वडाकाे चाैतर्फि विकासमा ध्यान केन्द्रित गरेका छाै : वडा अध्यक्ष सुनार सरकारी मोटरसाइकल फिर्ता गर्ने बर्दगोरियाकै पहिलो जनप्रतिनिधि हुन सुनार
रमेश बम बौनिया,कैलाली । हामी जनप्रतिनिधि निर्वाचित भएर आउँदा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को विकास लगभग शून्य अवस्था थियो । धेरैजस्तो गाउँटोलमा राम्रोसँग बाटो नै पुगेको थिएन । वडा नम्बर ३ लाई पालिकाकै विकट मानिन्थ्यो । संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भएपछि अहिले गाउँ गाउँसम्म विकासले गति पाउदै गएको छ । बर्दगोरिया ३ का वडा अध्यक्ष करने सुनार भन्नुहुन्छ ,परिवर्तन विकासले ल्याउने हो, विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आएपछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तहसम्म सरकार पुगेकै कारण अहिले वडा हुँदै टोलसम्म क्रमिक रूपमा विकासले गति लिएको छ ।
स्थानीय नागरिकको स्वास्थ्य,शिक्षा ,कृषि तथा खानेपानीको निम्ति हामीले धेरै राम्रो काम गरेका छ्न ।भौतिक निर्माणको क्षेत्रमा समेत केही उल्लेखिय कार्य भएका छ्न । सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि हामीले राम्रो प्रगति गरेका छौ । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडी बढीरहेका छौ ,वडा अध्यक्ष सुनार भन्नुहुन्छ – यस वडामा विकासका प्रशस्त योजनाहरु आएका छन् । तीनओटै तहका सरकार मार्फत विभिन्न योजना अघि बढेका छन् ।
हामीले वडामै जनताको आधारभुत स्वास्थ्य सेवाका लागि स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएका छौ । सुविधायुक्त भवनबाट नागरिकले स्वास्थ्य सेवा लिइरहेका छ्न । खानेपानीको ठूलो योजना निर्माणाधीन चरणमा छ, हामीले वडाबासीका लागि सामुदायिक भवन बनाएका छौ । वडा अध्यक्ष सुनार भन्नुहुन्छ – बुटकवामा बौद्ध गुम्बा, राधाकृष्ण मन्दिर, न्युज ज्योति प्राविको भवन, काडा कुइरा नदीमा तटबन्ध ,कोलपुरचोकदेखि बुटकवासम्म ट्र्याक खोली बाटो बनाएका छौ । जनताको लागि डीप बोरिङ,दक्षिणतर्फ सेती लोकमार्गको बाटो हुँदै खैरेनीसम्म बाटोको ट्र्याक खोलेका छौ, आवश्यक कल्भर्ड, न्यु ज्योति प्राविको भवन बनाएका छौ भने जगदम्विके भगवती माविको भवन पनि बनाउदै छौ, जसको १२ कोठे पक्की भवन निर्माणाधीन अबस्थामा छ ।
कहिलेकाही चाहेर पनि धेरै कुरा गर्न नसकिने हुदो रहेछ । आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ । अध्यक्ष सुनार भन्नुहुन्छ ,राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोछ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो ।
अहिले पनि भाडाकै घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको छ । वडा कार्यालय बनाउन आवश्यक जग्गा भएन,त्यसैको लागि आफैले पहल गरे र दाता भेटाए । वडा कार्यालय निर्माणका लागि स्थानीय मनरिस आचार्य र ऋषिराज आचार्यले पाँच कठ्ठा जग्गा दान दिनुभयो ,अहिले त्यो जग्गा वडाको नाममा छ । वडा सरकार संचालनका लागि यतिठुलो सहयोग गर्ने जग्गादाता दुबै दाजुभाई प्रति आभारी र सम्मान गर्छु । अब बजेटको व्यवस्था गरि वडाको भवन बनाउने योजना पनि छ ।
हामीले वडामा दीर्घकालीनसम्म रहने, देखिने र सुबिधाका लागि विकासको काम गरिरहेका छौ । अध्यक्ष सुनार भन्नुहुन्छ – वडाका नागरिकलाई सहज यातायातको सुबिधाका लागि मुख्य राजमार्गसम्म जोड्ने बाटो कालोपत्रे गर्ने योजना अघि बढाएको छु । जगदम्बिके स्कुलदेखि बुटकुवासम्मको ७ सय मिटर लामो बाटो कालोपत्रे हुदैछ,जसको लागि ३० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छु । स्थानीय नागरिकको सेवाका लागि हामीले तीनवटा सामुदायिक पीपल चौतारी बनाएका छौ, थप दुई वटा अबको दुई महिनाभित्र नै बनिसक्ने छ्न । वडा नम्बर ३ लाई बर्दगोरिया धार्मिक क्षेत्र जोड्न झोलुङ्गे पुलको ठेक्का र वडा नम्बर ३ र ४ लाई जोड्न पनि झोलुङ्गे पुलको शिलान्यास भएका छ्न । बाटो छेउमा पक्की नाला, वडाका मुख्य र सहायक रोडहरु कालोपत्रे गर्न, सडक फराकिलो र चौडा, खानेपानीको ट्याङ्की निर्माणको काम पुरा, काडा कुइरा नदीमा पक्की पुल निर्माण लगाएतका काम बाकी नै छ्न । गाउँमा सञ्चालन हुने हरेक अभियानमा म जनताकै साथमा हुन्छु । वडा अध्यक्ष सुनारका अनुसार अब छिट्टै वडा कार्यालयको भवन निर्माणको थालनी हुनेछ ।
दैलेख। गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीकाे शवकाे पहिचान खुलेकाे छ।
शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे। उनको हत्या आराेपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएकाे छ।
गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते उनलाई पक्राउ गरेको थियो। आरोपितको संलग्नताको प्रमाण जुटाएर गणेशविरुद्ध पीडित परिवारबाट हत्या कसुरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।
अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन्। प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेकाे र आफ्नाे एक छाेरी समेत भएकाे बताएपछि विवाद भएकाे र अस्मिता खाेलामा हाम फालेकाे बयान दिँदै आएका थिए।
अस्मिताकाे शव घटनाकाे भाेलिपल्ट भदाै १५ गते बिहान बिउराखेत नजिक भैरीखाेलामा भेटिएकाे थियाे। त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका-८ झुप्रेसाल जङ्गलमा प्रहरीले खाडल खनी शव गाडेको थियो।
अस्मिताले काम गर्दै आएकाे घरबाट भदाै २८ गते दैलेखमा फाेन गरेर साेधेपछि उनकाे खाेजी सुरु भएकाे थियाे। काठमाण्डाैबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेकाे थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेकाे शवकाे फाेटाेसँग दाँज्दा उनकाे पहिचान खुलेकाे हाे।
