काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया मौन रहेको आरोप लगाउनु भएको छ ।
आफू प्रधानमन्त्री हुँदा मिडियाले आलोचना गरेका कारण गल्ती कम भएको उहाँले बताउनुभयो । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउनुभयो ।
ओलीले अहिलेको सरकारका कारण लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले मिडियाले प्रतिगमन शब्दको दुरुपयोग भएको बताउनुभयो ।प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो उहाँको प्रश्न थियो ।
वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको ओलीले बताउनुभयो । उहाँलेभ न्नुभयो,‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो ।’
बर्दगोरियाको नयाँ नीति तथा कार्यक्रम, प्राथमिकतामा के ? शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई विषेश प्राथमिकता
रमेश बम बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि शिक्षा, स्वास्थ्य,खेलकुद र कृषिलाई विषेश प्राथमिकता दिएको छ । पालिकाको नयाँ नीति तथा कार्यक्रममा यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको हो ।
गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुका अनुसार गुणस्तरीय शिक्षामा बढी जोड दिइएको नीति तथा कार्यक्रममा विद्यालयमा प्रारम्भिक बालबिकास कक्षालाई आधुनिक प्रविधिमा जोड्ने, विद्यालयको भौतिक पुर्वाधार, खानेपानी, कक्षा तथा विद्यालय समायोजन ,आधारभुत शिक्षालाई निशुल्क र अनिवार्य ,शिक्षा र बालबालिकाको स्तोरन्न्ती र सीप विकासमा पनि जोड दिइएको छ ।
यसैगरी जिवन उपयोगी ,व्यवहारीक र प्रविधिमैत्री शिक्षा, बर्दगोरियामा क्याम्पस संचालनमा जोड, वैकल्पिक शिक्षामा जोड, स्थानीय पाठ्यक्रम निर्माणमा जोड, अपांग ,दलित ,मुक्त कम्लहरी पिछडा वर्ग र आर्थिक रुपले कम्जोर बालबालिकालाई छात्रवृत्ति, पोषण युक्त दिवाखाजा, दरवन्धी अनुसार शिक्षक,हरेक विद्यालयमा ईन्टरनेटको पहुँच पुर्याउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्यतर्फ सर्बसुलभ स्वास्थ्य सेवा,विशेषज्ञ चिकित्सक ,सामाजिक स्वस्थ्य वीमाको पहुँच ,कोभिड नियन्त्रणका लागि ५० बेडको आइसोलेसन ,मदिरा तथा लागू औषध नियन्त्रण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन ,बर्दगोरिया ३ को सामुदायिक स्वास्थ्य इकाइमा प्रसुती गृह, कोटातुल्सीपुर स्वास्थ्यचौकीमा पार्किङको व्यवस्थापन ,एसी इन्भअटर जडान, खानेपानीको धारा व्यवस्थापनलाई पनि मुख्य रूपमा राखिएको डगौराले बताउनुभयो ।
यसैगरी दोदोधरा स्वास्थ्यचौकीलाई चिकित्सा सेवासहितको अस्पताल निर्माण, पोषण मैत्री वडा घोषणा, स्वास्थ्य शाखा अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीलाई नेपाल सरकारको तलव स्केल बराबरको सेवा दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरि हरेक वडामा एक खेलमैदान ,पालिकामा एक क्षेत्रीयस्तरको अत्याधुनिक सुविधायुक्त रंगशाला ,खुलकुदमा युवाको लगाबमा जोड दिन खेलकुद प्रतियोगिता ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा भागलिने पालिकाभित्रका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन र सम्मानमा जोड दिइनेछ ।
कृषितर्फ यसको आधुनिकीकरण ,बजारीकरण, यान्त्रिकरण, कृषि फाम, सामुहिक खेती, पशुपालन ,प्रत्येक वडामा वालिविकास कार्यक्रम ,कृषकको घर खेतमा सेवा, उन्नत विउमा ५०% अनुदान , उत्कृष्ट कृषक घोषणा र पुरस्कार , प्रतिवडा २/२ नमुना च्याउ फार्म, बेमौसमी तरकारी उत्पादन र केरा खेतीमा जोड, तालिम तथा गोष्ठी , कृषिमा लक्षित वर्गको अधिक सहभागीता, उत्पादनशील पशुपालनमा जोड, किर्तिम गर्भाधानमा जोड दिइने लगाएतका छ्न ।
