसबुकमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले विकासको सबै जस आफुले मात्रै लिने गरेको, कम्युनिस्टले जितेर गरेको वडाको विकास नदेखेको तथा पालिकामा आफुखुशी निर्णय गर्ने गरेको भनी पोस्ट सार्वजनिक गरे ।
त्यसको केहीदिन पछि गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौराले समेत त्यस्तै प्रकारको पोस्ट सार्बजनिक गरिन, जसमा पालिका अध्यक्ष थारुले एकलौटी पालिकाको निर्णय गरेको, आफुले जनताको लागि उठाएका कुरा सुनुवाइ कहिल्य नगरेको भनी आरोप समेत लगाईन । यतिमात्र होइन, उपाध्यक्ष डगौराले पालिका अध्यक्ष थारुले आफुमाथि अन्याय र अपमानजनक व्यवहार गरेको आरोप छ ।
केही दिनअघि बसेको पालिकाको बैठकमा अध्यक्षले आफुलाई निम्नस्तरको व्यवहार गरेको उपाध्यक्षको गुनासो छ । उपाध्यक्षले आफुलाई शिक्षा समितिबाट बाइपास गरिएको, पालिकाको बैठकमा निर्णय नहुदै हस्ताक्षर गर्न लगाइएको र आफुले निर्णय पश्चातमात्रै हस्ताक्षर गर्ने बताएपछि अध्यक्षले हस्ताक्षर गर्ने भए गर,नत्र निस्केर जा भन्ने निम्नस्तरको भाषा प्रयोग गरेको उपाध्यक्षको गुनासो छ ।
उपाध्यक्ष थारुकाअनुसार पालिकाको बैठकमा समेत सवै एक हुने, जनताको माग उठाउदा सुनुवाई नहुने गरेको छ । बैठकमा आउछन् ,उपस्थिति जनाउछ्न ,निर्णय माइन्युट नहुदै सवै गैहाल्छ्न उनले भनीन- यो विगतदेखि कै परम्परा हो ।
जनताको विविध समस्या समाधानका लागि पालिकाको बैठक बस्छ,यो एक सदन नै हो, त्यहाँ जनताको आवाज उठाउदा सुनुवाइ नहुनु भनेको दु:खद कुरा हो । हामीले बिगत लामोसमय देखि यी समस्या झेल्दै आएका हौ,अब त अति नै हुन लाग्यो । हामी अरुका मनोमानी निर्णयमा कतिदिन हस्ताक्षर गरिबस्ने ? पालिकाको बैठकमै निम्न स्तरको भाषा बोलिनु ,कतिसम्म जाएज हो? के म तिनीहरुको पार्टीको टिकट लियर जितेर आएको व्यक्ति हु ?
उपाध्यक्ष थारुकाअनुसार पालिकामा उपस्थित हुने प्राय जसै प्रतिनिधि केवल अनुहार देखाउन मात्रै बैठकमा आउछ्न, हाजिर लगाउछ्न निर्णय पूरा नहुदै जाने गर्छ्न यो शिलसिला विगत ४ बर्षदेखिकै निरंतरता हो ।
यता यसैबारेमा पालिका अध्यक्ष बलिराम डगौरा थारु भने आफू सिङ्गो पालिकाको अभिभावक भएको हुँदा सबै आफ्नो लागि समान रहेको बताउछ्न । पालिकाको नियमित काम कारबाही र व्यवस्थापनको रेखदेख ,निगरानी आफ्नो जिम्मेवारी भएको हुँदा काम कारबाही के कति भयो त्यो बुझ्नु र मुल्यांकन गर्नु आफ्नो दायित्व भएको बताउछ्न ।
म सिङ्गो बर्दगोरियाबासीको अभिभावक हु, मैले अहिलेसम्म कोही कसैलाई पनि यो पार्टी त्यो पार्टी भनी हेर्ने गरेको छैन, सबैलाई समान व्यवहार गरेको छु । मेरो स्वभाव भनेकै चर्को र प्वाक्कै बोल्छु यसैमा केही साथिको मन दुखेको हुनसक्छ । मैले पालिकाको कुनै पनि काम कारबाही पार्टी र शक्तिको दुरुपयोग गरि गरेको छैन । उनले भने – हामी जनताको प्रतिनिधि हौ, सबैले आ-आफ्नो जिम्मेवारी निभाउने हो । स-साना कुरालाई इस्सु बनाउने र एक अर्काको आलोचना गर्ने परिपाटी राम्रो होइन, जनताको अगाडि काम गरि देखाउनुपर्छ । अहिलेसम्म जनताको विकासका लागि कसले कति काम गरेको छ,त्यो सबै आम जनताले बुझेका छ्न र मुल्यांकन गरेका छ्न ।
नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरू हुँदै एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु उपस्थित नहुने
काठमाडौं। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन्।
महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन्। तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन्।
लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका नेताहरु अलग पार्टीमा पुगेकाले उनीहरु अनुपस्थित हुने भएका हुन्। एमाले निर्माणमा महत्वपुर्ण योगदान दिएका नेपाल, खनाल र न्यौपाने विनै हुन लागेको यो महाधिवेशनले एमालेले आफ्नो ४ वर्षे नीति निर्धारण गर्दैछ।
महाधिवेशनमा एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी दस्तावेज पेश गर्दैछन्।
एमाले आफ्नो नीति तय गर्न सम्मेलनको आयोजना गरेपनि कस्तो नीति बनाउने भन्नेमा खासै बहस भएको पाइँदैन। यसअघि नेतृत्व र नीति एउटै महाधिवेशनबाट चयन गर्दै आएको एमालेले नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिका बारेमा समेत छलफल गर्ने गर्दा नीति ओझेलमा पर्ने गरेको भन्दै नेतृत्व चयन गर्ने महाधिवेशनअघि नै विधान महाधिवेशन बोलाएको हो। तर, नीतिकै लागि बोलाएको महाधिवेशनमा समेत नेताहरुले नीतिका बारेमा खुला छलफल गर्न नपाउने अवस्था छ।
किनभने महाधिवेशनमा पेश हुने प्रस्तावहरूमा समूहगत छलफल गर्नेगरी व्यवस्थापन गरिएको छ। यसले गर्दा पनि सहभागीहरुले आफ्ना धारणा पर्याप्त राख्न असम्भव हुने एक नेताले जानकारी दिए। ‘विचारको बहसका लागि आयोजना भएको यो महाधिवेशनमा सहभागीहरुलाई समयको अभाव हुने नै छ। त्यसमाथि यतिधेरै मानिस सहभागी हुने भेलामा छलफलको विषय कर्मकाण्डीबाहेक केही हुने देखिँदैन’, सुदूरपश्चिमबाट आएका एक प्रतिनिधिले भने।
उनले महाधिवेशनले विचार र नीति तय गर्ने भनिएपनि फरक विचारलाई कसरी समेटिन्छ भन्ने महत्वपुर्ण विषय भएको भन्दै फरक विचारलाई पार्टीमा दस्तावेजीकरण गरिन्छ, गरिँदैन त्यसले अर्थ राख्ने बताए।
‘कतिपय विचारमा भिन्नता छन्। जबजकै विषयमा पनि भिन्न मत प्रकट भएका छन् भने समाजवादको कार्यदिशा के हुने भन्ने अर्को प्रश्न छ। यी विषयलाई समेट्ने प्रयास नेतृत्वबाट कति हुन्छ? त्यसले महाधिवेशनको अर्थ राख्छ’, ती नेताको भनाइ छ।