पूर्णरूपमा खोप नलगाउनेलाई घरबाट निस्कन नदिइने
एजेन्सी । अष्ट्रियामा पूर्ण रूपमा कोभिड–१९ को खोप नलगाएका करिब बीस लाख मानिसलाई सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ । मुलुकमा पुनः कोराना भाइरस संक्रमणको संख्यामा वृद्धि हुन थालेपछि सरकारले यो कदम चालेको त्यहाँको सञ्चार माध्यमले सोमबार जनाएको छ ।
अस्ट्रियाका चान्सलर अलेक्जान्डर र स्कालेन्वर्गले भनेका छन् – ‘हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौं । तर, दुखलाग्दो कुरा हामी केही जनतामाथि कडा लकडाउन जस्ता नीति कार्यान्वयन गर्न बाध्य छौं । तिनीहरूलाई खाद्यान्न खरिद र काममा जानका लागि मात्र घरबाट निस्कने अनुमति दिइने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तीमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो । आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको हो । सो प्रतिबन्ध १२ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लगाइएको हो । अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन् । तर, तिनीहरू खोप लगाउका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ ।
पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ । यदि, कसैले सरकारी निर्देशन उल्लंघन गरेको खण्डमा १ हजार ६ सय ६० अमेरिकी डलरसम्म जरिवाना गरिने सरकारी अधिकारीहरूले बताएका छन् ।
अस्ट्रियामा कूल जनसंख्याको करिब ६५ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएक छन् । पश्चिमी युरोपमा यो तथयांक सबैभन्दा कम दर मध्ये एकमा पर्दछ ।
सातदिने संक्रमित दर संकलन गरिँदा प्रति १ लाख व्यक्तिमा ८ सय जनाभन्दा बढी संक्रमित पाइएको छ । युरोपमा फेरि महामारी फैलिन थालेकाले थुप्रै मुलुकमा कोरोना विरुद्धका नियमहरू कडाइताका साथ लागु गरिएको छ ।
एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय
म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो ।
उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ ।
३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए ।
एजेन्सी
घरपालुवा कुकुरमा पनि देखियो कोभिड संक्रमण
लन्डन । बेलायतमा एउटा घरपालुवा कुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।
मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनावरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।
कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् । महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनावरमा पनि भाईरस सर्छ । जनावरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।
इस्लामाबाद । अन्ततः पाकिस्तान सरकारले हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिएको छ । चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।
यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए) ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो । सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो ।
राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड भूमि छुट्टाएको थियो ।
योगगुरू बाबा रामदेव मंसिरमा काठमाडौं आउँदै
अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु
एजेन्सी । भाररको मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।
सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।
आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् ।
काठमाडौँ । विश्वका साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विस्वका विभिन्न ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो ।
डब्लूएफपीले जनाएअनुसार बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सृजना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ ।
खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौं लाख मानिस दुःखी छन् । द्वन्द्व, जलवायु परिवर्तन र कोभिड १९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्लूडब्लूपीका निर्देशक डेभिड बिस्लेले भने ।
साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्लूएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ ।
‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने । विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए ।
खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल बिबाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए । पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्लूएफपीले जनाएको छ ।
काठमाडौ । जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो ।
सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन् । जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा बिकासन्मुख देशहरुको हात नगण्य छ ।
बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । बिकासन्मुख देशले सो रकमे जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रबद्र्धनमा लगानी हुनेछ । एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ ।
सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । रासस
मुर्दाघरका १०० वटा शवसँग यौन सम्पर्क !
एजेन्सी ।बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन । फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको हत्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए ।
फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका मुर्दाघरमा ल्याइएका महिलाका शवसँग यौन सम्पर्क गरेका थिए । उनले ११ वर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको शवसँग घृणित कार्य गरेका थिए । ती अस्पतालका मुर्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे ।
एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको शवलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक बलात्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृत्यु भएको थियो । यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।
नयाँ दिल्ली । भारतमा कुपोषित बालबालिकाको सङ्ख्या ३३ लाख बढी रहेको पाइएको छ । कुपोषित बालबालिका मध्य १७.७ लाख बालबालिका गम्भीर कुपोषित भएको त्यहाँको सरकारी कार्यालयले उल्लेख गरेको छ ।
त्यहाँको महिला एवं बाल विकास मंत्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी कुपोषित बालबालिका महाराष्ट्र, बिहार र गुजरातमा रहेका छ्न । भारतका विभिन्न ३४ राज्य तथा केन्द्र शासित प्रदेशको आकडाअनुसार भारतमा कुल ३३ लाख २३ हजार ३२२ जना बालबालिका कुपोषणको सिकार बनेका छ्न ।
मंत्रालयकाका अनुसार कोरोना महामारीका कारण गरीब भन्दा गरीब व्यक्तिको स्वास्थ्य तथा पोषण संकटमा परेका कारणले पनि कुपोषित बालबालिकाको सङ्ख्या बढेको उल्लेख छ । मंत्रालयले उल्लेख गरेअनुसार १४ अक्टोबर २०२१ सम्म भारतमा १७.७६ लाख बालबालिका अत्यन्त कुपोषित एवम १५.४६ लाख अल्प कुपोषित रहेको थिए ।
तर भर्खरै गरिएको अध्ययन प्रतिवेदन अनुसार यो सङ्ख्या डरलाग्दो अबस्थामा बढेको पाइएको छ । नोभेम्बर २०२० तथा १४ अक्टोबर २०२१ को बिचमा कुपोषित बालबालिकाको सङ्ख्या ९१ प्रतिशत वृद्धि भएको उल्लेख गरिएको छ ।
भारतिय एवं बाल विकास मन्त्रालयले भनेको छ पछिल्लो समय देशमा कुपोशीत बालबालिकाको सङ्ख्या ह्वात्तै बढ्नु निकै चिन्ता बिषय हो । यो खतरापूर्ण मानिन्छ । भारत विश्व कुपोषणको हिसाबले
ग्लोबल हंगर इंडेक्समा १०२ नम्बरमा पर्छ । जसमा पाकिस्तान, बङग्लादेश र नेपाल भन्दा पछि भारत छ ।पछिल्लो बर्ष भारत वैश्विकै भोखमरी सूचकांमा ९४ औ स्थानमा रहेको थियो ।