अस्मिताकाे माेबाइलकाे नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएकाे कल डिटेल्सकाे आधारमा गणेश विकले हत्या गरेकाे खुल्न आएकाे हाे। प्रहरीले भदाै १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएकाे डिटेल्स निकालेकाे थियाे। घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचेर फालेपनि प्रहरीले दुई दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको थियाे।
भदौ १४ गते बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएकाे खुलेको हाे। अस्मिताकाे गएकाे भदाै २९ गते दाहसंस्कार गरिएकाे थियाे ।
अस्मिताकी आमा शान्ता बाेगटीले गएकाे बुधवार गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी छन्।
प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।
उज्यालो अनलाईनबाट
खोरभित्र पसेर चितुवाले मार्यो २३ वटा बाख्रा
बर्दिया। गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ।
खोरभित्र बाँधेर राखिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु. तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए।
नजिकैको सामुदायिक वनबाट आएको चितुवाले राति एक्कासी सबै बाख्रा मारेको पौडेलले बताए। सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए।
राष्ट्रियसभाबाट दुई विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।
आजदेखि आग्रिम टिकट बुकिङ खुला,यस्तो छ भाडादर
काठमाडौं । दशैँ मनाउन घर जाने यात्रुलाई लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।गत विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर आज (असोज ११ गते)देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
चाडपर्वको बेला एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । त्यसैले सरकारले अग्रिम टिकट बुकिङ गर्दै आएको छ ।
यो वर्ष सरकारले सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । त्यसैले दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।
यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान आग्रह गरेको छ । डिलक्स सुविधा भएका भने यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिन सक्छ ।असार भाडादर
काठमाडौँ । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।
सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौँ बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।” यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताउनुभयो । त्यसैगरी, उहाँले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराउनुभयो ।
चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिनुभयो । त्यसैगरी, यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ‘मल्टी एक्सल ट्याक्टर ट्रेलर’ काठमाडौँ भित्रिनमा रोक लगाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सो अवधिमा खाद्यानलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने ठूला सवारीसाधनको सञ्चालनमा नारायणगढदेखि नै रोक लगाइएको हो ।गोरखापत्र दैनिकबाट
काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।
गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा भने कुल वैदेशिक व्यापारमा ८० प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा सबैभन्दा बढी ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजारको इन्धन आयात भएको छ । आइरन र स्टिल २८ अर्ब ५५ करोड ९४ लाख ८७ हजारको आयात भएको छ ।
२६ अर्बको खाने तेललगायतको आयात भएको छ । तरकारी मात्रै ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आयात दुुई महिनामा भएको छ । दुई महिनामा ३८ करोड २२ लाख रुपैयाँको सुर्ती र चुरोट आयात भएको तथ्यांक भन्सार विभागको छ ।
प्लास्टिकजन्य वस्तुमा ११ अर्ब ४० करोड ४८ लाख ७१ हजार रुपैयाँ आयात भएको छ भने १६ करोड १४ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसमा मात्रै नेपालले ११ अर्ब २४ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।
बहुमूल्य धातुका गरगहना १७ अर्ब २७ करोड ४६ लाख ९९ हजार रुपैयाँको आयात हुँदा सवारी साधनका पार्टपुर्जा २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ । मेसिनरी तथा यान्त्रिक उपकरण २२ अर्ब ६८ करोड ७ लाख १ हजार, विद्युतीय मेसिनरी, साउन्ड रेकर्डरलगायतका सामग्रीहरू २४ अर्ब ५१ करोड २ लाख २१ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
कस्तो रहला आजको मौसम ? (रिपोर्टसहित)
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।जसका कारण गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन ११ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन १२ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन १३ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
बाँके । प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । सरकारले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस गरेको छ । आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
भाषा परीक्षा उतीर्ण गरी अन्तर्वार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथ्योरिटी (पीआईबीए) लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन् ।
काफ्लेका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पीआईबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।
यसका लागि अहिले छनोट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।https://drive.google.com/file/d/1SvV-_37KRQc7EUr2Im5k-IAs9IRKH2la/view