बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण बिधुत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जपालिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।
कार्यक्रममा संस्थाका प्रवन्धक डिल बहादुर साउदले आर्थिक वर्ष २०७९/०८० को ४२ लाख ,५९ हजार, ५ सय २१ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष देविराम डगौराले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउद, कालिका माध्यामिक बिधालय ब्यवस्थापन समिती अध्यक्ष टेक बहादुर मिजार, प्रध्यानाध्यापक उदय सिंह बि सि, सिर्जनशिल ग्रामीण विद्युत सहकारीका अध्यक्ष देवानन्द जैशिले संस्थाले राम्रो काम गरेको र आगामी दिनमा अझ राम्रो काम गर्दै संस्थालाई चलायमान बनाउन तर्फ अगाडी बढ्न शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउदलाई दोसल्ला र खादा लगाएर सम्मान गरिएको छ । साथै स्थापनाकाल देखि आजसम्म संस्थालाई चलायमान बनाएको भन्दै पुर्ब पदाधिकारीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ को विकास र समृद्धिका लागि आफू दिनरात नभनी लागी रहेको बताए । कसैको गुनासो या सुझाव भए आफुलाई आएर भन्न आग्रह गर्दै सामाजिक संजालको दुरुपयोग नगर्न र वडा नम्बर ४ लाई सामाजिक संजालमा बदनाम नग्रन समग्र वडा बासी युवाहरुमा अपिल गरेका छन ।
संस्थाले शेयर सदस्य लाभांश कोषको स्थापना गरि सम्पुर्ण सेयर सदस्य तथा उपभोक्ताहरुलाई एक एक थान सिएफएल बल्ब वितरण समेत गरेको छ । कार्यक्रमको संचालन सचिव वीर बहादुर साउदले गरेका थिए ।
सबैको साथ र सहयोग पाए बर्दगोरियालाई देशकै उत्कृष्ट पालिका बनाउछु ; अध्यक्ष कुवर
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२औं गाउँसभा अधिवेशनको समापन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकालाई समृद्ध र नमुना बनाउन सबैको साथ सहयोग चाहिने बताए ।
अध्यक्ष कुँवरले भने सबैको साथ सहयोगले बर्दगोरियाको नाम जिल्ला सम्म परिचित छ ,आगामी दिनमा अझै पालिकालाई देशभरी चिनाउन यहाँका वडा सदस्यदेखि वडा अध्यक्ष ,उपाध्यक्ष सबैले यसैगगी साथ दिनुपर्छ । अध्यक्ष कुँवरले केही प्राबिधिक समस्याले अहिले बर्दगोरियाका सबै सडक संजाललाई व्यवस्थित गर्न सकिएन, आउदो असोजदेखि बर्दगोरियाका मुख्य तथा भित्रै सबै सडकलाई पानी पिच गर्ने बताए ।
साथै अहिले पानी पिच भएका सडकमा प्रदेश सरकार र संघीय सरकारले समेत कालोपत्र सडकका लागि बजेट बिनियोजित गरेको छ, बाकी रहेका अन्य सडकलाई पालिकाबाट बजेट बिनियोजित गरि कालोपत्रको कामलाई अगाडी बढाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष कुँवरले बताए ।
पालिकाले उज्यालो पालिका संगै निशुल्क शिक्षादेखि बर्दगोरिया गाउपालिकामा कलेज संचालन गर्न सम्पुर्ण तयारी पूरा गरेको बताउदै आगामी आर्थिक बर्षमा यश क्षेत्रमा जटिल समस्याको रुपमा रहेको नदि कटानलाई न्यूनीकरण गर्न सम्पुर्ण नदिहरुमा तटबन्धको काम समेत अगाडी बढाउने बताए ।
यसैगरि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसोबासिहरुलाई लालपुर्जा दिने उद्देश्यले पहिलो चरणमा वडा नम्बर ३ का केही व्यक्तिलाई बितरण गर्ने र त्यसपस्चात सम्पुर्ण गाउँपालिका बासिलाई बितरण गर्ने गरि हामिले तयारी गरिरहेको अध्यक्ष कुँवरले बताए ।
प्रविधिमैत्री बन्दै बर्दगोरिया गाउँपालिका, अब अनलाइनबाटै कर भुक्तान गर्न सकिने
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलनको कार्य सुरु गरिएको जनाएको छ । यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । पालिकाले राजस्व संक्लनको कार्यलाई छिटो छरितो र सरल बनाउन डिजिटल प्रविधिको माध्यम अपनाएको हो ।
गाउँपालिले मंगलबार सूचना जारी गर्दै अबदेखि सम्पती कर अनलाईन भुक्तानी प्रणाली संचालन भएको जनाएको छ ।जसका लागि विस्वका जुनसुकै कुनाबाट पनि इसेवा (esewa ) मार्फत कर भुक्तानी गर्न सकने जनाएको छ ।
करदाता पोर्टल लिङ्क: https://eservice.bardgoriyamun.gov.np/
लगइन तथा प्रयोगकर्ता बनाउनको लागी नमुना भिडियो लिङ्क : https://bit.ly/video_demo_tax_eservice
कर भुक्तान गर्नका लागि माथि उल्लेखित तीन वटा पोर्टल प्रयोग गर्न सकिनेछ ।
पालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।
कर तिर्न लाइन बस्नैपर्ने र कार्यालय धाउनुपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने अपेक्षा गरिएको छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक छिटो र सहज तरिकाले राजस्व संकलनको आँकडा थाहा हुनेछ ।
काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ।
मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ।
यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।
इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य घटाएको छैन।
नेपाली बजारमा सुनको अभाव
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधि टोलीले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकायमार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिनुभयो ।
पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगतका वर्षमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुन्थ्यो । महासङ्घका अध्यक्ष शाक्यले दशैंका बेला बजारमा सुनको माग बढेकाले त्यसको अभाव रहेको बताउनुुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
नेपालीले एक वर्षमा ३८ अर्बभन्दा बढीको मोबाइल चलाए
काठमाडौं । नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।
उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।
नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
लम्कीचुहा नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक, संचारकर्मी र संचार माध्यमलाई पनि विशेष प्राथमिकता
लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि १ अर्ब ४२ करोड १७ लाख ८० हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार लम्कीचुहा नगरपालिकाको नबौँ नगर सभामा नगर प्रमुख सुशीला शाहीको अनुमतिमा नगर सभा सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष लब बहादुर शाहीले प्रस्तुत गरेका हुन् । सबल स्थानीय सरकार : समुन्नत, सुखी र समृद्ध नगर नारा लिएको छ नगरपालिकाले सूचना तथा संचारलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
सूचना तथा सञ्चार;
१. सार्वजनिक संघसंस्थाहरुमा सरल र सहज रुपमा सेवा प्रवाह गर्न फ्री वाइफाइसेवा दिइनेछ ।
२. सबै टोल र गाउँमा इन्टरनेटको सुबिधा पुर्याइने छ ।
३.वडास्तरमा डिजिटल सूचना कक्षको स्थापना गरिने छ ।
४. सूचनाको हकलाई पूर्णरुपमा सुनिश्चित गरिनेछ ।
५. युवाहरुलाई रेडियो उदघोषण तथा पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरी जनशक्ति उत्पादन तथा समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६. नगरभित्रका संलाचलनमा रहेका सामुदायिक रेडियोहरुलाई अनुदान प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिनेछ ।
७. नगरभित्रका संचारका माध्यमहरुलाई प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
८. संचार माध्यम तथा संचारकर्मीहरुलाई आवश्यक संचार सहायक, संचार उपकरण र संचार उद्यमका समाग्री तथा प्रविधी खरिदका लागि सहुलियत कर्जाका लागि पहल गरिनेछ ।
९.नगरभित्र रहेका सार्वजनिक कार्यालयहरुमा Degital Payment सेवाको थालनी गरिनेछ ।
१०. महिनाको दुइ पटक जनता संग मेयर कार्यक्रम संचालन गरी नगरबासीहरुका जनगुनासो सम्बोधन गरिनेछ ।
११. नगरपालिकाले गर्नु पर्ने नियमित सार्वजनिक सुनुवाइ कार्यक्रम मापदण्ड पुरा गरेका यस क्षेत्रका संचार माध्यम र संचारकर्मीहरुलाई प्राथमिकता दिईनेछ ।
नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार देखि एक वर्षमा लालपूर्जा वितरण सम्मका कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा ‘ ज्येष्ठ नागरिक व्यक्तिलाई उपचारमा प्राथमिकता दिई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।’ जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार ‘‘जेष्ठ नागरिक’’ भन्नाले ६० वर्षको उमेर पूरा गरेको नेपाली नागरिकलाई सम्झनुपर्ने उल्लेख गरेको छ ।
नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार अब लम्कीचुहामा जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य उपचारको सेवा पाउने भएका हुन् । त्यस्तै लगत सङ्कलनको काम सम्पन्न भएर रेखांकनको काम भइरहेको भूमिहीनलाई एक वर्षमा लालपूर्जा वितरण गर्ने नगरपालिकाको नीति रहेको छ । ‘स्थानीय सरकार जनताको साथमा एक वर्ष भित्र लाल पुर्जा हातमा नारालाई सार्थक बनाउन भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न लगत संकलन, प्रमाणीकरण, जग्गा नापी र पूर्जा वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गरिने उल्लेख छ ।
यसैगरी कृषि तर्फ एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यवसायी तरकारी, निजी सार्वजनिक साझेदारीमा कृषि थोक बजारको स्थापना, निजी क्षेत्रको साझेदारीमा आधुनिक वधशाला निर्माण, कृषि राहत कोषको स्थापना, कृषिमा अनुदान दिने लगायतको नीति रहेको छ । त्ययस्तै पर्यटन तर्फमा नगर गौरवको योजनाको रुपमा चिसापानी पुलमा विद्युतीय सजावट र पानीको फोहोरा सहितको बगैचा, ,चिसापानी, राजकाँडा, आमपानी, ढकने, बल्चौर, ग्याङ्टीफाँटा, रिठाई ताल र मोहनलाल नगर पार्कलाई जोडेर पर्यटन सर्किट निर्माण गरी पूर्वाधार विकास र प्रवर्द्धनलाई जोड दिने, नगर पर्यटन विकास समितिको गठन लगायतका कार्यक्रमहरु रहेका छन् ।
बर्दगोरियासहित देशभरका ७५३ पालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै
काठमाडौँ । कैलालीको बर्दगोरिया गाउँपालिकासहित देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । सङ्घीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।
जेठ १५ गते सङ्घीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, एकाधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।
चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।