काठमाडौ । राजसंस्थासहित हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि देशभर संगठन बिस्तार गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले नवलपरासीमा पनि आफ्नो अभियान जारी राखेको छ ।
मोर्चाले थालेको राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानलाई मजबुत पार्न नवलपरासीमा जनपरिचालन एवं संगठन ब्यवस्थानको जिम्मेवारीमा बाडफाट गरेको छ ।
जसअन्तर्गत जनतान्त्रिक युवा संघको जिम्मेवारी जिल्लाको माकर -४ बस्ने निर्मल खरेललाइ प्रदान गरिएको मोर्चाका केन्द्रिय अध्यक्ष डाक्टर मनोज कुमार झाले जानकारी दिए । मोर्चाले खरेल विगत लामो समयदेखि मुलुकमा राजसंस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापनाको राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन सहयोग गर्दै आएको भन्दै जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।
सर्जक हुम गैरेको लय शब्दमा भाईरल गायक अलिफ खानको दशैं गीत ‘बर्बर आँशु’ (भिडियो सहित)
काठमाडौं। चर्चित सर्जक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशैं गीत ‘बर्बर आँशु’ सार्वजनिक भएको छ।
बरिष्ठ लोक गायक ईन्द्र जि.सी., पछिल्लो समयका भाईरल मुस्लिम गायक अलिफ खान, गायक सर्जक हुम गैरे, लाईभ दोहोरीकी रानी दिपिका बयम्बु, गायिका कमला बि.सी. र गायिका गीता सेञ्चुरीको स्वरमा रहेको गीतमा पछिल्लो समय गीत संगीतको बजारमा चर्चामा रहेका मोडलहरु आयुष्मा कार्की, धिरज खत्री, बबिन ठकुरी, रमा ठकुरी, सागर चौहान, मञ्जिला बुढाथोकी लगायतको जिबन्त अभिनय रहेको छ।
रोजगारीको शीलशीलामा खाडी मुलुक पुगेका नेपाली दाजुभाईले दशैंमा घर आउन नपाउँदाको दर्दनाक पिडा गीतको कथावस्तु रहेको छ। गायक सर्जक हुम गैरे कै निर्देशन तथा सम्पादन रहेको गीतलाई पछिल्लो समयका व्यस्त क्यामेरामेन राम के.सी.ले खिचेका हुन्। काठमाडौं र फर्पिङ आसपासमा छायाकंन गरीएको यो गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास गरीएको छ।
लोक संगीतका चर्चित हस्तीहरुको आवाजमा रहेको दशैं बिशेष गीत ‘बर्बर आँशु’ लाई सुदुरचित्रको तर्फबाट सफलताको शुभकामना।
भिडियो हेर्नुहोस्:
आज विश्व रेविज दिवस, होसियार यसरी सर्न सक्छ रेविज
काठमाडौं । आज २८ सेप्टेम्बर, विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ ।
नेपालमा मुख्यत : बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गरेको छ ।
नेपालमा अर्थिक वर्ष २ं७६⁄७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको तथ्यांक रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । त्यस्तै अर्थिक वर्ष २०७७ ⁄७८ मा २ लाख ९५ हजार भाइल रोविजविरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ ।
मुख्यतः संक्रमित जनावरको टोकाइबाट यो रोग सर्ने भए पनि बिना टोकाइ पनि मानिसमा रेविज सर्ने जोखिम हुने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा, रेविज लागेको गाई भैंसीलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउँदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा तथा रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा पनि यो रोग सर्नसक्ने निर्देशनालयले जनाएको छ ।
बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा औषधि (डिटोल आयोडिनको झोल) लगाउनु रेविजको प्राथमिक उपचार हो । नेपालमा सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध छ ।
मानब बेचबिखन आरोपी २५ वर्षपछि पक्राउ
