विश्वमा सवा २ अर्ब मानिसमा आँखाको समस्या
काठमाडौँ । आज विश्व दृष्टि दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो । यस वषको दृष्टि दिवसको नारा ‘आफ्नो आँखाको माया गर’ रहेको छ ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने निर्णय भएको थियो । सन् २०२० सम्ममा अन्धोपन न्यूनीकरण गर्ने यसको मुख्य लक्ष्य थियो ।
नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका हाल करिब सवा २ अर्ब मानिसमा आँखाको समस्या रहेको छ । यसैगरी करिब ४ करोड मानिसमा अन्धोपन रहेको छ । जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ, जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ । तर यस्तो समस्यामा लापरबाही भयो वा उपचारको सहज पहुँच भएन भने अन्धोपन बढ्न सक्छ ।
संगठनका अनुसार विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुने गर्छ ।
काठमाडौं। दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले सबै सरकारी कर्मचारीहले कोभिड-१९ को खोप अनिवार्य रुपमा लगाउनुपर्ने र, खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नै नपाउने नियम र्निारण गरेको छ ।
एएनआईले जनाएअनुसार संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा भनिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।
‘यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड-१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ-आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,’ वक्तब्यमा भनिएको छ ।
यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड-१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।
काठमाडौं । पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ ।
सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको गएराति निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनको उमेर ८२ वर्ष थियो ।
हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको निधन भएको हो । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।
स्टकहोम । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् ।
उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।
विश्वभरी तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् । जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।
पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको हुनु भएको छ । उहाँहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गर्नुभएको थियो । त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो । रासस/एएफपी
कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
खाद्य समारोहमा राष्ट्रपति माथि अण्डा प्रहार
काठमाडौ । एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन् । लायोनस्थित एक सहरमा ती व्यक्तिले राष्ट्रपतिमाथी अण्डा परार गरेका हुन । सो अन्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ ।
घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्वीटरमा व्यापक शेयर भइरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि अण्डा प्रहार गरेका थिए र यस पछाडिको उनको उद्देश्य पनि स्पष्ट भएको छैन ।
यसरी सार्वजानिक स्थलमै म्याक्रोनमाथि प्रहार भएको यो पहिलो घटना होइन । यसअघि २०१७ मा राष्ट्रपति चुनावका बेलामा पनि उनलाई एक व्यक्तिले अण्डा हानेका थिए । त्यस समय अण्डा उनको टाउकोमै फुटेको थियो ।
त्यस्तै गत जुनमा मात्र उनी दक्षिणपूर्वी फ्रान्स गएका बेला सर्वसाधारणको भीडमा एक व्यक्तिले आएर गालामा थप्पड पनि हानेका थिए ।
त्यस लगत्तै सुरक्षाकर्मीहरुले हस्तक्षेप गरि ती व्यक्तिलाई पक्राउ गरेका गरे र उनलाई चार महिनाको जेल सजायँ भएको थियो । सो घटनालाई म्याक्रोनले हिंसात्मक र मूर्खतापूर्ण भनि व्याख्या गरेका हुन् ।
चुनाव आउन एक वर्ष भन्दा कम समय बाँकी रहँदा ४३ वर्षीय म्याक्रोन मतदाताहरुलाई रिझाउन संघर्ष गरिरहेका छन् ।
यस्तो छ रु.चार करोड मुल्यपर्ने साइकल
काठमाडौ । एउटै साइकलको मुल्य ४ करोड रुपैयाँ भन्दा तपाईंलाई अचम्म लाफ्न सक्छ तर यो कुरा साचो हो । यद्यपि यो साइकल भने नेपालमा उपलब्ध छैन ।
समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ ।
अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ ।
फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।
मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।
एजेन्सी । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।
कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।
खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ ।
परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ ।
काठमाडौँ । तालिबानले न्यूयोर्क सहरमा जारी राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि आग्रह गरेको बताइएको छ। बीबीसीका अनुसार उक्त समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएका थिए जहाँ एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ।
तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ।
गत महिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।
उच्चस्तरीय त्यस्तो राष्ट्रसङ्घीय बहसमा सहभागी हुन गरिएको अनुरोधलाई उक्त निकायको क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ।
जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन्। तर उनीहरू आउँदो सोमवार महासभा अन्त्य हुनुअघि जुट्ने सम्भावना देखिंदैन।
राष्ट्रसङ्घको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन्। महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ।
क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो ।
ओट्टावा , असोज ५ गते ।
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
निर्वाचनमा उहाँको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उहाँ विजयी हुनुभएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उहाँले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जित्नु भएको हो ।
अहिले ४९ बर्ष हुनुभएका टु«ुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुनु भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिनुभएको छ ।
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।