काठमाडौँ । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । विसं २०५३ को असार ४ मा परियारले काठमाडौँबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारत पु¥याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पु¥याएका थिए ।
उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनसुन्धान भइरहेको ब्यूरोले सोमबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
गैंडा मृत अवस्थामा भेटियो
नवलपुर। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।
सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए ।
‘धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ’, बराललले भने, ‘यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।’ गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।
‘हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्यो’, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।
आईफोन १३ को स्क्रिन फेर्ने पैसाले आउँछ एउटा नयाँ राम्रो एन्ड्रोइड फोन स्क्रिन फेर्न मोडेल अनुसार २७ हजारदेखि ३९ हजार नेपाली रुपैयाँ लाग्ने
काठमाडौं। यदि तपाईंले आईफोन थर्टिन खरिद गरिसक्नु भएको छ वा खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले यो विषयलाई ख्याल गर्नैपर्ने हुन्छ। किन भने यदि तपाईंले आईफोन थर्टिनको डिस्प्ले फुटाउनु भयो भने मर्मतका लागि एप्पलको आधिकारिक रिपेयर सेन्टरमै जानुपर्नेछ।
यसको खास कारण भनेको एप्पलले आईफोनको डिस्प्लेलाई फेसआईडी संयन्त्रसँग गाँसेको छ। यसको अर्थ यदि तपाईंले एप्पलको आधिकारिक रिपेयर सेन्टरभन्दा बाहिरबाट नयाँ डिस्प्ले राख्नु भयो भने फेसआईडीले काम गर्ने छैन।
यो विषयमा यकिन हुन तपाईंले आईफोन रिपेयर गुरुले तयार पारेका केही भिडिओ हेर्न सक्नुहुन्छ। यी भिडिओबाट मात्र नभएर अन्य परीक्षणबाट समेत एप्पलले फेसआईडीबाट काम गर्ने सुरक्षा प्रणालीलाई डिस्प्लेसँग जोडेको छ।
जसले गर्दा तपाईंले फेरेको नयाँ डिस्प्ले आईफोनले डिटेक्ट गर्न सक्छ र फेस आईडीलाई निष्कृय तुल्याइदिन्छ। त्यसैले यदि तपाईंले डिस्प्ले फुटाउनु भयो भने तपाईंको अबको एउटा मात्र उपाय भनेको एप्पल वा एप्पलको आधिकारिक सर्भिस सेन्टर अथवा एप्पल केयर प्लस जाने हो।
वारेन्टी अवधिपछि तपाईंले आईफोन थर्टिन प्रो म्याक्सको डिस्प्लेका लागि ३२९ अमेरिकी डलर (करिब ३९ हजार रुपैयाँ) तिर्नुपर्नेछ। त्यस्तै आईफोन थर्टिन प्रोका लागि २७९ अमेरिकी डलर (करिब ३३ हजार रुपैयाँ), आईफोन थर्टिनका लागि २७९ (करिब ३३ हजार रुपैयाँ) अमेरिकी डलर र आईफोन थर्टिन मिनीका लागि डिस्प्ले फेरेको २२९ डलर (करिब २७ हजार रुपैयाँ) लाग्नेछ।
काठमाण्डाैं। तत्कालीन कर फर्छ्याेट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ।
कर फर्छ्याेट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्याएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो। आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो।
जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
एमाले सांसदहरूलाई पदबाट राजिनामा दिन डा.भट्टराईको चुनौती 'जुन संसदलाई विघटन गरिसक्यो, उसलाई त्यो संसदमा आउन त लाज हुनुपर्ने हो'
काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए। उनले भने, ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छ ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने। सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने? अनि संसदीय मर्यादा कायम। जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिए। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’
भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।